कोपीला फुल फुल्यो कि आज त्यो मेरो गाउँमा,
नबगी जाओस् पखाली सबै जे थियो नाउँमा !!
पौरखी हातका बन्ध भो ढोका बढेर त्यो ऋण ,
भएन आधार देश हेरी बस्नु बोकेर त्यो घिन !!
चन्चल मन सम्झन थाल्यो क्षितिज पारीलाई ,
देखाउनु थियो पौरखी बनी ती जोरी पारीलाई !!
जन्मेको देशमा के गरी खानु मात्रै भो तुयालो ,
अशान्ति छायो बुझ्ने को देशमा पीडाका सँगालो !!
पिडा र ब्यथा झन् बढ्दै गयो स्वदेशमा बेसरी ,
स्वार्थले घेर्यो नेताको भाब के भनु ? कसरी !!
होलीमा मोले कुर्चीको खेल्मा जन्ताको व्यथालाई ,
फुल माला पैरी दिएको जिम्मा रुवाए देशलाई !!
देख्दैछु आज नेपानी जनता बिछोडमा रोहेछन ,
मै मात्रै होइन यो पिडा बोक्ने करोडौ भएछन् !!
जाग न जाग हे साथि भाई बचाउन देशलाई ,
करोडौ हातले फालौन् बिष त्यो शान्ति ल्याउनलाई !!
लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०१०/८/६
नमस्कार प्रिय मित्रहरु सदा झैँ हजुरहरु समक्ष सानो रचना पस्किने प्रयास गरेकिछु हजुरहरुको प्रतिक्रिया र सुझाबले यसलाई माझ्ने काम गर्दै मेरो कलमलाई अगाडी बढ्ने प्रेरणा अबस्य मिल्नेछ भन्ने आशा लिएकीछु हजुरहरुको जो बिचार धन्यबाद



0 comments:
Post a Comment