बिशाल आँखाको द्रिस्य सँगै
म रमाइ रहेको मेरो ठाउँ
रहस्यमय बोकेर हसाइ रहेको मेरो गाउु
हिमालमा झलमल्ल देखिने
सुभाश छरिरहेका किरणहरु
बासुरिको मधुर स्वरले
गुन्जिरहेका ती पाखाहरु
छाडेर सबै तरिरहेछु समुन्द्र पारी
अचम्म लाग्छ मलाई
तै पनि म बाचिरहेछु ।
छाडेर मेरा सँगीहरु
कालको साथ लडेर म
तातो हावामा खेलिरहेछु
तस्बिरलाई मनमा राखेर
प्यासहरु मेटिरहेछु
आनन्द र सुगन्ध दिने पलहरु
सपनीको सौन्दर्य बनाइ
आशुलाई दबाई रहेछु
तै पनि म हासिहरेछु ।
बिलाएको छैन जस्तो लाग्छ
उठिरहन्छन मनमा तरङहरु
सुन्दर लछ्य बोकेर
उत्तम सिर्जना बगाइ रहेछु
एकान्तका कल्पनाहरुमा
यस्तै चुनौतिसँग म भिडी रहेछु
तै पनि म बाचिरहेछु ।
पवित्र सस्क्रिती नेपाली सभ्याता
लुकी रहेको स्वर्ग जस्तो
कहाँ ?देख्छु र म यहाँ
मन मनै भन्छु म आँफै
हासी रहेको त्यो हिमाल
देखिन्छ यहाँ मरुभुमी
अनी त्यो उजाड
सुन्दरताको बिचित्र मेरो माटो छाडे पनि
सम्झेर म हासिरहेछु ।
बलीरहेका ती चुल्लाहरुमा
पाकिरहेका भातहरु
पस्किएर दिने पबित्रहातहरु
कसरी बिर्सन सक्छु म
यो भोकाइ रहेको अनुहार
आउछ अगाडि नदेखेका चिजहरु
बनाउने रोगी जस्ता
गर्नुछ भोलीको लागि
त्यसैले म मिठास लिरहेछु
तै पनि म बाचिरह्र्छु
तै पनि म हासिरहेछु ।
प्रिय मित्रहरु आफ्नो प्यारो मातृभूमीलाई छाडेर बिदेसी मरुभुमिमा रमाउनु परेकैछ ,हास्नु परेकैछ र बाच्नु पनि परेकैछ त्यही तितो सत्यलाई समेट्ने प्रयास गरेकिछु लेखाइ र शब्दहरुको असुद्धतालाई प्रयासको बाबजुत पनि देखिएका गल्तिहरुलाई सुधार गरी पढिदिने प्रयास र सुझाब , प्रतिकृया मेरो सुधारको आधार हुनेछ धन्यवाद ।
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/20
तै पनि म बाचिरहेछु
mero gau ...
nepali khana
marubhumi ....
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment