एकान्त भित्र बिरह चल्यो आँखा नै टोलायो ,
चिन्ताले खायो निदरी रातको उज्यालो गरायो !!
आँशुमा भिज्छ त्यो स्वर पनि मुटुलाई जलाउदै ,
सम्झन्छु माया फक्रेको फुल झैँ हृदय भुलाउदै !!
सपनी भित्र खेलेको खेलमा लगार्छ प्यारले ,
चाँदीको लहर मिठोछ मुस्कान् चिन्दै छु स्वरले !!
उघ्रन्छन् आखाँ बिपना खुल्छ देख्दिन केही पनि ,
देख्दछु मुस्कान सुर्यको किरण सीतल पवानी !!
चुनौतीसँग जुद्द्दै छु आज त्यै मिठो आनन्द ,
दु;ख र सुख मिसेको रस प्राकृतिक प्रबन्ध !!
झर्नाले गाउँछ त्यो मिठो गित ठोकिदै चट्टान ,
बग्दछिन नदि निर्मल लहर सितल पवन !!
प्रेमको हिरा नाफात्ने कहिल्यै नबन्ने खरानी ,
यही दियो देशले निर्दोषी पिडा खप्नु नै परानी !!
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल २०१०/८/८
नमस्कार प्रिय मित्रहरु सदा झैँ जानी नजानी हजुरहरु समक्ष सानो भाबना पस्किने जमर्को गरेकिछु आशा छ हजुरहरुको प्रतिक्रिया र सुझाबले यसलाई माझ्ने काम गर्नेछ सब्द रचना र सुद्दिकरणमा प्रयासको बाबजुत पनि गल्ति हुन गएमा क्षमा प्रार्थीछु हजुरहरुको प्रतिक्रिया र सुझाब नै सफलताको आधार मानेकिछु धन्यावद /


0 comments:
Post a Comment