जिन्दगीको रहर

रहराउँदा रहराउँदै बितीसकेछ जिन्दगी ,
के भनु आज म थाकीसकेछ जिन्दगी !

नयाँ सुभाषहरु  पर्खिरहेछ   जिन्दगी ,
पोलेको रापले झैँ दुखि रहेछ जिन्दगी !

खुशीको क्षण हो तिर्सना मेट्ने जिन्दगी ,
खोजे  भौतारिदै धमिलो लाग्यो जिन्दगी !

नरहे कर्णहरु निर्मल आकाश हो जिन्दगी ,
समयको हुरीमा  पिजडा रहेछ जिन्दगी !

एक मुठी सासमा पनि आशा हुने जिन्दगी ,
केही क्षणको पनि अस्तित्व हुने जिन्दगी !

सपना  रहेछन् सबै बिपना लाग्ने जिन्दगी ,
पबित्र बाचा भए पनि तोड्ने यही जिन्दगी !

मुस्कुराई ओठ ओठै लाली चढाउने जिन्दगी ,
माया रहेछ बचाउने कस्तो रहेछ जिन्दगी !

रहरहरु पुरा गरी तृष्णा मेटाउने जिन्दगी ,
रहराउँदा रहराउँदै बितीसकेछ जिन्दगी !!!!!



लेखिका ;सुमित्रा पौडेल चितवन भरतपुर
हाल ; इजरायल २०१०/८/१६


नमस्कार प्रिय मित्रहरु आज हजुरहरु समक्ष ''जिन्दगीको रहर ''' पस्किने प्रयास गरेकोछु कमि कमजोरीहरु हजुरहरुको प्रतिक्रिया र सुझाबबाट सदा झैँ  परिमार्जित हुनेछ भन्ने आशा लिएकिछु धन्यबाद हजुरहरुको हरेक क्षण सुभ रहोस् /

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment