हे मेरा संगी ! सम्झियो देश यो छाती चिरिन्छ !
भत्केको देख्दा ती सबै पर्खाल झन् आखाँ भरिन्छ !!
बुद्धको पथ झल्केको देश अहिंसा निम्त्याएउ !
शान्ति र धर्म ,प्रेमको गाथा माटोमा मिलाएउ !!
हे देशका श्रेष्ठा ती तिम्रा बोलि गोली भो देशलाई !
ज्योतिको स्वरुप मासेर सबै फालेउ नी त्यसलाई !!
टिप्नथे जनता फुलेको फुल त्यो आफ्नै बारीमा !
स्वार्थले घेर्यो बनायौ देश कल्पना पारीमा !!!!!!
आशाको जरा कतै पो छ कि? अध्यारो कुनामा !
लाखौको पाईला खोज्दैछ पथ अध्यारो जुनमा !!
चाहना थिए ति घाऊ बने नजलाउ मुटुलाई !
टोलाउँछन् आँखा सम्झिदा देश नमास फुललाई !!
शहरका नाली भारीए त्यसै फोगरले दुषित भो !
हावामा छैन सुगन्धित कर्ण उदाषी जीवन यो !!
हिमालका बुटी बिचित्र थिए सुके झैँ लाग्दछ !
कोईलीको भाका दुर्लभ भयो त्यो कतै भाग्दैछ !!
भोटका भोटे तराई झर्थे सुहाउँथ्यो कसरी !
छत्तीस थरि फुलेको फुल मासेयौ नि यसरी !!
सुन फल्ने खेत ति बाझै रहे पौरखी खोज्दैछ !
ति नेता आगो हातमा लि देशलाई मास्दैछन्!!
त्यो हाम्रो देश स्वर्ग झैँ बनोस् संसारलाई चिनाउन !
मुस्कान मेट्ने दुश्मन देशका जाउँन बिष पिलाउँन !!
हे मेरा संगी ! सम्झियो दश यो छाती चिरिन्छ !
भत्के देख्दा ति सबै पर्खाल झन् आँखा भरिन्छ !!
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;; इजरायल २०१०/९/१
नमस्कार प्रिय मित्रहरु देश प्रति समर्पित यो '''सम्झिए देश ''''' यो कबिता हजुरहरु समक्ष पस्किने प्रयास गरेकिछु /गल्ति भएमा क्षमा माग्दै गहन प्रतिक्रिया र सुझाबको अपेक्षा राख्दछु ,हजुरहरुको जो बिचार धन्यबाद /
सम्झिए देश
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment