लाग्दैन बिरानो मलाई मेरो देश
म टाढा भए पनि
खेलीरहन्छन मनका तरङहरु
बाध्यता र बिबशताले ल्याएको छ्यणहरुमा
लाग्दछ अध्यारो दिनहरु
हेर्छु देख्छु मात्रै समुन्द्र
लाग्छ त्यही पारी त छ मेरो देश
भुलाउछ केही समयले
घोटी रहेका इनै हातहरुलाई
खेल्छन चाहिदा नचाहिदा कुराहरु
सम्झन्छु अनि मेरो देश
बिशाल सपनाहरु बोकेर
हिडिरहेकोछ यो समय
तर म लुकिरहेछु कुनै कुनामा
छुन्छ ह्र्दय देखिको मायाले
सम्झदै त्यो मेरो देश
बितिरहेछन लाग्छ अनायासमा
कुरिरहेका तिनै दिनहरु
सम्झनाले सताउछ मलाई
सस्क्रिती भाषा र भेशहरु
हजारौ छन यहाँ गरिरहेका प्रतिछ्या
जहाँ म रमाइ रहेछु
लाग्दैन मलाई बिरानो मेरो देश
जहाँ जो जसरी भए पनि
काटी रहेछ अनेकौ खुड्किलाहरु
बाढी रहेछन मायाका भाबहरु
लाग्छ सबै आफ्नै जस्तो
अस्थिर भएको मन्लाई अढ्याउदै
सोची रहन्छ यो मन त्यसै त्यसै
यो संसारमा सुन्दर लाग्छ मेरो देश
आउन थाल्छ अगाडि
आफ्नै भुभागका चित्रहरु
लाग्दैन बिरानो मलाई मेरो देश
शहरको रमझम सबै तिर बलेका बत्तिहरु
हेर्छु आफु भन्दा बहिरका मान्छेहरु
सुन्दर सफा अनि बोलिरहेछन सिस्टतामा
सोची रहेछु ,मडारी रहेछु
मेरो मानश पटल
फर्किएर हेर्छु म मेरो देश
उब्जाउदै अनेक प्रश्नहरु
यदी ........????
दिक्क लाग्छ खेलाउदै कुराहरु
सम्झन्छु मेरो प्यारो देश
अनगिन्ती छन उब्जने भाबनाहरु
देखिरहेका सपना
देखाउछु लाग्छ भोली मेरो देशलाई
जिबनका द्रिस्यहरु
अतीतले बनाएका बाटाहरु
समुन्द्रको छ।लसगै हुत्ती रहेका यथार्थहरु
बढाई रहेछु म सागर रुपी जीबनका गहिराईहरु
किन बिर्सन्छु र म
लाग्दैन मलाई बिरानो मेरो देश
प्रिय मित्रहरु शुद्धिकरणको लागि प्रयास गर्दा गर्दै त्रुटिहरु भएकाछन त्यस्को लागि छ्यमा प्रार्थीछु ।
लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/9
लाग्दैन बिरानो मलाई मेरो देश
mero desha.......
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment