पैसाको सिरानी बनाएर ,
पैसा कै सिरक ओडी ,
हातमा हटकडी झैँ ,
सुनको ब्रासलेट ,
गलामा गहकिलो हार झैँ ,
सिक्री पहेलपुर भएर ,
सुन्दर महलको विलासितामा डुबेर ,
रक्सी र माशुका कबाफ खाएर ,
सुत्छन् र भुसुक्क निदाऊछन् ,
के सपना तिनीहरुले मात्र देख्छन् ??????????????????????????????????????????????????????????????????????????????
के सपना यो हो त ???
अर्काको लोग्ने वा स्वास्नीलाई
केही क्षणको मायामा भुलाउदै ,
आफ्नो अस्तित्वलाई बेचेर ,
मिठो सपनाको संसारमा पसी ,
ताजमहल बनाएर ,
सुत्न चाहन्छन् ,
र
बिहानीको सुर्यको किरणँ सगै ,
आखाँ खोली हेर्दा ,
लज्जात्मक तरिकाले शिर निहुराई ,
हिडन बाध्य हुन्छन् र ,
आफ्नो जीबनलाई
नर्क तिर धकेली ,
कुकर्म गरिरहेका हुन्छन्,
के त्यो सपना हुन सक्छ त??????????????????????????????????????????????????????
हजुरहरुको बिचारमा सपना भनेको यो हो कि ???
जो दिन भरी भारी बोकेर ,
ठेल गाडी ठेलेर ,
बगर माटो सगै
कोदालोले खेरेर ,
शरीरबाट रगतका धारा झैँ
पसिना बगाई ,
गाई बस्तुसंगै खेल्दै ,
काधमा हलो र कोदालो ,
टाउकोमा घासको भारी राख्दै ,
थकित हुदै ,
पार्टी पौवा अनि रुखको फेदीमा ,
भारी बिसाउदै ,
सितल छाहरिको आनन्द लिएर ,
सुस्केरा हाल्दै ,
आफ्नो हातको सिरानी बनाइ ,
आनन्दले सुत्छन् र
भुसुक्क निदाउ छन्
सपना तिनीहरुले पनि देख्दछन्,
के सपना भनेको त्यही हो त ???????????????????????????????????????????????????????????
सपना यही हो कि त ???
जुन आफ्नो मर्यादा र
छबिलाइ कायम राखी ,
कठोर परिश्रम गरी ,
अनेक दुख कस्टहरुमा पिल्सिएर ,
अरुको भनाइलाइ आशुमा दबाएर
पिडाहरु बिर्सदै ,
अर्कोको सेवा गरी कमाएको धनले ,
परिवार र सन्तानलाई खुशी राखी
झुपडी सम्झिएर ,
सबैसँग हासी खुसि रमाउदै ,
सुख्खा ढीडो रोटि भए पनि ,
खुसि बाडेर खाई
आनन्द मानेर सुते झैँ मान्दछन् ,
अनि भुसुक्क निदाउछन्
सपना तिमिहरुले पनि देख्दछन्
बिहान सुर्यको किरणसगै
मुस्कुराउछन्, मुस्कुराउछन् ,मुस्कुराउछन्
लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल २०१०/८/३
नमस्कार प्रिय मित्रहरु आज मैले हजुरहरुको सामु '''''सपना भनेको के हो ?? मानबीय जीबनमा कस्ता कस्ता किसिमका सपनाहरु मानिसहरुले देख्दछन् आफ्नो अनुभब अनुसार कुन चाही सपनालाई हामी ध्रुब सत्य मान्न सक्छौ मेरो लेखाइ हजुरहरुको मुल्यांकन क्रम बद्द रुपमा पस्किदै पस्किएकिछु आशाछ मेरा आदरणीय मित्रहरुको सहि मुल्यांकन हुनेछ धन्यबाद .
सपना भनेको के हो त ???
SAPANA
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment