कसरी?भनु म देशलाई गणतन्त्र ,
खोजी रहेछन जनताहरु प्रजातन्त्र ।
शायद थाहा छईन बिचरा जनतालाई ,
भनेको पनि के हो ?लोकतन्त्र ।
बुझाउने कस्ले ?अनी भन्ने ?,
थिकैछ तक्न नेतालाई कुर्ची र स्वाद ।
खोज्नु पर्छ शब्दहरु हे नेपाली जनता हो ,
त्यसै बितिरहेछन हजारौ यी दिन र रात ।
बित्न्नेछ यसरी नै शायद हाम्रो जिन्दगी नै ,
कती गय यस्ता ३६५ दिनहरु ।
जान्छ यी दिन्हरु ताना तन गर्दै ,
बिर्सदै जनता बिगतका छेणहरु ।
हुन्छ सम्बिधान सभा ,
साम्सद हुँदैनन पुरा ।
कहाँ ?के हुनेछ ?भोली ,
ताक्छन कुर्ची अनी ,
उठाउछन तलब र भात्ताका कुरा ।
देखाउछन नेता नाटक ,
गर्दै बाहनाहरु ।
कुरी रहेछन हेरी रहेछन ,
के गरुन ?बिचरा नेपाली जनताहरु ।
जन्मे गाउ महा ,
हुर्के दिए भाषण त्यतै तिर ।
गर्दैछन आज मोज यहाँ ,
थाछैन गर्ने के हो ?,
देश र जनताको खातिर ।
सम्झन्छन खेलौना अनी ,
नेपालीको फेसबुक सारी ।
गर्लान के नेता खोइ ?
जनता मात्रै लेखिरहेछन फेसबुक भरी ।
जानेछ देश यसरी नै ,
जनताका चाहना पनि ,
सोझा भयौ हे नेपाली जनता हो ,
बोल्दै नौ किन केही पनि ???
''यस्तैछ देशको हालत ''
'''काहा गयौ तिमी '''
हे शान्तिका अग्रदुत तिमी जन्मियौ यही भुमिमा ।
जन्म , मोछ्य र मरण पनि लियर आयौ यहाँ ।।
तिमीले दियौ शान्त नेपाल तर आज गयौ कहाँ ।
खोजी रहेछन तिमीलाई दुखीहरु जहाँ तहा ।।
कती लड्ण्त भई रहेछन कती भिडन्तहरु ।
कहाँ गयौ बुद्ध तिमी देउ उपदेशहरु ।।
बिस्वका तारा हौ तिमी मन्छन सान्तिका दिप भनी ।
तर आज रगत बगी रहेछ तिम्रै जन्मा भुमिमा पनि ।।
पर्खि रहेछौ बुद्ध तिमीलाई आसु लियर हातमा ।
मत्रिभुमी रोहीरहिछन खोज्दैछन तिमीलाई साथमा ।।
यहाँ तिमी हुन्थेउ भने किन हुन्थो आज यस्तो ।
कहाँ गयौ बुद्ध तिमी बिलिन भय जस्तो ।।
आज हामी मनाउदैछौ तिम्रो जन्म खुशीयालिमा ।
नफाटुन भाई भाईहरु दुबिधा छैन यहाँ ।।
भनी देउ हामीलाई तिमी जन्मियौ कहाँ ??
किन हुन्थो यस्तो आज तिम्रो शान्ती देश महा ।।
आउ बचाउ सुनी देउ पुकारहरु तिमी भए पनि जहाँ ,तिमी भए पनि जहाँ ..........
''''''''बेङग '''''''''
के का लागि भन्छौ तिमी राष्ट्र राष्ट्रियता ।
गास्छु भन्छौ सयौ फुल मात्रै तिम्रो कथा ।।
जनता झुलाई आँफै मात्र भर्ने तिम्रो काम भो ।
के का लागि सार्बभौम तिम्रै मात्र नाम भो ।।
जता ततै फोगर महिला राजाधानि छ नाम ।
कुर्ची हल्लाइ भित्रै बस्ने त्यही हो तिम्रो काम ।।
लिनु पर्ने सधैं साथ ईण्डियाको तिम्ले ।
देख्लाउ आँखा बल्ल तिमी पछी आउने दिनले ।।
के ल्याएउ र नेता बिकास अभाबैको खाडल ।
कान्ती शान्ती दिन्छु भन्छौ हौला आँफै पागल ।।
छैन अब बाँकी केही नेपाल मात्रै छ नाम ।
गौरब गर्ने नेपालीको मेटाउदैछौ सब ठाउँ ।।
किन गर्छौ गुटबन्दी किन दिन्छौ धाक ।
चिनिसकेउ जनता सामु अझै छैन लाज ।।
गर्नु कहाँ छ देशको बिकास समस्या छ बिशाल ।
झर्दै छन नि सधैं तल कठै हाम्रो नेपाल ।।
भन्छौ तिमी गाउछौ गीत सयौ फुलको गाथा ।
असान्तिले भर्दै देशमा बढाउदै छौ बेथा ।।
छाडेउ कुर्ची तिमीलाई के थाह रास्ट्र रास्ट्रियाता ...................
तिम्रो सोचाई हाम्रो मुल्याङकन ''''झटारो '''''
जन्मेउ नेता खोरियामा शिक्षा लिएउ बनमा ।
हाकेउ भाषण गाउमा गई छ।रो हालेउ जनमा ।।
विश्वाश गरे जनताले अनी आशा पनि ।
सुख शान्ती बिकास देशमा धेरै आउला भनी ।।
देखेउ महल अनी बिटा आँखा लायौ त्यसमा ।
त्योडेउ विश्वाश जनता माथि के गरेउ र देशमा ।।
सोझा साझा नेपाली ति कुरे बर्षउ बर्ष ।
कहिले आउँला सान्ती भन्दै कुरी रहे हर्श ।।
काम लागेन तिम्रो शिक्षा त्यो जङलमा लेको ।
देखायौ नि बाँदर रुप व्यबहार त्यस्तै भको ।।
नत चिनेउ राष्ट्रियता नत बुझेउ राष्ट्र ।
अखण्डता सबै मासेउ गरेउ मात्रै भ्रस्ट ।।
लाचार भयो हाम्रो देश बिदेसिको सामु ।
अन्त गर नाटक अब नगर है लामो ।।
जोगाउने अस्तित्वलाई को जन्मेछ ?देसमा ।
निस्क कोही साथ हुन्छ सबै जनता त्यसमा ।।
काम छैन देस्लाई नेता आँफै मात्र बने ।
सोच जनता राष्ट्रियता अब अघि लाने ।।
सामाजिक ,आर्थिक अनी नैतीकता मासी ।
अझै ठुलो हुन्छौ नेता त्यही कुर्चीमा बसी ।।
जुट जनता लगाउ आगो बिश जती देशको ।
जोगाउ देशको जग अब नमासौ है त्यस्को ।।
के पायौ र रगत बगाइ रुवाई नेपाल आमा ।
आसिर्बादले हुन्छौ सफल अरु छैन काम ।।
गोली बारुत ,दङग हड्ताल ,बन्द जुलुसहरु ।
कुन रास्ट्रियता बोकेकोछ बयान गर बोरु ।।
सोचौ सब युबाहरु एकजुट भई अब ।
बिकल्प हो फाल्दैनौ नि बिशहरु जब ................
'''''''नेपाली समाज र महिला''''''''
भन्छन अझै नेपाललाई पुरुष प्रधान देश ,
लम्काइरेछन आज महिला सक्ती तिनको जेछ ।
अन्धकारमा पिल्सिएको हाम्रो देशको समाज ,
तोड्दै छन नी आज महिला नकरात्मक त्यो भाब ।
शिक्षा नै हो हाम्रो ज्योति फुलाउने र फल्ने ,
त्यही शिक्षाले सिकाउदैछ महिला अघी बड्ने ।
अझै खोज्छन हाम्रा समाज दबाउनलाई महिला ,
उत्र सबै फाल्नु पर्छ हाम्रो फोगर मैला ।
घर धन्दा मात्रै होइन ति महिलाको काम ,
संसारलाई घुम्न सक्छन राख्छन ठुलो नाम।
तोड्नु पर्छ अझै हाम्रो अन्ध विश्वाश समाज ,
महिला पुरुष मिली गरे हुँदैन केही अभाब ।
जाग महिला अब तिमी स्तन्त्रता लेउ,
टेवा मिल्छ छर्न सके बिकासको बिउ ।
संसारमा पुगी सके चन्द्रमा मा महिला ,
एकता हो सबै भन्दा सम्ब्रिद्धीको पहिला ।
सङ्घर्समा उत्रदै छन पार गर्दै भेल ,
गर्दै छन नी हाम्रो देशका पुरुष सरह महिला ।
छ।डी आफ्नो घर परिवार छन नी यत्र तत्र ,
शाहस र हिक्मतले कोर्दै छन नी चित्र ।
यही छ महिला उदगार राम्रो समाजको सामु ,
जोगाउ तिम्रो अस्तित्वलाई आफ्नो देशको सामु ।
उन्नती र प्रगतिको रेखा कोर्दै तिमी ,
शाहस बोकी देखाउनु छ हटने होइन हामी ।
तोडनु पर्छ अब सबै देशका जाल झेल ,
छरौ किरण नबज्योती नदिउ खेल्न खेल ।
सक्छौ हामी अठोट लिए चन्द्रमा लाई छुन ,
दिन सक विश्वाश सबमा पर्दैन नी रुन .................
भाग '२'''''''''बाध्यता '''''''''
वाध्यताले हुर्याहाल्यो बिदेसको भुमि ,
फर्कौ फर्कौ लाग्छ हामीलाई आफ्नै जन्म भुमि ।
कसो गरी फर्कौ अब सुख शान्ती छैन ,
नभौ कोही राष्ट्रघाती त्यो अस्तित्व होइन ।
गरी हेरौ जस्तो लाग्छ जे छ आफ्नो सिप ,
माथि उठाइ आफ्नो देसलाई बड्थयो जागर जोस ।
प्यारो लाग्छ मात्रीभुमी फर्कौ कसो गरी ,
विश्वाश छैन गर्ने केही कस्को भर परी ।
सानो देश भए पनि विश्वमा नै सुन्दर ,
हिमचुलिका सिखरहरु नबनाउ है पत्थर ।
जाग्यौ हामी युवाहरु देश निर्माण गर्न ,
बिती सक्यो अब धेरै हुन्न भर पर्न ।
देउ भिजन जनतालाई टट्कारो छ हाम्रो ,
मान्छन सबै बिदेसिले एकता हो राम्रो ।
बुझी सबले दु:ख मर्म लगाउ आफै मलम ,
प्रयास नै सफता हो ल्याउन्न तेस्ले जलन ।
सोचौ अब अघि बढाउ सुन्दर शान्त नेपाल ,
भित्र्याउ सबै सम्ब्रिद्धीलाई देखाउ बनाइ बिशाल ।
नमासौ है अस्तित्वलाई खोसौ अधिकार ,
बिदेसको सामु झुक्ने हुन्न सरोकार ।
के का लागि जन्मेउ हामी बुझ्नु पर्छ तेस्को ,
आफ्नो लागि आँफै गरौ अनी गरौ देशको ।
कसो गरु फर्कु स्वदेस सुख सान्ती छैन ,
बाध्यताले ल्यायो बिदेस तर बस्ने होइन ।
रोईरहेछ हाम्रो मन सम्झिएर सबै ,
जान्छ कि त यो जिन्दगी अब सगै नभै ।
फर्कु फर्कु लाग्छ हामीलाई आँफै जन्म भुमि ,
बुझ्देउ पिडा नपार है नेपाल आमा रुने ।
आफु बने समाज बन्छ अनी राष्ट्र बन्छ ,
नबिर्सौ है यो सुत्रलाई मानब यही भन्छ ...................
'भाग '1'''''''''बाध्यता ''''''''''
बाध्यताले हुर्याइ हाल्यो बिदेसको भुमी ,
फर्कु फर्कु लाग्छ हामीलाई आफ्नै जन्म भुमी ।
रोइ रहेछन हाम्रा बालक खोज्दै आमाहरु ,
खोजी रहेछन न्यानो काख तिनका ममताहरु ।
तर आज के का लागि फर्कु जस्तो ल्ग्छ ,
थाम्नु पर्ने बाध्यतालाई मनै भित्र राप छ ।
के काम लागे शासकहरु हाम्रो देशको लागि ,
जाग युबा तिमी नै हौ जिम्बेदारको भागी ।
लिएनौ नि हामी कहिलै हिक्मत र शाहस ,
नेताहरुको बिचारले भयो यस्तो हालत ।
नत सुने कुरा नेता नत दिए त्याग ,
फर्कौ अब युबा स्वदेश राखौ आँफै जग ।
स्वार्थी मात्रै भए नेता झन बिगारए देस ,
मनोबललाई गिराउदै लिए दानब भेस ।
केही सोचेनन देश जनता संसारलाई हेरे ,
पाखे भिरको जिबन थियो इन्जोएेलाई फेरे ।
नत सोचे तिनले बिकास नत सोचे सान्ति ,
कुरिरहे बर्षउ जनता कहिले आउँला क्रान्ति ।
सोचौ अब युबाहरु आफ्नो देशलाई आफै ,
रहर मेटाउ हाम्रा इच्छ। नमेटिदै जगै ।
भरी पूर्ण सुन्दरता प्राकृतिको देश ,
किन फाल्नु बिदेशमा पेरिस्रम र जोस ।
बाध्याताले हुर्याइ हाल्यो बिदेशको भुमी ,
कसोगरी फर्कु हामी आफ्नो जन्म भुमी ...................
'''''''''अझै बुझ्दैछु म''''''''''
बुझ्दैछु म जिन्दिगिलाई कहाँ हुन्छ अन्त्य ,
कस्तो होलन ?बाटाहरु कस्ता होला ?भाग्य ।
मेरो मात्रै भन्थे मैले जिबन कस्तो कस्तो ?
तर जान्ने कस्ले यसलाई बन्छ भने जस्तो ।
कर्कलाको पानी जस्तई हुदो रहेछ जिबन ,
सागर जस्तो गहिराइमा डुब्ने रेछ यो मन /
जे लियर आइयो हामी टर्दो रहिन्छ केही ,
कर्म गर्नु असल रहिछ जन्मिएर यही ।
जन्मनलाई बास लिन्छौ ति आमाको कोखमा ,
स्नेहले भरिपुर्ण पार्छीन आफ्नै काखमा /
भाग्य सगै हिंड्ने रेछ जती ठुलो हुन्छ ,
जे लिएर जस्ले आउछ त्यही भाबले छुन्छ ।
भन्थे मैले जिबन कस्तो आफ्नै भाग्य हेरी ,
ल्याउदो रेछ पावनले बुझ्ने भाब फेरी ।
हामी किन बुद्धी हाक्छु आदर्शको पाठ ,
थाहा छैन कुन चक्र हो कस्तो दिन रात ।
सिक्नु शिक्षा गुरुबाट बिद्धानबाट ज्ञान ,
लाग्यो मलाई पूर्ण हुने यथार्थ हो झन ।
खुलाउने हाम्रा आखा भित्रै दिलै देखी ,
छैन ठुलो यस् जगत्मा यथार्थको लेखी ।
बड्दै जान्छ यस्ले सागर गहिराहिमा झन ,
झनै बद्छ सुन्दर भाब कोमलताको मन ।
जहाँ हुन्छ हिनता बोध ल्याउछ राग त्यसले ,
टार्ने कुरा त्यो टर्दैन खुल्छ आखा जसले ।
अझ धेरै बुझ्दै छु म जिबनको कथा ,
जन्मिएर के ल्याउछ कहाँ ?कसलाई के थाहा?
सोच्छ सधै भित्री दिलले जिबन कस्तो कस्तो ,
कर्कलाको पानी होकी आउने छ।ल जस्तो ।
जती पस्यो सागर भित्र छैन त्यसको अन्त्य ,
सागर भन्दा गहिरो हुने यो मान्छेको मन त ।
त्याग नै ठुलो सुखी खुशी भन्दा ठुलो धन त ..................
जिबन के हो बुझ्दै छु म हुदो रहिन्छ अन्त्य । ..............
'''आदरणिय बुवामा सपर्पित '''बाची देउ '''
आदरणीय बुवा अस्वस्थ हुनुहुन्६ भने खबरले आफु दुखित बन्दै टाढाबाट सेवा गर्न नसके पनि भगवानसग सिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना गरी रहेकी छु भगवानको कृपा अनुग्रहले सुधार भएको खबर सुन्न पाउदा खुशी लागेको६ उहाको दिर्घौयु र स्वास्थ्य लाभको कामना ......
मर्नु त सबै पर्छ कुरी देउन केही दिन ,
पाएर तिम्रो आसिश हुनुछ म भरी पूर्ण ।
मात्रै भए पुग्छ तिम्रा ति दुई शब्दहरु ,
जन्मायौ यस धर्तिमा चाहिदैन केही अरु ।
गर्न सकिन सेवा म हुर्यायो मलाई बेगले ,
जे गरी रहे६ु आज म सबै तिम्रो त्यागले ।
कती होला पिडा त्यहा त्यही सम्झी रहे६ु म ,
पुकार गर्दै ईस्वरसग जिबन मागी रहेछु म ।
फर्कियर तिम्रो जिबन बाच बर्षउ बर्ष ,
लीइ रहन पाउ आशिस तेही हो हाम्रो हर्स ।
जे गर्नु थ्यो गरिसयौ अनी दिन पनि ।
गर्न पाउ सेवा तिम्रो ईस्वर हौ भनी ,
सम्झी रहेछु पल पलमा तर सक्दिन म देख्न ।
जे लेखेछ त्यो भाग्यमा सकिदैन छेक्न ,
झार्दै आसु २ थोपा आँफै धिक्कार्छु म ।
बाची देउ बर्षउ बर्ष सेवा गर्नेछु म ,
त्यही हो हाम्रो धर्म ठुलो अनी कर्म पनि ।
पर्दैननी पुग्न मन्दिर ढोग्न मुर्ती अनी
दुखी रहेछ मेरो मुटु अनी जली रहेछ ।
कहिले पाउ गर्न सेवा चट्पटी भाईरहेछ ,
सक्दिन सुन्न पिडाका शब्दहरु सम्झना आइरहेछ ।
गरु सेवा साथ बसी मात्रै मलाई भई रहेछ ,
सुन्न पाउ तिम्रा शब्दहरु टाडैबाट भए पनि ।
अमृत हुनेछ मेरा लागि हुन्थे म खुशी अरु ,
म हेरी रहेछु तिमीलाई नै गुमाय आमा पनि ,
पाइ आशिस हासी रहेछु सब तिमी नै हौ भनी ।
हेरिरहेछु तेतै तिर अनी कुरीरहेछु म ।
ध्यान गर्दै ईस्वरसग भिख मागी रहेछु म ,
फर्कियर तिम्रो जिबन बाचिदेउ मेरा लागि ।
पायौ दु:ख तिमी लाग्छ मै हुँ त्यसको भागी ,
मर्नु त सबै पर्छ कुरी देउन केही दिन ।
पायर तिम्रो आशिस हुनुछ म भरी पूर्ण ......
''''''''''मेटायौ अस्तित्व''''''''''
सम्झिएनौ तिमी कहिलै आफ्नो अस्तित्वलाई ,
सोच्थेउ होला आउछ सबै मुल जस्तो पलाई ।
आँफै काडेउ आफ्नो छ।ला लगाउ बाघको माला ,
सम्झियनौ भबिस्यलाई त्यसै खेर जाला ।
कती राम्रो देखिएछौ यो रुपमा तिमी ,
छैन केही लाग्छ हामीलाई अब लिने दिने ।
पस बोरु जङल तिर यही रुपमा फेरी ,
लाग्छ होला तिमीलाई जानौ कहिलै मरी ।
कुकुर र स्याल अनी बिरालोको जोडी ,
भाषण देउ जङल पसी जाउ जनता छोडि ।
आउछन सुन्न तिम्रो भाषण गर्जियर सबै ,
आउला जस्तो छैन चेत अब त्यस्तो नभै ।
देउ बोरु बलिदान जनवरको साथमा ,
आउछन लान्छन तिमीलाई दिन अनी रातमा ।
जनता माथि गरेउ व्यबहार जनवारको धेरै । ,
सुन्दर थियो मानब जिबन फाल्ने भएउ खरै ।
कुरा गर जङल पसी बार्ता गर राम्रो ,
अब तेही हो तिम्रो बाटो साथ हुँदैन हाम्रो ।
कती राम्रो सुहाएको टोपिसग कान ,
चाइदैन नि तिमीलाई तन ,मन धन ।
राजाइ गर्दै जङलमा गर भाषण पनि ,
तछाड मछाड खुल्ला ठाउँ पाउछौ रासन पानी ।
कोही आउँदैन लाठी लीई प्रतिकृया गर्न ,
सुख सन्तोष भोग गर्ने शही ठाउँ हो मर्न ।
सुन्ने छैनन अब जनता छैन केही आसा ,
तिमी पनि आस नगरि लाग बनिवास ।
मरे पछी भन्थेउ तर भयौ जिउदै लास ,
तर तिमी आँफै रोजेउ आफ्नो बनबास .................
'''''''''पिउनुको अर्थ''''''''''
अमृत मान्थे मैले सधैं पिउनुको त्यो अर्थ ।
मोज गर्छन् पिउदै सराप सोच्छन उल्टो बेर्थ ।।
>>
पिए आज मैले सराप इन्जोएेको झोकमा ।
तेही माथि नि पेट खाली थिए साह्रै भोकमा ।।
पीइ हाले २ गिलास छोयो मलाई झ्याम्म ।
सकिन नि हिंड्न मत लागे खुट्टा काप्न ।।
आउन थाल्यो वाक्य फुट्दै बोल्ने बच्चा जस्तो ।
देख्या सबलाई यो आँखाले हेर्दा कस्तो कस्तो ।।
तिरमिराए मेरा आँखा गैछु एका तिर ।
यता हेर्छु नदी देख्छु उता तारे भिर ।।
भन्न थाले हे मायालु तिमी कता गयौ?
मेरो लागि अहिले तिमी साह्रै सुन्दर भयौ ।।
आउन बस मेरै छेउमा कती खुशी हुन्छु ।
देउन चुप्प तिम्रो लाली अलिकती छुन्छु ।।
छ।ड्दै आयो के पिएथे अल्ल्ली आँखा देखे ।
यस्तै रहेछ पिउने भन्ने बल्ल मैले चेते ।।
गए घरमा श्रीमतिले ढोका लगाइन मलाई ।
थियो अझै नसा मलाई खोले ढोका बलै ।।
सराप पाए श्रीमती रुदै भन्छीन हेर ।
कस्तो कर्म अभागी म जिबन गयो खेर ।।
पेल्टे खाट्मा नखाइ केही त्यही उज्यालो भयो ।
हेर्छु बाहिर चारै तिर घाम लागि रह्यो ।।
खोजे मेरो प्रियासिलाई देखिन नि कतै ।
कमाउदै खुट्टा मेरा हेर्या जता ततै ।।
देख्या मैले उनको पत्र मलाई छ।डी गाको ।
ठुलो थियो गल्ती मेरो बेसुरमा भाको ।।
यही नसाले रहिछ संसार बिग्रिएको यस्तो ।
किन ?मान्छे बुझ्दैन त्यो भईरहेछ कस्तो ?
यस्तो रहेछ नसा पिउने जाने रहिछ जिबन ।
दिदै सबलाई अर्ती यही चोखो रख्छु यो मन ...................
'''''नजलाउ मलाई ''''''''
नजलाउ तिमी मलाई म मरे पनि बसेर हेरी रहने छु ,
गर्ने छु मरेर पनि आज म जे गरी रहे छु ।
राम राम भनी हामी चिता माथि राखी लास ,
आखिरमा हुन्छ त्यो खरानी आत्माको स्वर्ग बास ।
तर कसलाई के थाहा त्यो कहाँ छ ? उसले भन्छ म हेरी रहेछु ,
नजलाउ मलाई म मरे पनि .........................
गर्ने छु म मरे पनि .............................
बनाइ सानो घर राखी देउ त्यही कतै निर ,
आउ चडाउ श्रद्धा त्यहा देख्छु म तिमीलाई तर ।
जहाँ बस्छु आफ्नहरु आएर रोइ रहनेछन ,
खुशी हुँदै मेरो आत्मा तिनैलाई आशिस दिरहनेछ ।
नजलाउ मलाई म मरे पनि ...............
गर्ने छु म मरेर पनि .....................
चढाउनेछु २ थोपा रगत र भक्ती देसलाई म अनी ,
दिनेछु म जे सक्छु सारा जगतलाई मरेर भए पनि ।
मरेर बन्छ खरानी जब त्यो कसलाई के थाहा त्यो कहाँ छ ?
मात्रै सोच्छन मनिषहरु देब लोकमा त्यो जहाँ छ ।
नजलाउ मलाई म मरे पनि ...........
गर्नेछु म मरे पनि ............
के देख्दै छौ ?आज तिमी खरानी बनाइ सबको ,
के थाहा छ ?भन मलाई के भई रहेछ यो भबको ।
जान्छ बग्छ खरानी आउँदैनन उसका यादहरु ,
जहाँ हुन्छु म बस्छु आउछौ सब तिमीहरु ।
नजलाउ मलाई म मरे पनि ...............
गर्नेछु म मरेर पनि ....................
फाली फोगर सब अनी ज्योति छर्दै जिबन महा ,
लीइ रहेछु ज्ञान तिमीसगै जादैन खेरा कही कहाँ ।
बाड्न सकु सब यि मेरा जतिछन भाबहरु ,
गर्न सकु उद्धार सबको सत्कर्मका भागअरु ।
नजलाउ मलाई म मरे पनि .................
गर्नेछु म मरेर पनि ...................
थाहा हुन्छ मानबलाई मर्ने छौ हामी पनि ,
लाग्छ मलाई सबको बड्ला देखेर ज्ञान अनी ।
दिनेछौ तिमी आई श्रद्धाका आसु म मा ,
मर्दिन म कहिलै घुम्नेछु जगत महा ।
नजलाउ मलाई म मरे पनि ....................
गर्नेछु म मरे पनि .....................
बड्नेछन तिमीमा भाबहरु श्रद्धा सबमा जगाउने ,
देख्छौ अनी पन्छ।ुछौ दुस्कर्म जतिछन जलाउने ।
सम्झन्छौ मानब को हो ?अनी जन्म र कर्म त्यो ,
बड्दैनन कती रागहरु भोग्ने छौ जती कर्म को ।
नजलाउ मलाई म मरे पनि .............
गर्नेछु म मरे र पनि .......................
हुन्छ आत्मा खुशी सधैं म मरे पनि ति मायाले ,
सार्छौ फुलहरु रङी बिरङी सितल दिनेछ ति छायाले ।
देख्दै नौ मात्र स्वरुप तिमी आउछ तर अगाडि त्यो ,
सम्झन्छौ सारा दिलले जे थियो मेरो अगाडिको ।
नजलाउ मलाई म मरे पनि बसेरै म हेरी रहने छु ....
गर्नेछु म मरे पनि आज म जे गरी रहे छु .......
''''''मार्गदर्शन ''''''''
मान्छे किन घ्रिनित बन्छ इन्जोएे लाई रोजी ।
थाहा हुन तेती बेला के आउने छ भोली ।।
जिन्दगीछ दुई दिनको तर लामो बाटो ।
हाक्छ गाडी अन्धो बनी बनाउछन छोटो ।।
के का लागि मानब जन्म छैन भने ज्ञान ।
सोच्दै भित्री हृदयले सम्झी अर्थ जान ।।
ब्रम्हाण्डलाई घुम्छन सुर्य तर छुन्न कहिले ।
आउछ राप जिन्दगीमा तर जान्नु पहिले ।।
फुलाउ फुल अनी फल लिए तेसको स्वाद ।
जिबनमा आए भेल नलगाउ कहिलै दाग ।।
दु:खलाई नि सम्झ सुख असल बाटो रोजी ।
गर्नु प्रेम अगी बढी भाबनालाई बुझी ।।
हेर्नु आकाश रम्नु त्यहा छुन खोज्नु सधै ।
हत्दैनन नि बिकार मैला दिल चोखो नभै ।।
यही हो हाम्रो जिन्दगीको यो सुनौलो कथा ।
जती तान्यो बढ्डै जान्छ यि मनका बेथा ।।
ज्ञान लिनु बिद्धानबाट शिक्षा लिनु गुरु ।
यही हो हाम्रो मार्गदर्सन छैन केही अरु ।।
उज्जल बन्दै खोल ढोका ईन्द्रेणिको साथमा ।
दिन्छ चमक अन्धकारमा सबै आफ्नै हातमा ।।
भाबनालाई चिन्न खोज्दै लगाउदै मलम।
हट्छ मनको पिर ताप अनी मनको जलन ।।
के पाउनुछ घमण्डले अनी फोस्रो धाक ।
ल्याउछ त्यसले बिस मात्रै लाउछ त्यसले दाग ।।
उठाउ आफ्ना हातहरु छुन खोज तारा ।
निस्चल बन तिमी सधैं पार्छ हरा भरा ।।
चम्कनेछौ यही भाबले तिमी जगत सारा ......................
'''मिठो माया र स्नेह''''
कती कमजोर रहेछ भाग्य तिम्रो साथमा हुन सकिन ,
कति छन झै चाहनाहरु भबिस्यको बाटो कोर्ने तर ...
कती कमजोर रहेछ भाग्य तिमी सगै हुन सकिन
कती कमरोर रहेछ बाचा ति चाहना पुर्याउन सकिन ।
कती कमजोर रहेछ आसा तिम्रो माया पाउन सकिन ,
कती कमजोर रहेछ मन आज मैले थाम्न सकिन ।
कती कम्जोर रहेछ भाग्य .....................
दिदै बास्ना फुलाउदै फुल तिम्रो आसामा हराउदै छु तर ...
कती कमजोर रहेछ धन आफ्नो देसमा बाँच्न सकिन ,
कती कमजोर रहेछ शिक्षा पुरा ज्ञान दिन सकिन ।
कती कमजोर रहेछ भाब तिम्रो मिठास लिन सकिन ,
कती कम्जोर रहेछ माया तिम्रो लाली भर्न सकिन ।
कती कमजोर रहेछ रहर तिम्रो आसु पुछन सकिन ,
कती कमजोर रहेछ भाग्य ............
मामाता र शिक्षाको ज्योति भर्दै तिमीलाई ज्ञान दिदै म तर .....
कती कमजोर रहेछन बाटा गण्तब्यमा पुग्न सकिन ,
कती कमजोर रहेछ बास निस्चलता दिन सकिन ।
कती कमजोर रहेछ भाग्य तिमीलाई खुशी दिन सकिन ,
साह्रै कमजोर भय झै लाग्छ आउने आउने आसा कुर्न सक्दिन ।
कती कमजोर रहेछ भाग्य .....................
आसुलाई पियर सधैं खुशीलाई देखौदै म तर .....
कती कमजोर भएछौ हामी बाध्यतालाई बुझ्न सकेनौ ,
तेती कमजोर नबनाउ भाग्य हामी आँफै लेख्न सकेनौ । ।
कती कमजोर रखेछौ सोचाई आउने दिन सोच्न सकेनौ ,
त्यती कमजोर नबनाउ हामी हाम्रो भाग्य देख्न सकेनौ ।
कती कमजोर रहेछ भाग्य तिम्रो साथमा हुन सकिन ,
कती कमजोर रहेछ भाग्य हामी साथमा हुन सकेनौ ..............
''''''''''अधुरो सपना '''''''''''''
भबिस्यका तिमीले सपना धेरै देख्यौ भने ।
स्वार्थ लिन्छौ धेरै तिमीले अधुरो नै रहने ।।
''छोरो पाउनु कहिले कहिले कोर्को बुन्नु अहिले '।
हुनु कहाँ छ रास्ट्रपती भाषण दिन्छन पहिले ।।
जे हुँदैछ राम्रो देशमा त्यसलाई फाल्न खोज्छन ।
सत्ता मात्रै खोज्छन तिमी फाईदा मात्रै रोज्छन ।।
प्रजातन्त्र के का लागि किन ल्याए तिनले ।
छैन अब बाटो तिनको सडे घिनै घिनले ।।
गाउ बेसी ,पहाड तराइ ,दुखी गरीब माथि ।
गोली लाठी देखाइ तिनलाई लिन्छन आफ्नो सक्ती ।।
चन्दा माग्छन शहर पसी आतङक ती गर्दै ।
लुट पिट गर्दै ठुला बन्छन हिड्छन झोली भर्दै ।।
आतङकले बनाउदैन ठुलो जनसक्ती ।
विश्वाश लिए जनता माथि आउछ चाहिन्छ जती ।।
नहेर है स्वार्थ मात्रै नदेख है सपना ।
धैरेले नै ल्याउछ सक्ती सक्नु पर्छ खप्न ।।
देउ चोखो संबिधान खुशी पार्देउ जनता ।
कम्मर कस सान्ती ल्याउन बिद्रोह त्यो भन्दा ।।
चाहना र सपनाको छुट्टै हुन्छ अर्थ ।
एकताले दिन्छ बल घमन्ड हो बेर्थ ।।
घोच्ला तिम्रै मुटु त्यसले नलेउ तिर्सुल हातमा ।
होइनौ तिमी शिव बाबा आउन सक्ती साथमा ।।
चाहिन्छ ज्ञान ,बुद्दी बिबेक अनी कुटनीती ।
साकार हुन्छन पार्छौ अनी सपना छन नि तिम्रा जती ।।
सफल भन्छौ नेताहरु बन्द हड्ताल गरी ।
छैनन यस्ता नेता कही हेर्छौ संसार भरी ।।
ल्याउछौ कुरा सत्य युगका काम गर्छौ छुरा ।
कुट्नितीलाई पर सार्छौ के को गर्लाउ पुरा ।।
भन्छौ नेता संसारमा छैनन हामी जस्तो ।
दाज्छौ अझै लाज नभै मार्स्क लेलिन कस्तो ।।
ढोका खोल चारै तिर बन्द गर सक्ती ।
साकार हुन्छन ती सपना पाउछन सबले मुक्ती ।। .........
''''''''नेता र ज्योतिश बिच ''''''''''
हाम्रा देशका जनताका लागि चिन्तित भएको देखाउन चाहने महान नेताजी ज्योतिशको सामु जानु भयो र उहा हड्बडाउदै कुरा राख्न थाल्नु भयो । आफ्ना personal starts,हरु जनताको सामु गुमाए पनि कार्यकर्ता र परिवारको लागि पनि गुम्ने त होइन ? आफ्नो अहिले सम्म कमाएका जायजेथाहरु पुस्तौपुस्तालाई रहन सक्छकी सक्दैन ?कतै म आँफै सडकमा भिक माग्नु पर्ने पो होकी ?कसरी मेरो देहाबसान हुन्छ ?कती समय सम्म म अब यो कुर्चिमा राज गर्न सक्छु ?यस्ता प्रस्नहरु महान नेताजिको मन मस्तिस्कमा उब्जिएर सोधी रहनु भएको छ ।
लामो सास फेर्दै भन्छ जोतिशी ; हेर्नुस् तपाईंको हात त साह्रै बलियो६ तर कर्म अली खोटी जस्तो लाग्छ । तपाईं एउटा दुर्गम पहाडको खोरियामा जन्मनु भयको रहेछ तर आज आह आह आह क्या सुन्दर महलमा बिलासी जिबन बिताउदै हुनुहुदो रहेछ तर खै तपाईंको भाग्यमा त दिर्घकालिन एस लेखेको छैन त किन कि देखेको कुरा भन्न मन लागेकोछ तर अली गाह्रो मानी रहेकोछु महान नेताजी ///
डराउदै सोध्छन नेताजी ;पसिना आउछ उनलाई पुच्दै भन्छन अब के डराइ भयो र जे गर्नु थियो गरी सकियो अब जनतालाई थाह भइसक्यो लुकेर छिपेर गर्ने ठाउँ पनि छैन अब सामाजिक ,राजनैतीक र आर्थिक छेत्रमा आफुलाई सबल बनाए पनि जनतालाई बनाउन सकिएन किन कि पहिला म आँफै बन्नु थियो । बिलासितामा रमाउनु थियो जनतालाई फुस्रो र झुटो आश्वासन दिएर आफु र आफ्नो सात पुस्ता सम्मलाई बनाउनु थियो त्यो त बनाइ सके तर यो दिन आउँला भन्ने मैले सोचेको पनि थिइन । त्यसैले कतै म आँफै समाप्त हुने त होइन ?कतै यो बुडेस कालमा जेल बस्नु पर्ने त होइन ?जस्तो लागि रहेछ मलाई रातमा निन्द्रा लाग्दैन हजुर यसो केही सोस्ती सान्ती ,जप पाठ गर्दा यो पाप बाट मुक्ती पाउन सक्छु कि ?र मर्ने दिन सम्म कसरी यही बिलासी जिबनमा रहन सक्छु कृपया झर्को नमानी बताइ दिनु हुन्छ कि ?बोरु हजुरलाई लाख होइन करोड टक्राउन पनि तयार छु हजुर यो दसा कटाउनु पर्यो /
भन्छन पूजनिय जोतिश;हेर्छ उनको मुखमा र आसय बुझी सकेका हुन्छन किन उसलाई पनि ''हौकामा चौका हान्नु थियो ''' अगाडि भन्छन उनी हेर्नुस् तपाईं आफ्नो कर्ममा जे थियो तेसको उल्तो गर्नु भयो । तपाईंले भाग्य त धेरै ठुलो लिएर आउनु भयको रहेछ तर ''डोकामा दुध दुहेर अडाउने ''कोसिस गर्नु भएछ त्यसैले कर्म अनुसारको फल त सबैले भोग्नै पर्छ हजुर । अनी अर्को कुरा ''उम्लो पाउदा डुडुलो नै निल्न खोज्नु भएछ तपाईंले आज त्यही कर्मको फल भोग्दै हुनुहुन्छ । तपाईं सग श्री सम्पत्ति ,महल ,एस आराम सबै छ तर तपाईंलाई मनमा सान्ती छैन किन भने तपाईंले एउता अपराध होइन सिमा नाघेरा देशको अस्तित्वलाई नै धारमा पार्दै सारा नेपाली जनतालाई दु:ख र पिडा दिदै रुवाइ रहनु भयको छ । उनी हरुको आत्माले सरापी रहेकोछ तपाईंलाई जनताको सार्भभौमिक अधिकार र अखन्डतालाई जलाई रहनु भयकोछ तपाईंले । यसरी आफ्नो र आफ्ना शान्ताको सात जन्मकोलगी सम्पत्ति त कमाउनु भयो तर तपाईं आफु जल्नु भन्दा पहिला यो सम्पत्ति हस्तछेप हुँदै तपाईंलाई धेरै अपराधीक लाल्छनाहरु लाग्नेछन । यसरी यस्ता अपराधीक कार्यले गर्दा राजा ज्ञानेन्द्र जङलको प्रबासी भए अझै त्यो भन्दा किनारमा तपाईंलाई पुर्याउने लेखेको छ हजुर । ज्योतिश अगाडि भन्छन यसको सोस्ती सान्तिको लागि करोडले त पुग्दैन कि हजुर ,,अरब दिनुस् म ग्रह कटाइ दिन्छु अनी हजुर दुक्क भयर झुपडी मा गएर आनन्दले बिस्राम गर्नु होला किन कि तपाईंले पापको प्रयास्चित गर्न बाँकी नै छ । जनताबाट मात्रै बच्चाउन सक्छु म तर तपाईंको परिवार र समाजबाट घ्रिनित बन्नु हुनेछ यसको उपाए छैन हजुर त्यसैले ,,हेरेको हेरै भय नेता उता भयको सम्पत्ति ज्योतिसलाई दिनु पर्ने ,परिवार समाजमा घ्रिनित हुनु पर्ने अनी भन्छन उनी ।
नेताजी भन्छna ;;पुर्पुरोमा हात लगाउदै सोच्छन अनी दिक्क मान्दै भन्छन उनी पन्डितजी यस्तो समय आउँला भन्ने थाह भएको भए सातौ पुस्तालाई कमाएको सम्पत्ति देस बिकासमा लगाउने थिए अफुलाई केही थाह भएन । नत शिक्षा थियो मम नत ज्ञान ,२-४ शब्द उफ्रियर बोलेको भरमा गाउ देखी जिल्ला सम्म नेता बनाइ हाले जब पैसाको बिटा डेख्न थाले लोभ लाग्न थाल्यो तर मलाई के थाह ''लोभले बिलाभ बनाउछ भनेर ''कार्य कर्ताहरु बनाउदै गए उनीहरुलाई मल जल दिदै जे भन्छन तेही मानेर जनताको आँखामा छ।रो हाल्दै आफुलाई नै सोच्न थाले तर जे होस् नराम्रै भय पनि नाम कमाएकै छु ।
मर्ने बेलामा झुपडिको बास ? कस्तो रहेछ मेरो कर्म । फेरी नेताको सक्ती बड्छ ,गर्छु अझै जती सक्छु कली युगमा धर्मको के अर्थ रह्यो र ?मर्ने बेलामा दाम नरहे पनि ,राम्रो काम नगरे पनि नेपालको ईतिहासमा नाम त कोरिने छ यसैमा सन्तुस्ठी छु हजुर म त । मेरो पछी लाग्ने लाखौं कार्यकर्ताहरु म मरे पछी पार्टिको झन्डा ओडाएर जय जय कार गर्ने छन नमरुन्जेल मुर्दाबाद र धारे हात लागाउने हरु देशको लागि त गर्न खोजेको थियो बिचरा भनी हाल्ने रहेछन म यसैमा खुशी छु हजुर । यही त होनी कली युगको कर्म होइन र ?हजुरहरु हो ??????? त्यसैले सबै नेताको यही सोच छ हजुर र आज देस र जनताको यो अवस्था .thanks .....................अन्धकारमय भबिस्य ..........
''''''एक आवाज ''''''
हाम्रो देशको कुनाबाट कोही आयो चिच्चाउदै ,
रोदन तिनको सुन्न सकिन
देशका कठ पुतली भन्दै
मुकुण्डे प्रतिगामी मुर्दाबादको
शब्दहरु आई रहेको सुने म ।
उनी गुन गुनाइ रहे त्यहाँ
भन्छन बनाए देसलाई खरानी
नलगाउ छिटो निकाली देउ मुकुन्नाहरु
आए यस्ता शब्द त्यहाँ
अझै सुनी रहे म ।
भन्छन अगाडि उनी अझै
जस्ले गरी रहेछ समर्थन
देशका सिखरहरुको
छोरा छन बिदेसमा भन्दै अझै रोए उनी
के गरु मलाई थाह भएन
टोलाई रहे म ।
अझै दिदैछन सराप उनले
बन्नु परोस कुल्ली त्यसले
बड्दै गई रहेछन शब्दहरु
छट्पटाइ रहेछन उनी
भन्छन सक्यौ देस्लाई
अनी आमाका सन्तानलाई
सुन्न सकिन शब्दहरु कान थुनी रहे म ।
अझै छ।ड्दैनन उनी सराप दिन
जतिछन नपाउने मुक्ती गरी
के हाल भयो यो हाम्रो देशको
धेरै सोचिरहे म ।
रुदै चिच्चाउदै शब्द बाणहरु
खोज्दै रहेछन उनी केही
हेर्न सकिन सोध्न पनि म त्यहाँ
किन कि म आँफै डराई रहे६ु
के गरु कसो गरु भई रहेछु म ।
त्यती बेला थिए म निन्द्रामा
खल्बलियो मेरो दिमागहरु
पर्यो चोट मुटुमा अनी हेर्दै बाहिर
पाईला अघी बडाए म ।
देखे भिड अनी रोदनहरु
गया म हेर्न त्यहाँ
देख्यो मेरो आँखाले पनि
रगत त्यो मेरै कोखको
पनि बगिरहेको
झम्टी आयो चिच्चावट म मा ।
लाग्छ छैन अब बाँकी कती पनि
छट्पटाइ रहेछन दुखी नेपालीहरु
लाग्छ मलाई ढाकी सक्यो बादलले
भनी देउन मलाई को छ ?अनी कहाँ ?
देख्ने रोदन अनी पिडा
खोज्न कहाँ जाउ म ।
बाचु कसरी बाचु?
बाच्नु छ यही माटो महा
सन्तोषले मातृभूमीमा मर्न पाउ
किन ?आज यस्तो मेरो देस
आवाज छैन एउटाको मात्रै यहाँ
यही भनी रहेछु म ।
आउदो रहेछ निस्कदो रहेछ
भन्न चाहन्थिन म
तर भन्छु धिक्कार्छु
मेरो देशका सासकहरुलाई
सबै भनी रहन्छ ,म भनी रहन्छु
नमरुन्जेल सम्म धिक्कारी रहन्६ु
तिन्ले मातृभूमीलाई नबुझे सम्म
भनी रहन्छु म धिक्करी रहन्छु म ..............
''''''''''' बेदना ''''''''''''''''''
को छ ?सुनी दिने अनी जानी दिने यी हाम्रा बेदनाहरु ।
एक्लो जीबन पार गरी रहेछौ चाहिदैन पिडा अरु ।।
आयो बाध्यता हुत्यायो त्यसले काटेउ समुन्द्र पारी त्यो ।
बर्षउ बर्ष देखी कुरी रहेछउ आउँदैन कि दिन मिलनको ।।
रुन्छन बालकहरु घर महा पता छैन स्वामीको ।
कस्ले देखी दिने अनी बुझी दिने भित्री दुखी पिडा यो ।।
रुन्छ छ।ती चिरिन्छ बेसरी सम्झी सबै चिजहरु ।
दियौ बिस नेपाली आमालाई तिमीले छैन यस्तो देस अरु ।।
आएन तिमीमा सद्भाब कहिलै हेरी रहेउ बाटोमा ।
आउछ कि सान्ती भनी कुरी रहेउ रमाउन आफ्नै माटोमा ।।
मानब नै त हौ हामी सबै बुझ्दैनौ किन यो पिडा ।
हेर्दै छौ भने आफ्नो स्वार्थलाई तिमीले हुँदैन कहिलै त्यो पुरा ।।
हेर भित्री दिलले चार तिर ती के देख्छौ अनी तिमी ।
मात्रै छन बेदना हजार थरिका तड्पी रहेछौ हामी ।।
देउ सान्ती ,बिकास ,सद्भभाब जनमा खुशी हुनेछौ सब ।
शही रहेछौ हजार चोटहरु नरोउन सन्तान अब ।।
सुनी देउ सिखरहरु पुकार सारी यो मुटु भरिको बेदना ।
पाउ रम्न स्वदेस कै माटो महा अनी छ गर्ने केही चाहना ।।
वाध्य छौ लड्न हामी सब यहाँ जे आई परेता पनि ।
आफ्ना सास्वतलाई जोगाई सबले राखी रहेछौ अनी ।।
देउ आमा आसिर्बाद हामीमा लड्छौ नमानी डर ।
चिन्न सकु उज्जल भाब सबको नगरि कसैको भर ।।
गौरब छ नेपाली हौ पौरखी हातहरु घोट्छौ स्वाभिमानले ।
ल्याउछौ एक दिन क्रान्ति हामी देशमा के गर्छ अभिमानले ।।
छन आसु हातमा बढाई रहेछ झन हाम्रा शाहसहरु ।
बुझ्दैनौ पिडा नदेउ मुक्ती यसको दिन्छौ चुनौती अरु । ।
आउँदैन कि दिन मिलनअको अनगिन्ती छन ईच्छाहरु ।
तड्पिदै बाची रहेछौ यहाँ बोकी धेरै पिडा अरु ।।
छटपटी रहेछौ पल पलमा बाध्यताले बाची रहेछौ ।
लाग्छ पाउदैनौ कि स्पर्सहरु तै पनि हासी रहेछौ ।।
सम्झी सारा जगत अनी मात्रीभुमिको पोख्दै यिनै बेदना ।
लगाउ मलम चर्की रहेको घाऊहरुमा यही हाम्रो चाहना ।।
फलोस अनी फुलोस नेपाली जनको दुर हुन बेथाहरु यही शुभकामना ,,यही शुभकामना ....................
'''''''''मेरो देस''''''''''''
जन्मिए म आफ्नै देशमा गौरब छ त्यसको ।
आफ्नै माटोमा बडेर समाउदै जहाँ जे छ त्यो ।।
छर्दै शिक्षाको ज्योति पनि लम्काइ पाइला अरु ।
रमाए हिमालको काखमा चुम्दै गुरासहरु ।।
कती सुन्दर हाम्रो नेपाल उच्छ छ संसारमा ।
देख्न सुन्दर छन हिमालहरु नपार सँघारमा ।।
दिरहेछीन सुन्दरता प्रकृतिले रमाउछन सबै त्यहा ।
बाँच्न सकुन सारा फक्राइ सब भाब देशमा ।।
रमाउन पाउ म आफ्नै माटोमा मुस्कान छर्दै ।
खेलुन बालहरु काख महा ममताले भर्दै ।।
भन्छिन सधै नेपाल आमा यही चाहन्छु म ।
लेउ शही बाटो सबले तिम्रा कस्ट शहन्छु म ।।
समाउ हात एकले बढाउ अनी अर्को तिर ।
देउ मुस्कान अनी ओठमा यही चाहन्छ मेरो देस ।।
कल कल गरी रहेछन ती छहराहरु पाखा पखेरामा ।
पर्खि रहेछन अनी हेरी रहेछन तिम्रा जागर जोस ।।
लाग्छन ताती मयुर तराइमा डाफे पहाडमा ।
उजाड अनी सुन्दरता हुन्छन तिम्रै ती हात महा ।।
किन आज यस्तो देशमा छैन रमाउने ठाउँहरु ।
किन सोच्दैनन आज सबले नसके छ।डुन बरु ।।
पौरखी नेपालीका सुन्दर चाहन बढुन सधै साथमा ।
उदाउनेछन नयाँ भाबहरु सुन्दर सबको गाथमा ।।
नगर द्वन्द अब त्यो रोही रहिछिन आमा ।
नलागोस सराप तिमीमा भन्छ यो मेरो देस ।।
आउ समाउ हातहरु नबढाउ अब घाऊ अरु ।
सुन्दर छ संसारमा मेरो देस भाषा छ अनी भेस ।।
देउ नब बसन्त सगै किरणहरु सक्छउ दिन के अरु ।
जे छ रमाउन देउ त्यसमा चहिदैन केही अरु ।।
देउ मुस्कान ओठमा यही चाहन्छ मेरो देस ।
सुन्दरछ संसारमा मेरो देस भाषा अनी भेस ।।
'''''फोस्रो आडम्बर ''''
जब तिमी राम्रो हुन्नउ कहिलै हुन्न समाज देस ।
नगर है तिमी कहिलै आदर्शको फोस्रो भेश ।।
ईमन्दार र नैतीकता मानबको ठुलो अङ्स ।
प्रयास नै सफलता हो त्यसले दिन्छ जागर जोस ।।
किन जानु हम्फालेर यदी छैन सक्ती भने ।
मुकुण्डाको भरले मात्रै सक्दैननी गती लिन ।।
एउटै मुखछ बोल्ने हाम्रो शब्द आउछन हजार थरी ।
तरवार र गोली पनि होइन ठुलो कसै गरी ।।
त्यसै हुन्न मान्छे ठुलो सडकमा उत्रिएर ।
दिनु पर्छ सद्भभाब सबमा आउछ त्यसै भित्रियर ।।
भन्छन आँफै त्यसै ठुला छैन लाज अनी डर ।
ज्ञान बिबेक छैन भने के को तर्लान भबसार ।।
हेर्नु पर्छ चारै तिर आकाश पातल संसारलाई ।
हाम्फालेर सफल हुन्न सो चौ सबले भबिस्यलाई ।।
दुई दिनको चोला हाम्रो देउ हास्न बाँच्न सब ।
त्यही हो हाम्रो मानबता बुझ्छ जसलाई जसले जब ।।
देउ सान्ती उज्जल गरी राख नाम चम्काएर ।
मुक्ती मिलोस मानबताको माया सबलाई बसाएर ।।
आओस भाब रसाएर बहुमुल्य मानब चोला नफाल है धसाएर .......................
'''''''''''अर्ती उपदेस '''''''''
समाई हातहरु बढाउ अघी जनता , नमानी त्रास कती ।
खुल्छन अनी आँखा सबका, दुस्मन छन देशका जती ।।
एउटै हो पिडा सबका भन्दै सबले, सोचऊ सबै मानब ।
तिम्राछन पोज ठुला अनी कुर्च्रीहरु ती, नभौ तर दानब ।।
मर्छउ एक दिन जानु पर्छ सबले ,पर्खि रहेछौ त्यो दिन ।
गर्छौ गर कल्यण देशको ,सोच्दै बिचार एक छिन ।।
उत्रिय राम पनि बाण लीइ, गर्न बद राबणको ।
नआउला भन्न सकिन्न तिमीमा, तेस्तै दिन बदको ।।
लाग्यो भोक मरी छट्पटिदै सब त्यहा ,मागी रहेछन भिक ।
निस्किउन कसरी बाहिर बिचरा, छैन लिने केही चिज ।।
खोल्दैनौ किन आँखा भित्री दिलले, देख्दैनौ काडाहरु ।
आउला बाण छेडला मुटु महा, पाउदैनौ केही अरु ।।
छैन माया ,मान ,सम्मान तिमीमा, मरेउ भने यसरी ।
पर्दैनौ गती सुख शान्ति तनमा, आउँदैन केही गरी ।।
हेर फुललाई अनी ती काडा, सुन्दर भएर के भो ।
खोझ्छौ छिर्न भने तिमी त्यहाँ, थाहा हुन्छ बल्ल त्यो ।।
फर्क आउ समाउ देउ माया सबमा ,लगाउ मलम पनि ।
हट्ने छन रिस राग सबका, पुज्नेछन देब भनी ।।
माग्छन लाख्यौ नेपाली भिख तिमीमा, गर्दै यही चाहना ।।
फुल फुल सरी छर्दै सान्ती देशमा, सबको यही कामना ,,,,,,,,,,
जगोस प्रेम भाब सबमा, जागुन नब भाबना ,,,जागुन नब भाबना .............





