छैन केही सार यो जीबनको ,चुर्लुम्म भित्रै डुबे ।।
मिथ्यामा गर्छौ किन?लडाई तरहका, आँफै नै निचहुने ।।
झट्ट किन?हान्छन झटारो यिनीहरु, नहेरी कतै तिर ।
फर्काउछ आफ्नै त्यो बिबेकले, रोपिन्छ तिनै तिर ।।
भाच्दैछौ सुन्दर बोट तिमी देशको , फुलिरहेका फुल ।
रोप्दैछौ अज्ञान नमेटिने, देख्दैनौ गरिरहेका भुल ।।
देशका हौ जिम्बेदारी तिमी ठुला, बड्छन अहम्ता भने ।
बड्नेछं रिस राग बिसहरु, आफ्नै देश निर्मुल हुने ।।
सक्दैनौ किन?टिप्न रत्नहरु जनका, खुबी निकाली कन ।
झट्टै फेरिरहन्छौ तिम्रा ती रुपहरु, दानब बनिने किन ?
बाच बचाउ स्वाभिमान जगतमा, राख्नेछौ किर्ती हरु।
फैलन्छन गुणहरु युगौ युगसम्म, अम्मर बनेर अरु ।।
बन्छौ किन दोशी तिमी देशको, फालेर मान -मदै ।
फर्कन्न अभिमान गुमेमा सहज, बड्दै जानेछ झनै ।।
बढाई घमण्ड गर्छ के अज्ञानले ,पाउनु नै के नै छ र ?
सफल गराउने जन्म मनुस्यको, त्याग भन्दा अरु के छ र ?
मात्रै हेरिरहेउ बिलासी कुर्चीहरु ती, बढेन दया रती ।
पर्खीरहेछन शान्तिको ज्योति देशको, हेर्दैनौ किन कती ।।
बड्दै छन तिम्रा राग दोश पल पल, नबढोस् बिनासहरु ।
छैनउ तिमी योग्य देशको लागि अब, नपार नाश अरु ।।
नमस्कार प्रिय मित्रहरु सदा झै हजुरहरुको सामु जानी नजानी आफ्नो मनका भाबनाहरुलाई ब्यङको रुपमा पस्कने प्रयास गरेको६ु यो मेरो प्रयासमा अबस्य शब्द र भाषिक त्रुटी हुनेनैछ हजुरहरुको प्रतिकृया र सुझाब मेरो सुद्धता र सफलताको आधार बन्नेछ धन्यवाद ।
लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/26
ब्यङ नेपाली नेत्रित्व
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment