प्रेमको प्रभाब - गजल

नमस्कार प्रिय मित्रहरु आज हजुरहरुको सामु गजल ''''प्रेमको प्रभाब ''''' पस्कदैछु यो प्रयासको  भाव र शब्दको मूल्यांकन हजुरहरुमा जिम्मा दिएको छु हजुरहरुको जो बिचार /धन्यबाद

तिमी मेरो बगैचामा, काँडा बिना फुल्छु भन्थ्यौ !
यौबनका तिम्रा पुष्प फक्रि बास्ना दिन्छु भन्थ्यौ !!

 पुगेंनकि मल,जल तिम्लाई ,किन फुल्न गाह्रो भयो  ?
दुनियालाई त्यागी आफै भमरा झैँ भिल्छु भन्थ्यौ !!

कस्तो प्रीति गासेउ तिम्ले ,डोरी सरि छिन्ने जस्तो !
बाचा गरेयौ जिन्दगीमा पागल हुन दिन्न भन्थ्यौ !!

अर्कै सँग लिन्छौ  कि त, नपुगेका  तिम्रा ईच्छा !
 धड्कन एकै बनाएर एकै प्राणमा जिउँला भन्थ्यौ !!

ओलिएको बोट  अनि , बगर पनि नहोस् जीवन !
सागरको गहिराई झैँ प्रेममा आफै डुब्छु भन्यौ !!

नखोज है सुन्यतामा, झरी सक्यो फूलको पात !
जीवनको तरंगमा छाल बनि  आउँछु भन्थ्यौ !!

उडी गयो रस रंग  सबै , बास्ना अब केही छैन !
तिमी मेरो बगैचामा काँडा बिना फुल्छु भन्थ्यौ !!


लेखिका ;; सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;;इजरायल २०१०/८ /३१





  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment