कोपीला फुल फुल्यो कि आज त्यो मेरो गाउँमा,
नबगी जाओस् पखाली सबै जे थियो नाउँमा !!
पौरखी हातका बन्ध भो ढोका बढेर त्यो ऋण ,
भएन आधार देश हेरी बस्नु बोकेर त्यो घिन !!
चन्चल मन सम्झन थाल्यो क्षितिज पारीलाई ,
देखाउनु थियो पौरखी बनी ती जोरी पारीलाई !!
जन्मेको देशमा के गरी खानु मात्रै भो तुयालो ,
अशान्ति छायो बुझ्ने को देशमा पीडाका सँगालो !!
पिडा र ब्यथा झन् बढ्दै गयो स्वदेशमा बेसरी ,
स्वार्थले घेर्यो नेताको भाब के भनु ? कसरी !!
होलीमा मोले कुर्चीको खेल्मा जन्ताको व्यथालाई ,
फुल माला पैरी दिएको जिम्मा रुवाए देशलाई !!
देख्दैछु आज नेपानी जनता बिछोडमा रोहेछन ,
मै मात्रै होइन यो पिडा बोक्ने करोडौ भएछन् !!
जाग न जाग हे साथि भाई बचाउन देशलाई ,
करोडौ हातले फालौन् बिष त्यो शान्ति ल्याउनलाई !!
लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०१०/८/६
नमस्कार प्रिय मित्रहरु सदा झैँ हजुरहरु समक्ष सानो रचना पस्किने प्रयास गरेकिछु हजुरहरुको प्रतिक्रिया र सुझाबले यसलाई माझ्ने काम गर्दै मेरो कलमलाई अगाडी बढ्ने प्रेरणा अबस्य मिल्नेछ भन्ने आशा लिएकीछु हजुरहरुको जो बिचार धन्यबाद
देशको कथा मुटुको ब्यथा
MERO DESHA....
MERO GAU ...
KHEL ....
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment