नमस्कार प्रिय मित्रहरु हजुरहरुको सुझाब र प्रतिकृया मेरो कलमलाई अघि बढाउने आधार बनिरहेको छ यसै सिलशिलामा आज सम्मका १०० भन्दा बढी मेरा लेख रचनाहरु फेसबुक मार्फत हजुरहरुलाई पस्किन पाउदा म धेरै हर्सित छु लेख रचनालाई मनपराइ दिनु भएमा आभार ब्यक्त गर्दछु आशाछ एक दिन सम्पूर्ण नेपाली जनताको बिचमा पुर्याउन सफल हुनेछु यसले नेपालको घ्रिणित राजनैतीक पारीबेशले ल्याएको देशको यथार्थता र मेरो मात्र नभै जिन्दगीको यात्रााका पिडा बोध र यथार्थतालाई शहज रुपमा झल्काउनेछ । मनिसको जीबन यात्रा कहाबाट सुरु भई कसरी अन्त्य हुन्छ ? त्यो कसलाई के थाह जे होस् जिन्दगीको यात्रााका उकाली ओरालीहरुले दिएका मर्मस्पर्सी भाबहरुलाई लेखनको माध्यमबाट गुम्सिएर बसेका तिता मिठा यथार्थहरुलाई हजुरहरु समछ्य पुर्याएर मनो भाबना जगाउने उद्देस्यले '''जिन्दगीका यात्रााहरु ''' मुनामदनमा आधारित झ्याउरे लयमा पस्किने जमर्को गरेकिछु आशाछ स्वा . महाकबि लक्ष्मीप्रसद देबकोटा ,मेरा गुरुहरु जस्ले मलाई प्रेरणा दिबक्सेको थियो ,मेरो परिवार र मेरा सम्पूर्ण फेसबुक मित्रहरुको आशिर्बाद र रचना सफल बनाउनका लागि यहाँहरुको सुझाब प्रतिकृयाहरु नै मेरो सफलताको बिन्दु बन्नेछ ।
'ॐ गणेशाय नम ;'
'''समर्पण'''
हे ;ईस्वर तिमी जगत्का मालिक पर्दैछु शरण ।
दासि हो तिम्रो यो यात्रा पनि जन्म र मरण ।।
अर्पण गर्छु पवित्र दिलले जीबनको यात्राालाई ।
दिन म सकु यात्राको कथा ती मातृभूमीलाई ।।
ती मेरा गुरु प्रेरणाका स्रोत चरणमा बिसाई ।
हे मेरा बुवा दाजु र भाउजु दिदी र साथि भाई ।।
आशुको ढिका अमृत बनाइ गर्दै६ु अर्पण ।
आशिर्बाद पाउ गास्दैछु माला जीबनको दर्पण ।।
आशु र हासो,दु;ख र सुख जीबनको फुलबारी ।
टिपेका फुल गास्तैछु माला कथालाई ओसारी ।।
सपना लाग्छ सम्झदा आज बिपना सायरी ।
प्रेमभाब जागोस् हे मेरा सज्जन ह्र्दय उघारी ।।
पुर्णिमा थियो जन्मेको दिन ढल्केको त्यो घाम।
निस्चल सागर नभेट्ने अन्त्य लिएर आए म ।।
जीबनको छाया त्यो वरीपरी फुलको बोट रोपियो ।
कल्पेको मालि गोडेर फुल त्यो त्यसै हुर्कियो ।।
चढाउदैछु म त्यै फुलको माला गुथेर लहरी ।
एकान्त बनमा फुलेको फुल बास्नालाई नझारी ।।
सुगन्ध बनोस् प्रेमको छाया लिएर आधार ।
कुटोले खोप्दै चढेको पहाड तरेको जङघार ।।
बिर्साई जाओस् दुखिको पिडा आनन्द होस् मन ।
बुझेर भाब पुच्नेछ आशु जगाइ भाबना ।।
जे थियो ब्यथा मुटुको मर्म समर्पण गर्दछु ।
अज्ञानी बनि गासेको माला त्यही अर्पण गर्दछु ।।
नेपालको माटो नेपाली आमा त्यै बास्ना लिएर ।
नवईलीजाओस प्रेमको गाथा भक्ती भाब पिएर ।।
साउनको झरी नदिको लहर उर्लेर बगेनी ।
टिपेका फुल त्यै गास्न खोजे जीबनको काहानी ।।
उकालो चड्दै ओरालो झर्दै जीबनको सागरलाई ।
हासेर अझै गर्दैछु पार जगतमा छर्नलाई ।।
नेपाली सच्चा बनेर भोली देखाउन सकु म ।
समर्पण मेरो स्विकारीबस्योस हे मेरा सज्जन ।।
सुगन्ध छर्न मुना र मदन झ्याउरेको आधार ।
आसाको किरण झुल्केको घाम फैलाउन अपार ।।
ज्ञान हो दिनु प्रतिभाबाट झल्केको प्रभाब ।
गर्नेछु पुरा आशिर्बाद मिलोस हे लक्ष्मीप्रशाद ।।
प्रिय मित्रहरु कही कतै त्रुटि देखिएमा छ्यमा प्रार्थी छु ।
लेखिका ;श्रीमती सुमित्रा पौडेल
भरतपुर चितवन
हाल ;इजरायल .
जिन्दगीका यात्राहरु
SAMARPANA..........
'OM GANESHSAYA NAMAH'
GINDAGI ............
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment