जब तिमी राम्रो हुन्नउ कहिलै हुन्न समाज देस ।
नगर है तिमी कहिलै आदर्शको फोस्रो भेश ।।
ईमन्दार र नैतीकता मानबको ठुलो अङ्स ।
प्रयास नै सफलता हो त्यसले दिन्छ जागर जोस ।।
किन जानु हम्फालेर यदी छैन सक्ती भने ।
मुकुण्डाको भरले मात्रै सक्दैननी गती लिन ।।
एउटै मुखछ बोल्ने हाम्रो शब्द आउछन हजार थरी ।
तरवार र गोली पनि होइन ठुलो कसै गरी ।।
त्यसै हुन्न मान्छे ठुलो सडकमा उत्रिएर ।
दिनु पर्छ सद्भभाब सबमा आउछ त्यसै भित्रियर ।।
भन्छन आँफै त्यसै ठुला छैन लाज अनी डर ।
ज्ञान बिबेक छैन भने के को तर्लान भबसार ।।
हेर्नु पर्छ चारै तिर आकाश पातल संसारलाई ।
हाम्फालेर सफल हुन्न सो चौ सबले भबिस्यलाई ।।
दुई दिनको चोला हाम्रो देउ हास्न बाँच्न सब ।
त्यही हो हाम्रो मानबता बुझ्छ जसलाई जसले जब ।।
देउ सान्ती उज्जल गरी राख नाम चम्काएर ।
मुक्ती मिलोस मानबताको माया सबलाई बसाएर ।।
आओस भाब रसाएर बहुमुल्य मानब चोला नफाल है धसाएर .......................


0 comments:
Post a Comment