नेपाली जनताको आशा माथि निम्त्याएका गन्धात्मक परीणामहरु

''गन्ध ''भन्ने बित्तिकै हामीलाई त्यसले नतमस्तक बनाउँछ /जब  हामी एउटा ताजा फुलको बास्ना लिन्छौ त्यसले हामीलाई कति प्रसन्नता दिन्छ त्यहाँ हुन्छ खुसिहरु ,मौनताका आवाजहरु र आशै आशाहरु / यही खोजिरहेकाछन्  आज नेपाली जनताहरु देख्दैनन् केही देशमा बास्नाहरु जुन बास्ना गुलाबले दिई रहेको हुन्छ / रंगीनमय सुनौलो बिहानी हिमाली गुराँस र हिम शिखरहरुका कन्चन ,मनोहर, सुन्दर दृश्यले दिईरहेका  हुन्छन्  / यिनै आशालाई कुरिरहेछन् यिनै चाहनाहरु बोकिरहेछन् नेपाली जनताहरु तर कहिल्यै फर्किएन यो आवाज कहिल्यै ठोकिएन् त्यो हिम खिखरहरुमा ,कहिल्यै आएन सुगन्ध दिने आभाषहरु /

यस्तै बिडम्बना ,पिडा र ब्यथाहरु बोकी रहेछ देशले यिनै कथाहरु दिईरहेछन् देशका नेतृत्व कर्ताहरुले /   देश र जनताको हितको लागि कसम खाएर पारिला किरणहरु छर्ने बाचाहरु बिलिन भै रहे  / बास्नादार रंगी बिरंगी फुलहरुलाई फुलाउदै  चाहना र आशालाई पुरागर्ने  ती कसम  आज नेतृत्व कर्ताहरुको स्वार्थको भुमरीमा डुबिरहेछ  देश  होड बाजीमा तडपिराहेछ /  सकात्मक सोचहरुलाई गन्ध बनाइ  नतमस्तकले  भरी रहेछ /  के अर्थ ती देशका नेतृत्व कर्ताहरुको ???के अर्थ रह्यो र नेपाली जनताको ताजा बास्नादार फूलले भरिएको ताजा मस्तिस्कको  ???  एउटा ताजा बास्नादार फुलले रोगलाई निर्मुल गराउन  सक्ने मस्तिस्कलाई दिने खोई ती  आधारहरु ? लुटी रहे आफै चुडीरहे /  नेपाली जनताहरु आशा गरिरहेछन् गन्ध  निर्मुल बनाउने उपचारका साधनहरु खोजिरहेछन् , ,मानशिक उतार चडापमा पर्खिरहेछन्  दुखि गरिबका ती नांगो र भोको पेट साथै कलम समाउन चाहिरहेका ती कोमल हातहरु /

कसलाई के थाहा ?त्यो गन्ध हो त्यो गन्ध भित्र अज्ञानता ,अहंकारले घेरिरहेकोछ / त्यस्ता खराब बिषालु गन्धलाई कसले फालिदिने ?  सुगन्धित भावनात्मक प्रेरणाहरु कसले छरिदिने ?  रास्ट्रियता र सार्भाभौम कसले जोगाइ दिने ?? आज यस्तैमा बित्दैछ हाम्रो देश अझै आशा गरी रहेछन् दुखि नेपाली जनताहरु / जिम्बेवारी काधमा राखेर प्रजातान्त्रिक प्रणाली अनुसार जनताको ईछ्या र चाहनाहरुलाई कहिल्यै प्रसन्नताले भर्न सकेनन् निम्त्याई रहे गन्धत्मक परिणामहरु यस्तै बोकिरहेछ  देशले बिडम्बना र यथार्थहरु /

जुन बेला सम्म नेपाली जनताको भावनालाई बुझेर भौतिक समरचना हुन सक्दैन त्यति बेलासम्म ती बास्नादार फुलहरु  ओईरहनेछन् ,हिम शिखारका गुराँसहरु झोक्रिरहनेछन् , प्राकृतिक सौदर्यताहरु उजाड भैरहनेछन् अन्ध बिस्वास सामाजिक बिकृतिले मानबिय जीबनलाई असर पारि नै रहनेछ /  यस्तो अहङ्कार , अहंता र  घर भित्रको होडबाजीले आफैलाई दुर्लभ बनाउछ भन्ने थाह हुदा हुदै पनि किन ?  आज एकता र समानताको भाब उब्जेको छैन  किन ?बेचिरहेछन् आफ्ना स्वाभिमानहरु किन ? डगाई रहेछन् देशको अस्तित्वलाई  नेतृत्व कर्ताहरुले /  जनताको आशा र  स्वाधीनतालाई कुल्चिएर निम्त्याई रहेछन् गंधात्मक दुस्परिणामहरु   तै पनि  आज नेपाली जनता यही भनिरहेछन् अफालिदेउ गन्धहरू ,स्वाधिनतामा बाच्न देऊ बलोस् शान्तिको दियो यही मागी रहेछन् अनि आशा गरिरहेछन् अझै कुरिरहेछन् //////////////

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment