जागौ न साथी भाई

साराको ब्यथा कोर्दैछु आज यो कलम समाई ,
सम्झना आयो स्वदेसमा सेवा गरेको रमाई !!

सपना मात्रै रहन्न कहिल्यै पौरखी पाखुरा ,
रोएको दिल हँसाउँन सके पलाउँछ आँकुरा !!

कलीला हात् समाउने कलम् खानु नै छैन केही ,
सेवा हो ठुलो अमर बन्ने कुर्ची नै होइन त्यही !!

विरको देश चिनाए पुर्खा माटोमा मिलाए ,
गरिबी बढ्यो बाल र बच्चा ती रुदै कराए !!

कसरी लगाऊ ती घाऊमा मलम चराई रहेछ ,
बगैचा भित्र फलेनन् फल माली के भएछन !!

हृदय भित्र लुकेको इच्छा बिलाउने हो कि त ?
कलिला मुना देशका सबैओइलाउने भो कि त ?

शक्तिको ज्वाला राक्षसी राज काहाँ गई रोकिन्छ ,
वनको काडाँ फाडौ आज सुन्दर फुल रोपिन्छ !!

त्यो आफ्नै देश झुपडी राम्रो झल्किन्छ झल्लझल ,
नबिर्स प्यारा साथी र सङ्गी खेलेको पल्पली !!

डढेलो लाए सुन्दर देशमा अस्तित्व मेट्नलाई ,
सक्तिका हात मिलाउन अब जागौ न साथी भाई !!



लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल २०१०/८/९



  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment