कहाँ गयो शान्तिको दियो
नब्युझिने होकी गरी
ह्रदयको स्पन्दनले
प्रेमलाई नछुने गरी
बिशाल थियो जता ततै
रङ्गी बिरङगी भाबहरु
किन नबुझी सिथिल बनेउ
गरिरहेका ती प्रार्थनाहरु
सोचेर हेर आफुलाई
एकै छिन भए पनि
साएद छुने छ कि तिम्रो ह्रदय
सम्झेर ती भुलहरु
के पाइरहेछौ खेलेर आज
लिएर बारुतहरु
मात्रै थर्काइ रहेछन निर्दोशीलाई
ढाकी रहेछ बुद्धका बाणिहरु
देख्दैनौ किन ? सत्यको बाटो
त्याग अहिम्साहरु
थाहा छ तिमीलाई पुर्खाको रगतले कोरिएका
ज्ञानका ती उपदेसहरु
चाहन्छौ यदि उन्नती तिमी
नहेर मात्र बिलासिता
रङगाउछ मात्रै लाग्छ
थपेर शान्तिमा बिशअरु
खोजौ भित्र आँफैलाई
छट्टपटिएको छ कि आत्मा
डुबेर प्रेमको सागरमा
मिलाउ आफुलाई जहाँ त्यहाँ
नदेखाइ असिमित चाहनाहरु
फर्किए अब दुखी तिर
बग्नेछन निस्चल धारा
खुल्नेछन अनगिन्ती बाटाहरु
हर पल हिडिदेउ लिएर पवित्रता
जपेर शान्तिको मन्त्र
स्वर्णिम बनाउ ती बाचाहरु
प्रयास गर्दा गर्दै पनि लेखाइमा कतीपय त्रुटीहरु भईरहेका छन यसको लागि छ्यमा प्रार्थी छु ।
लेखिका ;सुमित्रा पौडेल 2010/7/4
बिर्सिएका भाबहरु
peace of lamp.
udaudai raheko surya.
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment