देखि रहेछौ आज हामी
हत्या र हिम्साले बनिरहेका खाडलहरु
हटेर होइन अब
लड्नु छ डटेर देशको लागि
खोजेर समाधानका उपायहरु
किन डराउछौ लिन अधिकार आफ्नो
जोगाउनु छ देशको अस्तित्व
बचाउनु छ सार्भभौमलाई
ल्याएर परिवर्तनहरु
तर छैन सजीलो यहाँ ,
गर्नु छ परिवर्तन आफुले आफुलाई
बनाएर आफ्नो परिवार
हुन्छ उन्न्ती समाजको
बढाउनेछ त्यसले लहरहरु
गाउ गाउ र बस्तीहरुमा
बन्नेछ देश आएर परिवर्तनहरु
लिएर शिक्षा देश प्रेमको
गराउने छ परिवर्तन देशलाई
के दिएर आज सम्म ?
के छ र खै ?परिवर्तन
मात्रै देखिरहेछ
अस्तित्व हिनताका खाडलहरु
लाग्छ छैन अब औचीत्व केही
मासिरहेछन अब देश
छन कर्मठ पाखुराहरु
तर छैन गर्ने ठाउँ
गुमाइ रहेछ आज देशले
बाध्यतामा पिल्सिएर
पलायन भईरहेछन
छ।डी रहेछन आफ्नो देश
तर छैनन कमजोर यिनी
ल्याउने छन परिवर्तन भोली देश
गरेर उुद्दार आफ्नै लात हानेउ देशलाई
नदेखी भोका नाङ्गा पेटहरु
अनी रोगी दुखि र दरिद्रिहरु
छि ;क्या कहलायौ देशका लागि
अब कसरी मानुन र तिमीलाई
ल्याउछ शक्तीले परिवर्तन देशको
मासेर हिनता बोधहरुलाई
हत्या हिम्साका जडहरु
गैइरहेछ लाग्छ दुर्गतीको धरातलमा देश
जुट्नु छ अब छरिएका पाइलाहरु
बढाउन निस्चित बिन्दु तिर
तर छैन सजीलो गराउन परिवर्तन
पार गर्नुछ कठिनाईहरु
गराउनुछ परिवर्तन दुसित भाबनाहरुलाई
नहटीदेउु हे सचेत नागरिक हो
लड्नु छ अब आफ्नो लागि अनि देश
बनेर सचेत अब
फाल्नुछ अनगिन्ती बिशालु तत्वहरु
गनाइ रहेछन सडी रहेछन
गराउनु छ परिवर्तन त्यसलाई
नखाउ हरेस तिमी नगरेर हतार
हे नेपाल आमाका सन्तानहरु
एक जुट हुनुछ अब मिलाउनुछ हातहरु
अघी बढाई कदम
गराउनु छ परिवर्तनहरु
रोईरहेछ हाम्रो देश
मागिरहेछ परिवर्तनका खोजहरु
पर्खिरहेछ ,पर्खिरहेछ ,पर्खिरहेछ .......
प्रिय मित्रहरु शुद्धिकरणको लागि प्रयास गर्दा गर्दै शब्दहरु असुद्दहुन गएकोमा छ्यमा प्रार्थी छु आशा छ सचेत नागरिकहरुको लागि यस कबिताले केही हद सम्म सहयोग पुर्याउनेछ धन्यवाद ............
लेखिका ;श्रीमती सुमित्रा पौडेल 2010\7\12
गराउनुछ परिवर्तन देशलाई
hatya r himsa...
deska bal balika....
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment