के भयो ?आज पवित्र भुमि,
त्यो रोहिरहेछ ,
हे ! बीर देशका तिमी कहाँ गयौ ?
देश आफै खोजिरहेछ !
बचाऊ आफ्नो बीर गाथा ,
खुकुरी लिएर हातमा ,
गुमिरहेछ देश आज ,
कुल्चदै ईतिहासमा !
गाइरहेछन् तिम्रो गाथा ,
दिन उपहार होइन उपहासमा !
उठ, जाग अब बीर तिमी ,
बिलम्ब भईरहेछ !
भिड्नै पर्दो रहेछ आफ्नै देश महाँ
देश कै बिषले खोजिरहेछ !
हेर सगरमाथा कति गम्भीर छ आज ,
ती पाखा पखेरीहरु पर्खिरहेछन् !
गाउने गित सल्ला घारीको
ती आफै भनिरहेछन् !
गुराँसको फुलसँगै रमाउने डाँफे र मुनालहरु
आज ती झोक्रिरहेछन् !
हे ! बीर देशका तिमी, कहाँ गयौ ?
तिमीलाई नै खोजिरहेछन् !
मेटिदैछन् तिम्रा निशानीहरु ,
मुस्कान छैन आज कतै !
खेलिरहेछन् रास्ट्रियतामा ,
ज्योतिको पथ हराई रहेछ जता ततै !
उम्रेको फूलको बोट पनि ,
अज्ञानले भाँचिरहेछन् !
लडिरहेरहेछन् आफ्नै स्वार्थ महाँ ,
देशको गौरबलाई मासिराहेछन् !
दिएर चोट जनतालाई ,
आफै बनिरहेछन् !
के भयो ?आज पवित्र भुमि ,
त्यो रोईरहेछ !
हे ! बीर देशका तिमी ,कहाँ गयौ ?
बुझिदेउ देशले के मागिरहेछ ?
तिम्रो मातृभूमि तिमीलाई नै खोजिरहेछ !!!!!!!!!
लेखिका ;सुमित्रा पौडेल चितवन भरतपुर
हाल; इजरायल २०१०/८/१९
नमस्कार प्रिय मित्रहरु आज हजुरहरुको सामु राष्ट्र र राष्ट्रियतालाई जगेर्ना गर्ने सन्देश पस्किने प्रयास गरेकी छु / हजुरहरुको अमुल्य सुझाब र प्रतिक्रिया नै सदा झैँ कलम अगाडी बढ्ने प्रेरणाको श्रोत बन्नेछ धन्यबाद हजुरहरुको हरेक क्षण शुभ रहोस् /


त्यो रोहिरहेछ ,
हे ! बीर देशका तिमी कहाँ गयौ ?
देश आफै खोजिरहेछ !
बचाऊ आफ्नो बीर गाथा ,
खुकुरी लिएर हातमा ,
गुमिरहेछ देश आज ,
कुल्चदै ईतिहासमा !
गाइरहेछन् तिम्रो गाथा ,
दिन उपहार होइन उपहासमा !
उठ, जाग अब बीर तिमी ,
बिलम्ब भईरहेछ !
भिड्नै पर्दो रहेछ आफ्नै देश महाँ
देश कै बिषले खोजिरहेछ !
हेर सगरमाथा कति गम्भीर छ आज ,
ती पाखा पखेरीहरु पर्खिरहेछन् !
गाउने गित सल्ला घारीको
ती आफै भनिरहेछन् !
गुराँसको फुलसँगै रमाउने डाँफे र मुनालहरु
आज ती झोक्रिरहेछन् !
हे ! बीर देशका तिमी, कहाँ गयौ ?
तिमीलाई नै खोजिरहेछन् !
मेटिदैछन् तिम्रा निशानीहरु ,
मुस्कान छैन आज कतै !
खेलिरहेछन् रास्ट्रियतामा ,
ज्योतिको पथ हराई रहेछ जता ततै !
उम्रेको फूलको बोट पनि ,
अज्ञानले भाँचिरहेछन् !
लडिरहेरहेछन् आफ्नै स्वार्थ महाँ ,
देशको गौरबलाई मासिराहेछन् !
दिएर चोट जनतालाई ,
आफै बनिरहेछन् !
के भयो ?आज पवित्र भुमि ,
त्यो रोईरहेछ !
हे ! बीर देशका तिमी ,कहाँ गयौ ?
बुझिदेउ देशले के मागिरहेछ ?
तिम्रो मातृभूमि तिमीलाई नै खोजिरहेछ !!!!!!!!!
लेखिका ;सुमित्रा पौडेल चितवन भरतपुर
हाल; इजरायल २०१०/८/१९
नमस्कार प्रिय मित्रहरु आज हजुरहरुको सामु राष्ट्र र राष्ट्रियतालाई जगेर्ना गर्ने सन्देश पस्किने प्रयास गरेकी छु / हजुरहरुको अमुल्य सुझाब र प्रतिक्रिया नै सदा झैँ कलम अगाडी बढ्ने प्रेरणाको श्रोत बन्नेछ धन्यबाद हजुरहरुको हरेक क्षण शुभ रहोस् /


0 comments:
Post a Comment