फुलेको धर्ति देख्नुछ भोलि ,सम्झना दिन सकू म !
रोहिरहनेछ आकाश पनि,धर्ति फाट्यो भने यहाँ ,
दिन पनि रात झैँ भए , कि कतै बिराएँ कहाँ !!
बाँच्नु पो कति छ र यहाँ ,दुई दिनलाई जन्मिरहेछु ,
कतै भासिन्छ कि पाइला भनि ,हिड्न म डराईरहेछु !
के थाहा !यो अन्जान संसारमा ,कसैलाई कि घोचिरहेछु ,
बादल बिना आकाश रुदैन होला ,आज तै सोचिरहे छु !!
नदुखोस् कसैका आत्माहरु ,नलागोस् चोट कहिँ कतै ,
अविरल जीवनको यात्रामा ,फुल्फुलाउन सकू जता ततै !!
आफन्तका ती नजरमा ,नदेखु म झुकेका परेलीहरु ,
भाबना साट्न सकू म सँग सँगै,साथी भाई ,संगीहरू !!
जानु त एक दिन पर्छ नै ,छाडेर आफ्नो अनि लोकलाई ,
गुन्जने उपहार दिन सकू म ,रसाउन सबका आँखाहरु !
तर खोई खोजिरहेछु बाटो यहाँ ,देश भित्र कोहि हाँसिरहेछ ,
चारै दिसाका ढोका बन्द गरी ,किन त्यो लोकमा बाँचिरहेछ !
हरेक बाटोहरु बिराई रहेछ ऊ,आफैमा उपहास बनिराहेछ ,
लोकलाई देखादै नेता बनी ,आफ्नो खाडल आफ्नै खनिरहेछ !
कतै बाटो बिराएकी लाग्छ ,बाँच्दैमा नमरु म ,,
फुलेको धर्ति देख्नुछ भोली ,सम्झना दिन सकू म !!
लेखिका ;;सुमित्रा पौडेल चितवन भरतपुर
हाल ; इजरायल २०१०/८/२६
नमस्कार प्रिय मित्रहरु सदा झैँ आज हजुरहरुको सामु ''''कतै बाटो बिराएकी म '''' कोसेली पस्किरहेकिछु कहिँ कतै रचनामा ठेस लागेमा हजुरहरुको सुझाब र प्रतिक्रिया रचनाको परिमार्जनको आधार बन्ने नै छ हजुरहरुको जो बिचार धन्यबाद /

