जीवनको यात्रा

जीवनको यात्रा कोर्दैछु आज म चित्र बनाई !
पिजडा भित्र मन जले पनि हिड्दै छु रमाई !!
असल गर्दा  परेनी बिघ्न  लडेरै मरुँला !
सङ्घर्षित जीवन् उत्रेको भाब् यात्राले भरुला !!

अध्यारो भित्र बल्लेछ दियो झल्कने बिजुली !
बिघ्न र बाधा हटाउने तेज पिढी र मझेरी !!
लम्कौदै आज जीवनको यात्रा म बढाई रहेछु !
बनको बिचमा जेलिने काडाँ म फाडी रहेछु !!

दुखको क्षण खुसीको पल यात्राले ल्याउँदछ !
जीवन रहिछ चक्रघुम्ने दिन रातले ल्याउँछ !!
प्रकृति सुन्दर गाउँ र बेशी मनमा छ तरंग !
यात्राले भर्ने जीवन्को आधार छोएनी स्पन्द !!

त्यो जन्म भुमि छाडेर ल्यायो यात्राले गगनमा !
जङ्घार तर्दै बढ्दैछन पाईला  सजाउँन सपना !!
स्वर्ग झैँ लाग्ने  रमझम देखी छितिज पारि यो !
बिल्कुलै नयाँ यात्राले पायो यो नजर भरिको !!

त्यो सानो गाउँ हाँसेको मुहार यात्राले पाएन !
झर्नाको स्वरमा रमाए जस्तो गौरव आएन !!
संसारै सारा झल्काउने दियो रैछ नी मेरो गाउँ!
पाखुरी भित्र पसिना काड्ने देखिन्न कतै ठाउँ !!

सुन्दर दृश्य  बिलासी महल त्यै  देखि रहेछु !
जीवनको यात्रा नाटकको पर्दा झैँ मानिरहेछु !!
कहाँ होला अन्त्य?यात्राको कथा कोरेर सकिन्न !
अनिश्चित लाग्यो यो जीवन कस्तो? मेटेर मेटिन्न !!




लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल २०१०/८/१५


नमस्कार प्रिय मित्रहरु जीवन यात्राको सानो टुक्रालाई  हजुरहरु समक्ष  पस्कने प्रयास गरेकिछु / हजुरहरुको प्रतिक्रिया र सुझाब  सदा झैँ अघि बढ्ने प्रेरणाको श्रोत बन्नेछ धन्यबाद /

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment