पिजडा

पिजडाको चरी पनि हाँसी बोल्छ केही छिन ,
मुस्कुराहट देखे पनि सुखी बन्छ दुखि दिन !!

मर्दा लानु के नै छ र ?दुई दिनको जिन्दगीमा ,
पिजडामा भए पनि हासी बोल्देऊ एकै छिन !!

नझारिदेउ आशु तिम्रा हेरी देऊ संसारलाई ,
नपारिदेउ बन्धनमा काडे तारको बार लगाई !!

बाँच्न सकौ हाँसी हाँसी सँग सगै रमाएर ,
यही मायाको संसारमा हिडौ हात समाएर !!

उम्किजाला एक दिन पिजडाको चरी पनि ,
निर्मल् बन्छ बादल् हटी जिन्दगीका पाना अनि !!

फूल फुल्छन् काडा बिना मिठो रस भरि दिन्छ ,
बाच्न सिकौ सधै हाँसी सपना सकार पारि दिन्छ !!


लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल २०१०/८/५

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

आजको नेपालको अबस्था र नेपाली जनताको अभिलाषा

नेपालमा पन्चायती ब्यबस्थालाई नेपाली जनताले निरन्कुस र तानासाही सम्झदै प्रजातन्त्र प्राप्तिका लागि त्याग र बलिदानका साथ २० ओै बर्ष अगाडि गरेको संर्घसले स्थापित प्रजातन्त्रलाई स्थापित त गरायो तर नयाँ उमङ र अभिलाषाहरु बोकेर आएको प्रजातन्त्रलाई नेपालका राजनीतिक हिम्सिखरहरुले नेपाली जनताको लागि अभिसाप बनाए । सुख सान्ती र सम्ब्रीद्धीको कामना गर्दै समाजअका कमी कमजोरी ,बिक्रिती र बिसंगतिहरुलाई निर्मुलबनाएर जनताको इच्छ। र चाहना अनुरुप बाँच्न पाउने अधिकारलाई दिनानु दिन उम्रदै गएको पार्टिका नेताहरुले प्रजातन्त्रको मेरुदण्डलाई कुल्चिएर आ-आफ्नै सुख भोग र होडबाजिमा नेपाली जनताको आखामा छ।रो हाल्ने काम गरे ।

बर्षउ अघी देखी सान्तिको चाहना गरिरहेका सोझा नेपालीहरु देशका सारथिहरुको भूमिकालाई हेरी रहे तर आफ्नो भुल र अपराधअहरु नेपाली जनताका लागि घातक बन्नेछ भन्ने कुरा उनिहरुले कहिलै मह्सुस गरेन्नन । सान्ती र सम्ब्रिद्धैको कामना गर्दै बर्षउ देखी आसा गरी रहेका देशबासीहरु माथि निस्चित गन्तब्य दिने भूमिका निर्बाह गर्न नसक्नु आज देशका सारथीहरुको हेलच्याक्राई र जनता प्रतिको द्रीढ सङकल्पलाई नाघी ईमन्दारिता प्रती गम्भिरता नभएको भन्ने नेपाली जनताले स्पस्ट बुझ्न सके ।

जती बर्ष हरु बित्दै गए उपेछित प्रजातन्त्रका अभिलाषाहरु जनताका ईच्छ। र चाहना मात्रैमा सिमित रहे । यसरी बन्चित भएका नेपालीहरु निरासिदै आज बिकल्पहरु खोजी रहेकाछन । जती नब बसन्तहरु पार भएता पनि हरेक पलहरुमा जन कहाली लाग्दो निरासाका बादलहरु थपिदै गए । देसका सरथिहरुको दायित्व र उनिहरुको काधमा आई परेको मुलुकको समस्याहरु र देसलाई निस्चित गन्तब्यमा पुर्याउने अठोट जनताको अगाडि राखे पनि गम्भिर भएर आफ्ना इमन्दारिता र स्वाभिमानलाई झुटो आश्वासनमा जनताहरुलाई रुमालयाउने काम मात्रै गरे । यो सोझा नेपालीको लागि अभिसाप बन्दै गयो ।

देस भित्र गर्नु पर्ने जनताको इच्छ। र चाहना अनुसारअको संबिधान निर्माण गरी बर्सौ अघी देखी नेपाली समाजमा बिध्धमान रहेको शोषण उट्पिडन ,सामन्तबाद, बिसमता र अन्य कुरितिहरुको अन्त्यगरी समुन्नत नेपालको निर्माण गर्ने बाचा हरेक बर्ष गरे पनि बेबहारमा लागु नहुनाले नेपाल र नेपालीको स्वाभिमान अन्तरराष्ट्रिय छेत्रमा गिर्दै गैरहेको छ । राजनीतिक पाट्रीका नेताहरुको बैमनुस्याता र खिचातानिले आबध्ध हुन नसकी जनता माथि सफल र विश्वाशअको घेरालाई भित्र पार्न सकेनन त्यसको सट्टा देस दिनानु दिन उजागर बन्दै गयो ।

अब नेपाली जनताहरु यस्ता देशका अबिसापहरुलाई परास्त गर्दै शहमतिका हुँदै आत्मा साथ गर्नु पर्ने आजको आबस्यता देशको अगाडि तड्कारोको रुपमा आएकोछ । देस भित्रका यस्ता कमजोरी हरुले एतिहासिक तथा युगान्तकारी उपल्ब्धिहरुलाई अन्तरराष्ट्रिय सक्तिहरु जाल्खेलका साथ कमजोरी पन माथि फाईदा उठाउनु स्वाभाबिक हो । यस्ता कुराहरुलाई गम्भिरता पूर्वक मनन नगरने हो भने भोलिको अवस्थाको बारेमा ''नया नेपालको सिर्जना ''नाम मात्रै हुनेछ ।

हरेक छेत्रबाट जनताको बाँच्न पाउने अधिकार को बन्चित ,अराजकता र दण्ड हिनताको जुन भयानक रुप देसले लिरहेको छ यसबाट नेपाली जनतालाई मुक्ती दिदै सर्भाधिकारको हित्को लागि कदम चालिनु र मुलुकको लोक प्रजातान्त्रिक प्रकृयामा गतिसिल तुल्याउदै रास्त्रिय तथा अन्तरास्तिर्य उत्साह बर्द्घक दृष्टिलाई उपेछित गराउनु आजको आबस्यता बनेकोछ । यस्तो चुनौती पूर्ण घडीमा अद्भभुद कार्य गरी आम जनताको र्हिदयमा सान्तिको अनुभुती गर्ने अर्थपुण कार्यको घोषणा भई नेपालको अराजक्तालाई अन्त गर्दै नेपाली जनताले गुमाएका अधिकारअहरु र सान्तिको अभिलाषा पुरा गर्ने स्वाणैम आबसर प्राप्त होस् यही शुभकामनाका साथ बर्षउ अघी देखिको आसा पलाउला या नपलाउला ????? ?? नेपाली जनताले पर्खिरहेका स्वाणैम युगलाई उपभोग गर्न पाउलान नपाउलान ????????????यस्तै छत्र छायामा बसिरहेका छन नेपालीहरु ,अझै पनि बोकिरहेका छन आसा र अभिलाषाहरु .................................. र यो देशको चर्को रुपले कस्तो मोड लेला ???????????????यिनै धेरै धेरै प्रश्नबाचाक चिन्नहरु खडा भाईरहेका छन आज हामी सबैका लागि ,नेपाली जनताका लागि .................??????????/?...................../////////


नेपाल..

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

सपना भनेको के हो त ???

पैसाको सिरानी बनाएर ,
पैसा कै सिरक ओडी ,
हातमा हटकडी झैँ ,
सुनको ब्रासलेट ,
गलामा गहकिलो हार झैँ ,
सिक्री पहेलपुर भएर ,
सुन्दर महलको विलासितामा डुबेर ,
रक्सी र माशुका कबाफ खाएर ,
सुत्छन् र भुसुक्क निदाऊछन् ,

के सपना तिनीहरुले मात्र देख्छन् ??????????????????????????????????????????????????????????????????????????????

के सपना यो हो त ???

अर्काको लोग्ने वा स्वास्नीलाई
केही क्षणको मायामा भुलाउदै ,
आफ्नो अस्तित्वलाई बेचेर ,
मिठो सपनाको संसारमा पसी ,
ताजमहल बनाएर ,
सुत्न चाहन्छन् ,

बिहानीको सुर्यको किरणँ सगै ,
आखाँ खोली हेर्दा ,
लज्जात्मक तरिकाले शिर निहुराई ,
हिडन बाध्य हुन्छन् र ,
आफ्नो जीबनलाई
नर्क तिर धकेली ,
कुकर्म गरिरहेका हुन्छन्,

के त्यो सपना हुन सक्छ त??????????????????????????????????????????????????????

हजुरहरुको बिचारमा सपना भनेको यो हो कि ???

जो दिन भरी भारी बोकेर ,
ठेल गाडी ठेलेर ,
बगर माटो सगै
कोदालोले खेरेर ,
शरीरबाट रगतका धारा झैँ
पसिना बगाई ,
गाई बस्तुसंगै खेल्दै ,
काधमा हलो र कोदालो ,
टाउकोमा घासको भारी राख्दै ,
थकित हुदै ,
पार्टी पौवा अनि रुखको फेदीमा ,
भारी बिसाउदै ,
सितल छाहरिको आनन्द लिएर ,
सुस्केरा हाल्दै ,
आफ्नो हातको सिरानी बनाइ ,
आनन्दले सुत्छन् र
भुसुक्क निदाउ छन्
सपना तिनीहरुले पनि देख्दछन्,

के सपना भनेको त्यही हो त ???????????????????????????????????????????????????????????

सपना यही हो कि त ???

जुन आफ्नो मर्यादा र
छबिलाइ कायम राखी ,
कठोर परिश्रम गरी ,
अनेक दुख कस्टहरुमा पिल्सिएर ,
अरुको भनाइलाइ आशुमा दबाएर
पिडाहरु बिर्सदै ,
अर्कोको सेवा गरी कमाएको धनले ,
परिवार र सन्तानलाई खुशी राखी
झुपडी सम्झिएर ,
सबैसँग हासी खुसि रमाउदै ,
सुख्खा ढीडो रोटि भए पनि ,
खुसि बाडेर खाई
आनन्द मानेर सुते झैँ मान्दछन् ,
अनि भुसुक्क निदाउछन्

सपना तिमिहरुले पनि देख्दछन्
बिहान सुर्यको किरणसगै
मुस्कुराउछन्, मुस्कुराउछन् ,मुस्कुराउछन्


लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल २०१०/८/३



नमस्कार प्रिय मित्रहरु आज मैले हजुरहरुको सामु '''''सपना भनेको के हो ?? मानबीय जीबनमा कस्ता कस्ता किसिमका सपनाहरु मानिसहरुले देख्दछन् आफ्नो अनुभब अनुसार कुन चाही सपनालाई हामी ध्रुब सत्य मान्न सक्छौ मेरो लेखाइ हजुरहरुको मुल्यांकन क्रम बद्द रुपमा पस्किदै पस्किएकिछु आशाछ मेरा आदरणीय मित्रहरुको सहि मुल्यांकन हुनेछ धन्यबाद .

SAPANA

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

तिमी टाढा भए पनि

तिमी टाढा भए पनि ,नाता हाम्रो टुट्ने छैन
आत्मा एउटै गरी छाडेऊ,काडाँ बनी घोच्ने छैन !

जीबनको कालो बादल ,त्यै प्रेमले फाल्ने रैछ
रोपी गोडे हुर्काएको ,राम्रो फल फल्ने रै छ !

छटपदिदा यो मन सारै, तिम्रै तस्बीर हेरिरन्छु
आशु बग्छ आखाँबाट, निर्मल प्रेम सम्झिरन्छु !

नाओलाऊन तिम्रा नयन ,मुस्कान तिम्रा छरीदिन्छु
कर्के आखाँ नहोस् कतै ,चोखो प्रितले भरीदिन्छु !

दुई बाटोको संगममा ,मिलन हुन्छ मिठो झन
चल्छ हावा सीतलाताको ,हुन्न त्यहाँ केही कण !

रिस राग उठ्ने छैन, यी मन पापी भए पनि
आत्माको छ मिलन मिठो ,शरीर टाढा गए पनि !

भाबुकतामा डुबिरहन्छु ,सम्झिएर सागर सरी
बिस्वास नै सफलता हो ,चोखो प्रित जीबन भरी !!!!!



नमस्कार प्रिय मित्रहरु यो गजल भयो कि ? गीत भयो त्यो हजुरहरुको मूल्यांकन हुनेछ हजुरको प्रतिक्रिया र सुझाब नै मेरो सफलता हुनेछ ,सब्द र भाषामा त्रुटि हुन गएमा क्षमा प्रार्थी छु धन्यबाद .

लेखिका ;श्रीमती सुमित्रा पौडेल चितवन भरतपुर
हाल ;इजरायल २०१०/८/२


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

''त्यही कुर्चीलाइ सम्झन्छु दिनको रात''(पक्ष,बिपक्ष र जनता बिचको दोहोरी)

हेहेहेहे ,थाहै छ नी काहाँबाट उम्रेको , गर्थेउ शिकार निर्दोषी जनताको ,
लिएछौ भारत साथ्
त्यही कुर्चीलाइ सम्झन्छौ दिनको रात ,
नेपाल्लाई पार्छौ झलल
देखाउनेछौ जनतालाई भोली
तिम्लाई के होला
देऊ हाम्लाइ साथ
त्यही कुर्चीलाई सम्झन्छौ दिनको रात
चाहिन्छ नी भारत
मिलाउनलाइ हात......

हेहेहेह ,नभन है उम्रेको मलाइ ,शक्ति मेरो एउटै छ ढाल्नलाई ,
गोली गठ्ठा ती,
डराउछन जनता हाम्लाइ देखे यी ,
के को भारत ,
त्यही कुर्ची सम्झन्छौ दिनको रात ,
सक्ति भर त
नेपाल्लाई पार्छौ झलल
देखाउनु छ तिमीलाई भोली
तर ,
तिम्रै भर छ ,
के को भारत ,
सक्ति मेरै छ
आऊ मिलाउ मेरो हात
कस्को डर छ .........?

हेहेहेहे ,के को बिस्वास छ तिम्रो जनतालाई ?
छ तिम्रो जनतालाई ,
डढाई सक्यौ जे थियो खोसी खाई ,
तिम्लाई के सत्ता
धन्न पाएछौ यही भत्ता ,
हामी छौ पो र ,
लिन्छौ भारत साथ ,
त्यही कुर्चीलाई सम्झन्छौ दिन रात
नेपाल् पार्छौं झलल ,
फर्काउछौ बिकाश नभै निरास
देऊ जनता साथ ,
जोगाउछौ रास्ट्रियता
समाऊ हाम्रो हात ..........

हेहेहेहे ,भ्रस्ट्राचार शोषण बढाएयौ
आफ्नै भरेउ जनतालाइ झुलाएयौ ,देश डढाएयौ
राजस्व उठाउदै भत्ता त्यही खायौ
बिचारा जनता तिनलाइ के थाहा र ?
दिए मैले भाषण मान्छन आधार
लिऊला भारत साथ ,
गर्नलाई तिम्रो माथ,
नेपाल् पार्छौ झलल ,
त्यही कुर्चीलाई सम्झन्छौ दिनको रात.....
गर्दैनौ नी घात,
हत्या र अपहरणको खोज्छु मैले हात
देखाउछौ तिमीलाई ,
भोली हेरत ,
देऊ सबले साथ ,
हसौछौ जनता ,शान्ति देरत ........

हेहेहेहे ,लौ लौ हेरौ त ?
निकाल्छौ मुखबाट २
ब्यबहार गर त ?
देख्दैमा डराऊनेछन जनता हेर त ,
किन सत्ता दुई दिनको रजाई ,
जाउला जेलमा पाऊला नी सजायँ ,
के को झलमल ,
पार्नेछौ अझै देश मात्रै खलबल ,
छाडदेऊ खुसीले ,
दिदैंन तिम्लाइ केही मात्रै कुर्चीले ,
देऊ बोरु साथ ,
त्यही कुर्चीलाइ सम्झन्छु दिनको रात ,
मिलाउ सबले हात ,
गरी बिकाश खुलाउछौ रोजगारी
गर्छौ तिमीलाई माथ .......

हेहेहेहे ,अब भन नेपाली जनता २
एउटै ड्याङ्गका मुला हुन् हुन त
हाम्लाई के भो र ..
भन्छन मुखले गर्दछन आफ्नो काम
जो जाऊ सत्तामा ,
समाउछन त्यही कुर्ची ,
गर्ने त्यही हो र ..
तर ,जनता सोझा छन,
डुब्छकि देश भन्दै शान्ति खोज्याछन ,
कस्ले बुझ्ने हो ,
जनताको अधिकार हनन हुने भो ,
दिदैनौ संबिधान के को लोकतन्त्र ,
बुझ्दैछन् जनताले रहिछ सडयन्त्र ,
किन भारत ??
मिलेर देशका नेता गरी हेर त ,
लिदै जनता साथ ,
गर्नेछ भारतलाई हाम्रो देशले माथ
कुर्ची मात्रै नसम्झ दिन रात ,
हुन्छौ सफल ,
फाल्नलाई स्वार्थ सबले गर कबल
भोली हेर त ,
बिस्वमा चिनिनेछ नेपाल सबल >


नमस्कार प्रिय मित्रहरु सदा झैँ हजुरहरु समक्ष आज भिन्नै किसिमको देशको यथार्थ चित्रणको दोहोरी पस्किने जमर्को गरेकिछु आशा छ मेरो मनको बह भए पनि हजुरको भाबनासँग मेल खाने छ भन्ने बिस्वाश लिएकिछु कथम कदाचित गल्ति महसुस भएमा क्षमा प्रार्थी छु हजुरहरुको जो बिचार ,धन्यबाद

लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०१० /८ /१






देशका नेता
नपाली जनता

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

उर्लिएका भाबनाहरु

बित्दैछन दिन अभ्रख बनी त्यो रात कठोर ।
हुँदैछन पार जङघार जस्ता यी दिन अघोर ।।
कोही छैन सुन्ने मुटुको पिडा आँखाले बोल्दछ ।
थपीने फेरी बज्र र बाण आशु मै घोल्दछ ।।।

ईश्वर सम्झी पबीत्र भाब म देखाइ रहेछु ।।।।
ती थाम्नु कती मनका बह त्यै पीइ रहेछु ।।
हातमा लाग्ने मल र मुत्र बासना सम्झेर ।
त्यो छुद्र वचन् घोच्दछ मुटु त्यै आँफै रन्केर।

मानिसको भित्री ढुङ्गाको दिल देख्ने छन ईश्वर ।
परदेशी जीबन कठोर यात्रा त्यो बुझ्ने को छ र ?
नमानी डर साहसको साथ मन बुझाई बस्नुछ ।
अध्यारो हुन्न सधैं यो दिन पाखुरी धस्नुछ ।।।।

सुनका माला प्रसस्तै मिल्थ्यो त्यै आफ्नै देशमा ।
ईछ्याले होईन लगार्यो देशले आशुको बर्षामा ।।।।
साहुको साथ ब्यापारको हात गरेको परिस्रम ।।।।
बिलीन भयो स्वदेशको सपना खेरागो त्यो श्रम ।

लाखौंको पिडा एउटैले कहन्छ सङ्लेको सङ्गालो ।
तस्बीर खिच्छु यही मन भित्र नगरि बियालो ।।।
आशिश देलीन ती मातृभूमी सन्तान बचाउन ।।
सिर्जना बोकी फर्कौला भोली आफ्नै देश बनाउन ।

आगोको ज्वालो उठे झै लाग्छ डडेलो लाग्छ की ?
फर्कन देउु स्वदेश मै भोली त्यो भाग्य जग्छ की ?
के भनु आज कुर्दैछु दिन त्यो मेरो देशलाई ।।।।।
त्यो दैब होइन खेल होइन भाग्य भन्दैछु नेतालाई ।


लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/28


नमस्कार प्रिय मित्रहरु सदा झै हजुरहरु समछ्य सानो कोसेली पस्कने जमर्को गरेकिछु हजुरहरुको सुझाब र प्रतिकृया नै मेरो कलमको बलियो आधार हुनेछ । क्रमस सुधार पट्टी ध्यान दिने नै छु आशाछ एक दिन मेरा कलमले सफलता प्राप्त गर्नेछ धन्यवाद ।


in my work......
our Group.

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

संसारमा एउटै होला यस्तो हाम्रो देश नेपाल (part - 1)

यस्तैछ हाम्रो देश नेपाल
अनेकताको लहरहरु
लड्छन भिड्छन मात्रै पदको लागि
संसारमा एउटै होकी जस्तो लाग्छ हाम्रो देश नेपाल ।

आई चुनाव मैदानमा नेताहरु
जब पाउदैनन स्थान त्यो
हुन्छन तिनै प्रधान मन्त्री भोली
कस्तो होला यो हाम्रो देश ?
संसारमा एउटैछ जस्तो लाग्छ हाम्रो देश नेपाल ।

के भनु खै ?
भन्न लाज लाग्छ देशलाई
उम्रिरहेछन अनेक पार्टिहरु
जुन बोकिरहेछ जनतालाई
भ्रस्टाचारको अभियोग बोक्छ त्यसले
कस्तो होला नियम देशको ?
संसारमा एउटै होकी लाग्छ हाम्रो देश नेपाल ।

हजारौ छन खोला नालाहरु
प्रकृतिमा सुन्दरछ नेपाल
हरिया फाटहरु उर्बरा भुमिछ देश
खै के दिरहेछ देशलाई ?
तिनै बेरोजगारिको उपहारहरु
अनि जता ततै अन्धकार
यस्तै छ हाम्रो देश
संसारमा एउटै होकी लाग्छ हाम्रो देश नेपाल ।

कती खेल्छौ कुस्ती तिमीहरु
त्यही कूर्चीको खेल महा
भिड्छन एउटै पार्टी भित्र
खोज्छन फेरी ठुलो पद तिनै
कस्तो होला यो राजनैतीक छि ;
संसारमा एउटै होला यस्तो हाम्रो देश नेपाल

लुकेर आफ्नो अस्तित्व जमाइ
गोली गट्ठाले गरेउ कब्जाहरु
खोज्दै छौ आज उत्रिएर
भिड्दैछौ महान हुँ भनी
त्यही पदको लागि तिमी
कस्तो होला हाम्रो देश ?
संसारमा एउटै होला यस्तो हाम्रो देश नेपाल ........
क्रमश ........



लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/27



नमस्कार प्रिय मित्रहरु सदा झै आज पनि हजुरहरुको समु देशको जल्दो बल्दो यथार्थलाई समेट्ने प्रयास गरेकोछु यो तितो सत्यलाई साहस र जोसमा पारीणत गर्नलाई हजुरहरुको प्रतिक्रिया र सुझाबले महत्व पूर्ण भूमिका खेल्नेछ लेखाइ र शब्दका त्रुटीहरुका लागि छ्यमा प्रार्थै।छु । आसाछ हजुरहरुको प्रतिकृया र सुझाब मेरो कलमको सफलताको आधार बन्नेछ (लामो रचना हुने भएको हुँदा यसलाई भाग १ मा प्रस्तुत गरेकोछु )धन्यबाद ।


nepal....................

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

जिन्दगी

उदाउदो किरण सरी थियो ,शुभाश छर्ने यो जिन्दगी ।
हटाई सब तापहरु ,तिस्णा मेटाउने थियो जिन्दगी ।।
तर आज के भयो ,बेहोसी भईरहेछ यो जिन्दगी ।
उडायो बेगले सरी भयो ,कण भरिएको जिन्दगी /

छन् कति रहरहरु
बिलाई रहेछन तिनी
छन् कति आशाहरु
तिर्खाइमा नै छन् के गरु ।

बगेको भेल झै लाग्यो ,हिडिरहेको जिन्दगी ।
सितको ओस झै लाग्यो ,एक्लिएको यो जिन्दगी ।।

गरेका बाचाहरु
टोडिरहेछौ आज
फुलिरहेको फुल थियो
बनायौ बीच काडा ।

डुबेको घाम सरी भयो ,अध्यारो भयो जिन्दगी ।
ताराको उज्यालो मात्र भयो ,भएन जुनेली जिन्दगी ।।

छोईरहेछ ह्र्दयमा
हुँदैन साथ अब
देखि रहेछु भाबनाहरु
उदासी तिनी भई रहेछन ।

उडायो बेगले सरी भयो ,कण भरिएको जिन्दगी ।
ओलाएको बोट सरी भयो , पानी बिनाको जिन्दगी ।।
उशाको आभाश छरी दिने ,थियो सुनौलो जिन्दगी ।
हटाई मनका बहहरु ,तिस्णा मेटाउने थियो जिन्दगी ।।

प्रिय मित्रहरु जिन्दगीको उतार चडापले ल्याउने मानबिय जीबनको कथा हो यो हजुरहरुको प्रतिकृया र सुझाबले सुगन्ध छरिदिनेछ भन्ने आशा लिएकिछु । हजुरहरुको जो बिचार धन्यवाद ।

लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/26





me
jindagi.....

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

ब्यङ नेपाली नेत्रित्व

छैन केही सार यो जीबनको ,चुर्लुम्म भित्रै डुबे ।।
मिथ्यामा गर्छौ किन?लडाई तरहका, आँफै नै निचहुने ।।

झट्ट किन?हान्छन झटारो यिनीहरु, नहेरी कतै तिर ।
फर्काउछ आफ्नै त्यो बिबेकले, रोपिन्छ तिनै तिर ।।

भाच्दैछौ सुन्दर बोट तिमी देशको , फुलिरहेका फुल ।
रोप्दैछौ अज्ञान नमेटिने, देख्दैनौ गरिरहेका भुल ।।

देशका हौ जिम्बेदारी तिमी ठुला, बड्छन अहम्ता भने ।
बड्नेछं रिस राग बिसहरु, आफ्नै देश निर्मुल हुने ।।

सक्दैनौ किन?टिप्न रत्नहरु जनका, खुबी निकाली कन ।
झट्टै फेरिरहन्छौ तिम्रा ती रुपहरु, दानब बनिने किन ?

बाच बचाउ स्वाभिमान जगतमा, राख्नेछौ किर्ती हरु।
फैलन्छन गुणहरु युगौ युगसम्म, अम्मर बनेर अरु ।।

बन्छौ किन दोशी तिमी देशको, फालेर मान -मदै ।
फर्कन्न अभिमान गुमेमा सहज, बड्दै जानेछ झनै ।।

बढाई घमण्ड गर्छ के अज्ञानले ,पाउनु नै के नै छ र ?
सफल गराउने जन्म मनुस्यको, त्याग भन्दा अरु के छ र ?

मात्रै हेरिरहेउ बिलासी कुर्चीहरु ती, बढेन दया रती ।
पर्खीरहेछन शान्तिको ज्योति देशको, हेर्दैनौ किन कती ।।

बड्दै छन तिम्रा राग दोश पल पल, नबढोस् बिनासहरु ।
छैनउ तिमी योग्य देशको लागि अब, नपार नाश अरु ।।


नमस्कार प्रिय मित्रहरु सदा झै हजुरहरुको सामु जानी नजानी आफ्नो मनका भाबनाहरुलाई ब्यङको रुपमा पस्कने प्रयास गरेको६ु यो मेरो प्रयासमा अबस्य शब्द र भाषिक त्रुटी हुनेनैछ हजुरहरुको प्रतिकृया र सुझाब मेरो सुद्धता र सफलताको आधार बन्नेछ धन्यवाद ।

लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/26


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

ॐ श्री गीता बोधकाय नम:

नमस्कार प्रिय मित्रहरु गुरु पुर्णिमाको उपलछ्यमा साइ बाबाबाट प्रस्तुत गीताको सही अर्थ हजुरहरु समछ्य पस्किने जमर्को गरेकिछु आशाछ यसले मेरा मित्रहरुलाई केही दिन सक्नेछ लेखाई र भाषामा त्रुटी हुन गएमा छ्यमा प्रार्थिछु हजुरहरुको प्रतिकृया नै सदा झै सफलताको आधार बन्नेछ धन्यवाद ।

गुरु ब्रह्म ,गुरु बिष्णु ,गुरुदेव महेश्वर !
गुर...ु सातंक्षात परम् ब्रह्म तस्मै श्री गुरभ्य नाम :!!
ज्ञान मूलम गुरु मुर्ति , पुजा मूलम गुरु पदम !
मन्त्र मूलम गुरु वाक्यम ,मोक्षमुलम गुरु कृपा !
गुरु कृपा हि केवलम ,गुरु कृपा हि केवलम//

भगवान् श्री कृष्ण अर्जुनलाई भन्नुहुन्छ ''जुन बेला सत्यलाई असत्यले जित्न खोज्छ म अर्धम (दुस्ट )को नाश गरी (सज्जन )को रक्षा गर्न अबतरित हुनेछु ''। बाबाले उपर्युक्त भागबत् गीताको भित्री रहस्यको व्याख्या गर्दै भन्नु भयो ,''मलाई बन्धनमा या आफ्नो बसमा पार्ने या मेरो काममा बाधा दिन सक्ने कुनै सक्ती छैन । मैले आफ्नो स्वार्थको लागि केही गर्नु पर्ने पनि छैन । खालि सत्यको मार्गबाट बाटो बिराएर असत्यको मार्गमा हिंड्नेहरुलाई सही बाटो देखाउन निरन्तर सन्लग्न रहनेछु । म आफु नै निस्कृय भएर बसिदिए भने विश्वको चक्र कसरी घुम्छ ? प्रत्येक चराचरलाई हुने आनन्द नै मेरो साच्चैको भोजन हो ।

बाबा भागवतगीताको बचन उद्घ्रित गर्दै भन्नु हुन्छ ''गीताले धर्म र कर्मबाट पंन्छिन भन्दैन ,यसले सबैलाई कर्मको फलको आशा नगर्न मात्र भन्दछ । ''अर्को सन्दर्भमा उहा भन्नुहुन्छ ''प्रत्येक कर्म गर्दा भगवान् बाटै सच्चालन भाईइरहेको छ भन्ने भाबनाका साथ सम्पन्न गर्नु पर्दछ । कर्ताको भाबना त्यागेर कर्मको फलको आशा नगरी कर्म गरेमा त्यसको राम्रो नतीजा या फल धर्मको रुपमा देखा पर्न सक्छ । गीताले तिमीलाई अल्छी र निस्कृय भएर अधर्ममा सङ्लग्न हुने अनुमति दिदैन बरु यसले आफुमा भएको अह्ङ्कारलाई भगवान् मै अर्पण गरेर कर्म गर्न र आफु भगवानको हातद्धारा गरिने कामको साधना बन्न प्रेरणा दिन्छ । '' यस प्रकार बाबाले यस परिवर्तनशील संसारको सन्दर्भमा गीतालाई भक्तहरुको कल्याणार्थ प्रस्तुत गर्नु भएकोछ अस्तु .....

'''मनिस भएर पनि श्री साइ जो सबैलाई सहज तरिकाबाट कल्याण गर्दै ह्र्दय स्वच्छ बनाइ ज्ञानको प्रकाश छर्न गीताको सही अर्थ बुझाउन सक्नुहुन्छ हजुरलाइ प्रणाम '''

साभार भक्तिका मोतीहरुबाट ....



  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

बसु कसरी ,गर्दैछु कोशीस मैले बेसरी ''गीत''

देश बिग्रो लाग्यौ बिदेश यही भो बाटो हाम्रो
सुधारी देउु देश चाडै उन्नती होस् राम्रो
छोरा छोरी सम्झी सधैं कति रुदा होलान
पती पनि एक्लै भए अर्कै बाटो लेलान् ।


बसु कसरी ,
गर्दै छु कोशीस मैले बेसरी ....

पूर्व पश्चिम उत्तर दक्षिण देख्छु तिनै मुहार
हेर्छु कहिले झालबाट छैनन दिने गुहार
हास्न मन लाग्छ सधैं हास्ने कोही छैन
छोरा छोरी आउछन कहिले बोल्ने कोही हैन ।

बसु कसरी ,
गर्दै छु कोशीस मैले बेसरी ....

यो संसारमा मान्छे सबको एउटै रगत हो नी
ईस्वर मात्रै छन नी ठुला छैनन कोही पनि
सोच्न थाल्छ यो मनले चारै तिर घेरी
आफ्नो जस्तै सबै ठानी बस्छु इनै हेरी /

बसु कसरी ,
गर्दैछु कोशीस मैले बेसरी .....

भयो मलाई बोर फिल कसो गर्ने होला
छ।डौ भने काम फेरी जानु पर्ने जेल
एउटा मनले सोचिरहन्छ फर्किन्छु नी घर
अर्को मनले भन्छ फेरी रिण छ नी हेर ।

बसु कसरी ,
गर्दैछु कोशीस मैले बेसरी ......

बिदेश हेरी हाम्रो देश धेरै फरक पाए
हुन्छ कि त केही उन्नती भनी सोची आए
गाह्रो हुने काम गर्न इजरायलको देशमा
कठै हाम्रा नेपाली त छैनन बरा होस्मा /

बसु कसरी ,
गर्दैछु कोशीस मैले बेसरी ......

हेर्नु पर्ने बुढा बुढी हुन्नन घरमा युवा
रात दिन गर्नु पर्ने त्यही हो काम सेवा
भेट हुन्छ कहिले काही तिनै दुखी साथी
छैन कोही आड आधार दिने हामी माथि /

बसु कसरी ,
गर्दैछु कोशीस मैले बेसरी .......


नमस्कार प्रिय मित्रहरु इजरायलको कामको केही यथार्थतालाई कोट्याउने प्रयास गरेकोछु । यो मलाई लाग्छ लोक भाकामा आधारित छ यसमा कुनै गल्ती भएमा हजुरहरुको सुझाब र प्रतिकृया मेरो सफताको आधार हुनेछ धन्यवाद ।

लेखिका ;सुमित्रा पौडेल
हाल ;इजरायल 2010/7/24



sewaa...........
also.............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

उत्तम बिचर

बेलायतमा एक जना गरीब विद्यार्थी थिए । उनी बाल्य अवस्था देखि नै आफ्नो सक्ति र छ्यमताले भ्याएसम्म जन मानसको सेवा गर्दथे । उनको सिद्धान्त नै '''सधैं अरुलाई सहयोग गर कहिलै अरुलाई हानी नगर''' भन्ने थियो । उनी अरुलाई सहयोग र मद्धत गर्नु को साथै कडा परिस्रम गरी बिहान बेलुकाको छ।क टार्दैथे । अनी स्कुलमा पनि विद्यार्थीहरुले चिठ्ठी पठाउदा ठेगाना लेखि सबै काम गरी दिएर सहयोग गर्दैथे । जब उनी आफ्नो काम सक्दथे जहिले पनि उनको सोचाई हुन्थ्यो भगवानले आशिर्बाद दिनुहुन्छ किनकी उहा महान हुनुहुन्छ भन्दाथे ।

कथम कदाचित कुनै दिन काम पाएनन् भने भोक भोकै उनी बस्दथे तर कसैसँग केही भन्दैनथे तर उनी भोक भोकै बस्नु परेता पनि उनका भाबना ,बिचारहरु उत्तम र उदार रहन्थे यसरी उनको कडा मिहेनत र उत्तम र उदार बिचारले गर्दा उनी महान् बने । देश भरी नै उनको चर्चा परिचर्चाहरु गरिन थाल्यो एक दिन उनले ब्रिटेनका प्रधान मन्त्री जस्तो उच्च पद प्राप्त गर्न पुगे उनको नाम पनि ''मेकनाल्ड '''थियो ।

त्यस कारण उत्तम भाबना र बिचारले मानिसलाई जीबनमा अकल्पनिक उच्च तह र ओहदामा पुर्याउदछ । अस्तु ...




साभार ;बाबाको उपदेश बहुमुल्य रत्नबाट
2010/7/24

श्रीमती सुमित्रा पौडेल




sewaa...
lidai6 hatma kalam..

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

एक सच्चा भक्त

भगवान रामले लङ्काबाट फर्कनु भएर राज्यभिशेकको समयमा राबणसँगको युद्धमा मद्धत र सहयोग गर्नेहारुलाई पुरस्क्रित गर्नु भयो । उहाले हनुमानलाई पुरस्कार दिने योग्य बस्तु केही देख्नु भएन । राम हनुमानको सेवाको प्रशम्सा गर्नु हुन्थ्यो । श्रीरामजीको प्रेमपुर्बक प्रेम र प्रशम्सा स्वरुप हनुमानलाई अङ्कमाल गर्नु भयो किनकी उनले पराक्रमीको साथै रामका सच्चा भक्त पनि थिए ।

सिताले लङ्कामा छदा यो सबै देखि रहनुभएको थियो र उहाले हनुमानलाई उनले गरेको सेवाको लागि पुरस्कार दिनु पर्छ भन्ने बिचर गर्नुभएको थियो । त्यसै कारण उहाले आफुले लगाएको राजा जनकले दिनु भएको मोतीको हार गलाबाट उतारेर हनुमानलाई उपहारको रुपमा दिनु भयो । हनुमान सिताबाट माला पाए पछि त्यो मालाबाट मोतीहरु एक एक गरी निकालेर दातले टोक्दै आफ्नो कान नजिक ल्याउदै सुन्दै फाल्न थाले ।

सिताजीले हनुमानले गरेको त्यस्तो अनौठो व्यबहार देखेर आश्चार्य मानी त्यसो गर्नाको कारण सोध्नु भयो । हनुमानले त्यसको उत्तरमा रामको नाम नसुन्ने र नदेख्ने बस्तुको कुनै काम छैन भने । सिताले उनलाई मोती जस्तो जड बस्तुमा पनि कसरी रामको सुन्न सकिन्छ भनी सोध्नु भयो । हनुमानले तुरुन्त त्यसको उत्तरमा आफ्नो पाखुराबाट एउटा रौ तानेर सिताको कान नजीक लगे । सिताले त्यो रौबाट भगवानको नाम राम ,,,,,,राम ,,,,उच्चारण भईरहेको सुन्नुभयो यसबाट के प्रस्ट हुन्छ भने भगवानको नामको दुई अछ्यर ''रामनाम '' मन्त्रमा पनि शक्ती हुदोरहेछ भन्ने बुझ्न सक्दछौ अस्तु / '''ॐ जय श्रीराम '''

साभार ;भक्तका मोतिहरुबाट .........
2010/7/23

Jai shree ram..

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

जोडिरहेका हातहरु

पोखिरहेछन दुखिका पिडाहरु
तर देखिदिने कस्ले ?

देखाईरहेछन आफ्ना रोदनहरु
तर सुनिदिने कसले ?

पर्खिरहेछन ती आशाहरु
तर बुझिदिने कस्ले ?

फाटिरहेका ती बस्त्रहरु
तर फेरिदिने कस्ले ?

देखाई रहेछन नाङगा आङहरु
तर हेरिदिने कस्ले ?

सुन्दर मुहार तर मलीन
तर दयावान बनिदिने कस्ले ?

थापिरहेछन हात तिनी
तर राखिदिने कस्ले ?

सडकमा बसी रोहिरहेछन
तर खान दिने कस्ले ?

हेर्छन सबको रहराउदै
माग्दैछन कलम
किनिदिने कस्ले ?

भिजिरहेछ काडा
देखाईरहेछन पिडालीइ
नाङगा छन पहेरहरु
तर किनिदिने कस्ले ?

बढाईरहेछन अज्ञानहरु
सिकिरहेछन अपमानीत शब्द
तर पाठदिने कस्ले ?

माग्दैछन तिनी दुई हात जोडी
तर भरिदिने कस्ले ?

सुनेनौ तिमी त्यो पिडालाई
किनकी आफ्नै बिलासितामा डुबिरहेउ

पातीका झुप्रा चुहिने छानो
देखेनौ कतै चिल्ला गाडी चढिरहेउ

जे गर्नु थियो गरेउ आफ्नै लागि
बगिरहेको रगत आँफै नागिरहेउ

महलको जीबन के अर्थ रह्यो र तिमीमा
बिर्सियौ दिएका फुल मालाहरु
दिरहेछौ आज तिनै उपहार
आशुका ढिकाहरु
फालिरहेछौ अनायस मै
आफ्ना सबै अभिमानहरु ।।


नमस्कार प्रिय मित्रहरु हाम्रो देशमा धेरै अङ्स ओगटेको गरीबीलाई निबारणको राहत पट्टी देशका सिखरहरु कहिलै लागिपरेन्न । सधैं अघी बढाई रहे आफ्नै स्वार्थहरु त्यसैको यथार्थतालाई नङगाउने प्रयास गरेकिछु कही कतै शब्द ,सुद्धतामा कमजोर देखिएमा छ्यमा प्रार्थीछु । हजुरहरुको सुझाब ,प्रतिकृया नै मेरो सफलताको आधार बनीरहेकोछ धन्यवाद ।

लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/22

JODIRAHEKA HATHARU ...
magirahechan .............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

तै पनि म बाचिरहेछु

बिशाल आँखाको द्रिस्य सँगै
म रमाइ रहेको मेरो ठाउँ
रहस्यमय बोकेर हसाइ रहेको मेरो गाउु
हिमालमा झलमल्ल देखिने
सुभाश छरिरहेका किरणहरु
बासुरिको मधुर स्वरले
गुन्जिरहेका ती पाखाहरु
छाडेर सबै तरिरहेछु समुन्द्र पारी
अचम्म लाग्छ मलाई
तै पनि म बाचिरहेछु ।

छाडेर मेरा सँगीहरु
कालको साथ लडेर म
तातो हावामा खेलिरहेछु
तस्बिरलाई मनमा राखेर
प्यासहरु मेटिरहेछु
आनन्द र सुगन्ध दिने पलहरु
सपनीको सौन्दर्य बनाइ
आशुलाई दबाई रहेछु
तै पनि म हासिहरेछु ।

बिलाएको छैन जस्तो लाग्छ
उठिरहन्छन मनमा तरङहरु
सुन्दर लछ्य बोकेर
उत्तम सिर्जना बगाइ रहेछु
एकान्तका कल्पनाहरुमा
यस्तै चुनौतिसँग म भिडी रहेछु
तै पनि म बाचिरहेछु ।

पवित्र सस्क्रिती नेपाली सभ्याता
लुकी रहेको स्वर्ग जस्तो
कहाँ ?देख्छु र म यहाँ
मन मनै भन्छु म आँफै
हासी रहेको त्यो हिमाल
देखिन्छ यहाँ मरुभुमी
अनी त्यो उजाड
सुन्दरताको बिचित्र मेरो माटो छाडे पनि
सम्झेर म हासिरहेछु ।

बलीरहेका ती चुल्लाहरुमा
पाकिरहेका भातहरु
पस्किएर दिने पबित्रहातहरु
कसरी बिर्सन सक्छु म
यो भोकाइ रहेको अनुहार
आउछ अगाडि नदेखेका चिजहरु
बनाउने रोगी जस्ता
गर्नुछ भोलीको लागि
त्यसैले म मिठास लिरहेछु
तै पनि म बाचिरह्र्छु
तै पनि म हासिरहेछु ।


प्रिय मित्रहरु आफ्नो प्यारो मातृभूमीलाई छाडेर बिदेसी मरुभुमिमा रमाउनु परेकैछ ,हास्नु परेकैछ र बाच्नु पनि परेकैछ त्यही तितो सत्यलाई समेट्ने प्रयास गरेकिछु लेखाइ र शब्दहरुको असुद्धतालाई प्रयासको बाबजुत पनि देखिएका गल्तिहरुलाई सुधार गरी पढिदिने प्रयास र सुझाब , प्रतिकृया मेरो सुधारको आधार हुनेछ धन्यवाद ।

लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/20



mero gau ...
nepali khana
marubhumi ....

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

कस्तो हो यो जिन्दगी ?

प्रिय मित्रहरु मनले यस्तै गुन गुनायो र गीत लेखेको६ु । मेरा सबै रचनाहरु प्रयास मात्र हो त्यसैले रचनामा भएका कमी कमजोरिहरुलाई प्रतिकृया मार्फत सुधार गर्ने मौका प्रधान गर्नु हुने नै छ भन्ने आशा लिएकी छु धन्यवाद ।

साउनको भेल आए झै भयो,उजाड लाग्यो जिन्दगी
डडेको ठुटो सरि मन भयो ,कस्तो हो यो जिन्दगी ।

थियो उमङग जीबनको
भरेर शाहअसहरु
नथाक्ने कहिलै पाखुरा
गलेर आउछ के गरु

साउनको भेल आए झै भयो ,उजाड लाग्यो जिन्दगी


जागेका दिप सरि ननिदाउने परेलीहरु
मलीन हुँदै निभ्न लागे झै भयो
फुलका रङगिन फुलहरु
हावामा उडेझै भयो

डडेको ठुटो सरि मन भयो ,कस्तो हो यो जिन्दगी

हेरेकै थिए तिमीलाई
मन बुझाई सधैं भरी
सुभाश छर्ने जिन्दगीको
जगाउने भाबनाहरु

साउनको भेल आए झै भयो ,उजाड लाग्यो जिन्दगी

दिएर माया मुटु भरिको
मुस्कान छर्दै ओठ भरी
लाली चढाई राखी दिए
जलाएउ किन आगो सरी

डडेको ठुटो सरि मन भयो ,कस्तो हो यो जिन्दगी
साउनको भेल आए झै भयो ,उजाड हुने भो जिन्दगी ।



  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

नेपालको अस्तित्व लाउरेको काहानी

नेपाली वीर बोकेको गाथा लाउरेको काहानी ।
रहरले छोप्दै तिर्सना बड्ने कलीलो जवानी ।।
गोर्खाली नामले खुकुरी भिर्दै त्यो मिठो पावनी ।
बिर्साइ आफु देशलाई दिए प्रेमको मुस्कानी ।।

अस्तित्व राख्दै राष्ट्रको तिनी गोर्खाली नाममा ।
देखाइ बिरता खुकुरी लीइ सत्रुको सामुमा ।।
छैन केही डर तताइ रगत भिर्दछन बन्दुक ।
लाहुरेको जीबन मैदान्मा हुन्छ फुल् फुल्छ मन् भित्र ।।

नेपाली आमा गौरबको गाथा लाहुरेले बोक्दछन ।
पिडाको बोझ प्रियासिको प्यास मुटु मै छेक्दछन ।।
देखाइ छ।ड्छन बिरता बोकी मर्दको ईरादा ।।
लडाईंको मैदान बारुद्को साथ टार्दछन ती बाधा ।

जीबनको लछ्य सपनी बन्छ लड्दैमा रितिन्छ ।।
माया र ममता प्यारअको प्यास भित्तैमा टासिन्छ ।
आँखाको आशु लुकाइ भित्रै अमुल्य प/र्दछन ।।
त्यो अन्तिम सास युद्धको मैदान बिरताले भर्दछन ।।

श्रमको अमृत दिएर देशलाई त्यो रगत बेचेर ।
फर्कन्न तर राष्ट्रको नजर लाहुरेलाई देखेर ।।
भन्दैछ छोरो हे मेरी आमा छु म त लडाईंमा ।
जीबनको मिठो आनन्दित छ्यण मान्छु यही मैदान ।।

ती आमा बोल्छिन लाउरेको जीबन खुकुरी धारैमा ।
बस्दछिन प्यारी लुकाई प्यास आसाको भरैमा ।।
संसारमा चम्क्यो गोर्खाली नाम बिरताको मुस्कानी ।।
लाउरेको जीबन दु:खमा बित्छ मात्रै हो काहानी ।

विश्वको सामु गिरायौ देश राजनीतिक खेलले ।
फर्केर हेर हे ;देशका हस्ती नबगाउ भेलले ।।
ती लाखौं वीर कहाँ गए देशका जोगाउने राष्ट्रियता ।
छैन केही कदर बिरताको आज खोज्नु छ तर खै कता ??

तिमी छौ लाऊरे न्यायको भागी उठाउ कदम ।
लिएर नाच खुकुरी भोली बिरुद्ध शोषण ।।
जोगाउ देश उठाउ हात लिएर आवाज ।
दिलाउन सक्छौ अधिकार जनको उठाउ समाज ।।

बचाउ देश तिमी हौ वीर नचाउदै खुकुरी ।
मासेर सबै राष्ट्रको बिश लैजाउ न सपारी ।।
सम्झदै छन है ती नेपाल आमा बीरको गाथालाई ।
एक मात्र तिमी गोर्खाली वीर जोगाउने रास्ट्रलाई ....


देशको अस्तित्व र लाउरेको काहानी मिलाएर बनाएको यो गीती कबिताका पङ्तिहरुमा कमी कमजोरी देखिएमा छ्यमा प्रार्थीछु धन्यवाद मित्र्हरु .
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल

lahureko jiban ...

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

किन निदाइ रहेछौ ???

उठ्ने बेला टरी सक्यो
किन निदाइ रहेछौ ? तिमी
खोजि रहेछन जहाँ त्यहाँ
बिहानीको पवन सगै
सगरमाथाले दिरहेछ तिनै सुभाशहरु

नमेटाउ साहस तिम्रो
हटाइ पाइलाहरु
पाउछौ आशिर्बाद ॠषिहरुको
कुरिरहेछन तिमीलाई
दिएर शान्तिका ज्ञानहरु

नगुमाउ जे छ देशको
देखाउनु छ विश्वको सामु
लत्रिनु नै किन छ र ?
जन्मिए बुद्ध यही भुमिमा
दिरहेछन अहिम्शा र शान्तिका पाठहरु

अझै छ तिमीमा रातो
बिरताको रगत पनि
तताउ तिमी ननीदाइ कन
सिकाइ रहेछन बिरहरु
जन्मेर यस भुमिमा
फाल्नलाई देशका बिकारहरु

कल्पेका नयाँ कल्पनाहरु
पारेर साकार त्यसको
ल्याउनेछ नयाँ सिर्जनाका
सुगन्ध दिने फुलका बास्नाहरु
जन्मिए यसै भुमिमा
बिउझाइ दिने ज्ञानीहरु

सिक्नुछ अनि सिकाउनुछ
हेरेर ईतिहासलाई
किन बनि रहेछौ ? आज दानव
भरिपूर्ण छ ईतिहासका भण्डारहरु

खुलाई आँखा ननिदाउ तिमी अब
के देख्छौ यस भुमिमा ?
अटाउने छ आँखा भित्र
नमान धिक्कार तिमी
देखेर पुछ्न सक आशुहरु
बनाइ कोमल नयन
बढाई ज्ञानका भण्डारहरु
हे ।।।।किन निदाइ रहेछौ ?
जागी देऊ अनि जगाइ देऊ
शान्तिका दिपहरु ।


धन्यवाद मित्रहरु गल्तिमा सुझाब र प्रतिकृयाको आशा राख्दै कलम अगाडि बड्ने हौसला र प्रेरणा नटुटोस् यही कामना ।
लेखिका ;सुमित्रा पौडेल ,भरतपुर चितवन
हाल ;इजरायल 2010/7/16

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

जिन्दगीका यात्राहरु

नमस्कार प्रिय मित्रहरु हजुरहरुको सुझाब र प्रतिकृया मेरो कलमलाई अघि बढाउने आधार बनिरहेको छ यसै सिलशिलामा आज सम्मका १०० भन्दा बढी मेरा लेख रचनाहरु फेसबुक मार्फत हजुरहरुलाई पस्किन पाउदा म धेरै हर्सित छु लेख रचनालाई मनपराइ दिनु भएमा आभार ब्यक्त गर्दछु आशाछ एक दिन सम्पूर्ण नेपाली जनताको बिचमा पुर्याउन सफल हुनेछु यसले नेपालको घ्रिणित राजनैतीक पारीबेशले ल्याएको देशको यथार्थता र मेरो मात्र नभै जिन्दगीको यात्रााका पिडा बोध र यथार्थतालाई शहज रुपमा झल्काउनेछ । मनिसको जीबन यात्रा कहाबाट सुरु भई कसरी अन्त्य हुन्छ ? त्यो कसलाई के थाह जे होस् जिन्दगीको यात्रााका उकाली ओरालीहरुले दिएका मर्मस्पर्सी भाबहरुलाई लेखनको माध्यमबाट गुम्सिएर बसेका तिता मिठा यथार्थहरुलाई हजुरहरु समछ्य पुर्याएर मनो भाबना जगाउने उद्देस्यले '''जिन्दगीका यात्रााहरु ''' मुनामदनमा आधारित झ्याउरे लयमा पस्किने जमर्को गरेकिछु आशाछ स्वा . महाकबि लक्ष्मीप्रसद देबकोटा ,मेरा गुरुहरु जस्ले मलाई प्रेरणा दिबक्सेको थियो ,मेरो परिवार र मेरा सम्पूर्ण फेसबुक मित्रहरुको आशिर्बाद र रचना सफल बनाउनका लागि यहाँहरुको सुझाब प्रतिकृयाहरु नै मेरो सफलताको बिन्दु बन्नेछ ।
'ॐ गणेशाय नम ;'

'''समर्पण'''

हे ;ईस्वर तिमी जगत्का मालिक पर्दैछु शरण ।
दासि हो तिम्रो यो यात्रा पनि जन्म र मरण ।।
अर्पण गर्छु पवित्र दिलले जीबनको यात्राालाई ।
दिन म सकु यात्राको कथा ती मातृभूमीलाई ।।

ती मेरा गुरु प्रेरणाका स्रोत चरणमा बिसाई ।
हे मेरा बुवा दाजु र भाउजु दिदी र साथि भाई ।।
आशुको ढिका अमृत बनाइ गर्दै६ु अर्पण ।
आशिर्बाद पाउ गास्दैछु माला जीबनको दर्पण ।।

आशु र हासो,दु;ख र सुख जीबनको फुलबारी ।
टिपेका फुल गास्तैछु माला कथालाई ओसारी ।।
सपना लाग्छ सम्झदा आज बिपना सायरी ।
प्रेमभाब जागोस् हे मेरा सज्जन ह्र्दय उघारी ।।

पुर्णिमा थियो जन्मेको दिन ढल्केको त्यो घाम।
निस्चल सागर नभेट्ने अन्त्य लिएर आए म ।।
जीबनको छाया त्यो वरीपरी फुलको बोट रोपियो ।
कल्पेको मालि गोडेर फुल त्यो त्यसै हुर्कियो ।।

चढाउदैछु म त्यै फुलको माला गुथेर लहरी ।
एकान्त बनमा फुलेको फुल बास्नालाई नझारी ।।
सुगन्ध बनोस् प्रेमको छाया लिएर आधार ।
कुटोले खोप्दै चढेको पहाड तरेको जङघार ।।

बिर्साई जाओस् दुखिको पिडा आनन्द होस् मन ।
बुझेर भाब पुच्नेछ आशु जगाइ भाबना ।।
जे थियो ब्यथा मुटुको मर्म समर्पण गर्दछु ।
अज्ञानी बनि गासेको माला त्यही अर्पण गर्दछु ।।

नेपालको माटो नेपाली आमा त्यै बास्ना लिएर ।
नवईलीजाओस प्रेमको गाथा भक्ती भाब पिएर ।।
साउनको झरी नदिको लहर उर्लेर बगेनी ।
टिपेका फुल त्यै गास्न खोजे जीबनको काहानी ।।

उकालो चड्दै ओरालो झर्दै जीबनको सागरलाई ।
हासेर अझै गर्दैछु पार जगतमा छर्नलाई ।।
नेपाली सच्चा बनेर भोली देखाउन सकु म ।
समर्पण मेरो स्विकारीबस्योस हे मेरा सज्जन ।।

सुगन्ध छर्न मुना र मदन झ्याउरेको आधार ।
आसाको किरण झुल्केको घाम फैलाउन अपार ।।
ज्ञान हो दिनु प्रतिभाबाट झल्केको प्रभाब ।
गर्नेछु पुरा आशिर्बाद मिलोस हे लक्ष्मीप्रशाद ।।





प्रिय मित्रहरु कही कतै त्रुटि देखिएमा छ्यमा प्रार्थी छु ।
लेखिका ;श्रीमती सुमित्रा पौडेल
भरतपुर चितवन
हाल ;इजरायल .



SAMARPANA..........
'OM GANESHSAYA NAMAH'
GINDAGI ............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

मेरो जिन्दगीले मलाई टाढा बनायो

मेरो जिन्दगीले मलाई टाढा बनायो
मुटु भरी माया छदै काडा उब्जायो

दिए मैले आफ्नो सम्झी झुल्के घम्का किरणहरु
निस्किरहे मेरा सामु झिल्का बनी रापहरु
पन्छाउदै काडाहरु सितल बनी रहे मैले
पाउने छैनउ यस्ता छ्यण जिन्दगीमा तिमी कहिले

मेरो जिन्दगीले मलाई टाढा बनायो
मुटु भरी माया .............

पवित्र थ्यो माया सधैं विश्वाश जगाएर
फुलका सबै कोपीला ती फालेउ त्यसै खेर
बगर झै नहोस् जीबन झरेको झै पात
रहर थियो सगै जिउने मुटु मिलाई साथ

मेरो जिन्दगीले मलाई टाढा बनायो
मुटु भरी माया .............

उराठिला नहुन तिम्रा जिन्दगीका पानाहरु
रहर मात्रै हुने भयो कल्पना र सपना अरु
यस्तै रहिछ जिन्दगानी लेखेको नै यही थियो
अमृत दिदा बिस बन्यो फैलाएर जलाई दियो

मेरो जिन्दगीले मलाई टाढा बनायो
मुटु भरी माया छदै काडा उब्जायो .......


लेखिका ;सुमित्रा पौडेल 2010/7/13
भरतपुर चितवन
हाल ;इजरायल

love..
ghojdai6 kadale .........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

गराउनुछ परिवर्तन देशलाई

देखि रहेछौ आज हामी
हत्या र हिम्साले बनिरहेका खाडलहरु
हटेर होइन अब
लड्नु छ डटेर देशको लागि
खोजेर समाधानका उपायहरु
किन डराउछौ लिन अधिकार आफ्नो
जोगाउनु छ देशको अस्तित्व
बचाउनु छ सार्भभौमलाई
ल्याएर परिवर्तनहरु

तर छैन सजीलो यहाँ ,
गर्नु छ परिवर्तन आफुले आफुलाई
बनाएर आफ्नो परिवार
हुन्छ उन्न्ती समाजको
बढाउनेछ त्यसले लहरहरु
गाउ गाउ र बस्तीहरुमा
बन्नेछ देश आएर परिवर्तनहरु

लिएर शिक्षा देश प्रेमको
गराउने छ परिवर्तन देशलाई
के दिएर आज सम्म ?
के छ र खै ?परिवर्तन
मात्रै देखिरहेछ
अस्तित्व हिनताका खाडलहरु
लाग्छ छैन अब औचीत्व केही
मासिरहेछन अब देश

छन कर्मठ पाखुराहरु
तर छैन गर्ने ठाउँ
गुमाइ रहेछ आज देशले
बाध्यतामा पिल्सिएर
पलायन भईरहेछन
छ।डी रहेछन आफ्नो देश
तर छैनन कमजोर यिनी
ल्याउने छन परिवर्तन भोली देश

गरेर उुद्दार आफ्नै लात हानेउ देशलाई
नदेखी भोका नाङ्गा पेटहरु
अनी रोगी दुखि र दरिद्रिहरु
छि ;क्या कहलायौ देशका लागि
अब कसरी मानुन र तिमीलाई
ल्याउछ शक्तीले परिवर्तन देशको
मासेर हिनता बोधहरुलाई
हत्या हिम्साका जडहरु

गैइरहेछ लाग्छ दुर्गतीको धरातलमा देश
जुट्नु छ अब छरिएका पाइलाहरु
बढाउन निस्चित बिन्दु तिर
तर छैन सजीलो गराउन परिवर्तन
पार गर्नुछ कठिनाईहरु
गराउनुछ परिवर्तन दुसित भाबनाहरुलाई

नहटीदेउु हे सचेत नागरिक हो
लड्नु छ अब आफ्नो लागि अनि देश
बनेर सचेत अब
फाल्नुछ अनगिन्ती बिशालु तत्वहरु
गनाइ रहेछन सडी रहेछन
गराउनु छ परिवर्तन त्यसलाई
नखाउ हरेस तिमी नगरेर हतार
हे नेपाल आमाका सन्तानहरु
एक जुट हुनुछ अब मिलाउनुछ हातहरु
अघी बढाई कदम
गराउनु छ परिवर्तनहरु
रोईरहेछ हाम्रो देश
मागिरहेछ परिवर्तनका खोजहरु
पर्खिरहेछ ,पर्खिरहेछ ,पर्खिरहेछ .......


प्रिय मित्रहरु शुद्धिकरणको लागि प्रयास गर्दा गर्दै शब्दहरु असुद्दहुन गएकोमा छ्यमा प्रार्थी छु आशा छ सचेत नागरिकहरुको लागि यस कबिताले केही हद सम्म सहयोग पुर्याउनेछ धन्यवाद ............

लेखिका ;श्रीमती सुमित्रा पौडेल 2010\7\12

hatya r himsa...
deska bal balika....

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

भ्रस्टाचार

हाम्रो देशको निती नियम
खै के भनु म ???
दिरहेछन साहारा भ्रस्ट्राचारलाई
दिरहेछन तिनैलाई प्रोत्साहनहरु
किन ?थाह छैन देशका अग्रजहरुलाई
साचो लिएर देशको

रोग बढाइ रहेछन समाज र राष्ट्रको
देखी रहेछौ आज जता ततै
चर्चा र परिचर्चाहरु भइरहेछन
दिई रहेछन अझै साथ भ्रस्ट्राचारलाई
बिचरा नेपाली जनताहरु
शहनु नै छ यो देसको बिडम्बना

गुमाइ रहेछ देशले पहिचानको अङ्सहरु
तिमी हौ देशका श्रेस्टा हे नेता हो
बन्छौ किन ? आँफै दलाल
गर्दै किन ?भ्रस्टाचार र तस्करीहरु
भित्र्याइ रहेछौ देशमा बिक्रिती
दिरहेछौ सजाया निर्दोशी जनतालाई
पारीरहेछौ मार आँफ्नै देशलाई
अनी नङ्गाइ रहेछौ देशको अर्थतन्त्रलाई

गरिरहेछौ पुरस्क्रित भ्रस्टाचारी र अपराधीहरुलाई
दिदैछौ अझै उत्साह र उमङहरु
थपिरहेछौ प्रोत्शाहनहरु
के भनु छि ;नेता तिमीलाई
तर वाध्य छन नेपाली जनता
पर्खि रहेछन अझै आशा लिएर
चुप चाप लागि रहेछन

बिचरा ;आफै नाङगी रहेछन
अनी दोशी आँफै बनिरहेछन
किन ?अब सक्तैनौ जनता
उत्रन अभियानमा भ्र्स्टाचारको
के दिए र देशको लागि ?लिएर अधिकारहरु
लिरहेछन आँफै फाईदाहरु
बनिरहेछ तिनका महलहरु
के भनु देशका नेतालाई
रि त्याउदै छन देशको धुकुटी
भरिरहेछन आफ्नै पेटहरु

के भनु खै ?देशको राजनीतिलाई
घिणित बनिरहेछन उल्ङगन गरी रहेछन
देशका निती नियम र कानुनहरु
बन्दैछन आज जुत्ता नभएका खुट्टाहरुका
बिलाशिताका छ्यणिक महलहरु
गुमाउदै देशको अस्तित्व
ढालिरहेछन आफ्नै अभिमानहरु

नपारिदेउ रित्तो देशलाई
विश्वाश हिनताको भुमरिमा
पार्नुछ सिर ठाडो विश्वको सामु
नबनेर दोशी पुर्नुछ दुशित खाडलहरु
निर्मुल बनाइ भ्रस्टाचार र तस्करीहरु
यहिछ तिमीलाई चेतावनी
नबनिदेउ भोली देशकालागि
अपराधीक सजायादारका भागीहरु

बचाउनुछ राष्ट्र अनी राष्ट्रियता
गराउदै देशको बिकास
चिनाउनुछ संसारको सामु
हाम्रो गौरब अनी पहिचान .........



प्रिय मित्रहरु यो आफ्नै अनुभबको आधारमा लेखिएको रचना हो यसमा देशको यथार्थतालाई चित्रण गर्ने प्रयास मात्र हो । शुद्धिकरणको लागि प्रयास गर्दा गर्दै पनि भएका गल्तिहरुको लागि छ्यमा चाहन्६ु ।

लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/10





khabardar..........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

लाग्दैन बिरानो मलाई मेरो देश

लाग्दैन बिरानो मलाई मेरो देश
म टाढा भए पनि
खेलीरहन्छन मनका तरङहरु
बाध्यता र बिबशताले ल्याएको छ्यणहरुमा
लाग्दछ अध्यारो दिनहरु
हेर्छु देख्छु मात्रै समुन्द्र
लाग्छ त्यही पारी त छ मेरो देश

भुलाउछ केही समयले
घोटी रहेका इनै हातहरुलाई
खेल्छन चाहिदा नचाहिदा कुराहरु
सम्झन्छु अनि मेरो देश
बिशाल सपनाहरु बोकेर
हिडिरहेकोछ यो समय
तर म लुकिरहेछु कुनै कुनामा
छुन्छ ह्र्दय देखिको मायाले
सम्झदै त्यो मेरो देश

बितिरहेछन लाग्छ अनायासमा
कुरिरहेका तिनै दिनहरु
सम्झनाले सताउछ मलाई
सस्क्रिती भाषा र भेशहरु
हजारौ छन यहाँ गरिरहेका प्रतिछ्या
जहाँ म रमाइ रहेछु
लाग्दैन मलाई बिरानो मेरो देश

जहाँ जो जसरी भए पनि
काटी रहेछ अनेकौ खुड्किलाहरु
बाढी रहेछन मायाका भाबहरु
लाग्छ सबै आफ्नै जस्तो
अस्थिर भएको मन्लाई अढ्याउदै
सोची रहन्छ यो मन त्यसै त्यसै
यो संसारमा सुन्दर लाग्छ मेरो देश
आउन थाल्छ अगाडि
आफ्नै भुभागका चित्रहरु
लाग्दैन बिरानो मलाई मेरो देश

शहरको रमझम सबै तिर बलेका बत्तिहरु
हेर्छु आफु भन्दा बहिरका मान्छेहरु
सुन्दर सफा अनि बोलिरहेछन सिस्टतामा
सोची रहेछु ,मडारी रहेछु
मेरो मानश पटल
फर्किएर हेर्छु म मेरो देश
उब्जाउदै अनेक प्रश्नहरु
यदी ........????
दिक्क लाग्छ खेलाउदै कुराहरु
सम्झन्छु मेरो प्यारो देश

अनगिन्ती छन उब्जने भाबनाहरु
देखिरहेका सपना
देखाउछु लाग्छ भोली मेरो देशलाई
जिबनका द्रिस्यहरु
अतीतले बनाएका बाटाहरु
समुन्द्रको छ।लसगै हुत्ती रहेका यथार्थहरु
बढाई रहेछु म सागर रुपी जीबनका गहिराईहरु
किन बिर्सन्छु र म
लाग्दैन मलाई बिरानो मेरो देश

प्रिय मित्रहरु शुद्धिकरणको लागि प्रयास गर्दा गर्दै त्रुटिहरु भएकाछन त्यस्को लागि छ्यमा प्रार्थीछु ।

लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/9




mero desha.......

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

मेरो जिन्दगीमा तिमी भए

मेरो जिन्दगीमा तिमी भए फुली दिन्थे फुल सरी
नओइलाउने कहिलै पनि रस भर्थे जीबन भरी

हृदयको ढुक ढुकीलाई चिनाइ दिएउ माया दीई
सागरको चोखो पानी सङलो भए झै गरी
परेलीलाइ भिजाउने आसु सुक्यो सधैं भरी
बास्नादार गुलाफ झै याद आई रहेछ वरी परी

मेरो जिन्दगीमा तिमी भए .............

सुम्सुम्यौदै तिम्रा नयन भरी दिन्थे मिठासले
उराठ र उदास पनले छ।उने थिएन कहियै पनि
सुभाश छर्दै उदाउथे सुर्य किरण छाया पारी
बोली रहेछन तिम्रा आँखा यो भाबना बुझ्ने गरी

मेरो जिन्दगीमा तिमी भए .............

ओठमा छर्दै तिम्रो मुस्कान नबनाइदेउ पागल सरी
छ।हारी झै दियौ माया मन्का पिर ताप हट्ने गरी
लागे पनि ठेस कतै नबिर्सिदेउ त्यो जिबनमा
दुखी बनाई ह्र्दयलाई आउने छैन काडा बनी

मेरो जिन्दगीमा तिमी भए .............

कहिलै पनि नमेटिने छ।प बनाइ राखिदिन्थे
मिठो चोखो माया सगै पिडाहरु बिर्साइदिन्थे
मेरो जिन्दगीमा तिमी भए फुली दिन्थे फुल सरी
नओईलाउने कहिलै पनि रस भर्थे जीबन भरी ............




प्रिय मित्रहरु यो काल्पनीक गीत हो कुनै कुरामा त्रुटी हुण गएमा छ्यमा चाहन्छु ।
लेखिका ;सुमित्रा पौडेल चितवन हाल इजरायल 2010/7/9

ma........
That's my art for peace...................

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

मेरो जिन्दगीमा तिमी भए

मेरो जिन्दगीमा तिमी भए फुली दिन्थे फुल सरी
नओइलाउने कहिलै पनि रस भर्थे जीबन भरी

हृदयको ढुक ढुकीलाई चिनाइ दिएउ माया दीई
सागरको चोखो पानी सङलो भए झै गरी
परेलीलाइ भिजाउने आसु सुक्यो सधैं भरी
बास्नादार गुलाफ झै याद आई रहेछ वरी परी

मेरो जिन्दगीमा तिमी भए .............

सुम्सुम्यौदै तिम्रा नयन भरी दिन्थे मिठासले
उराठ र उदास पनले छ।उने थिएन कहियै पनि
सुभाश छर्दै उदाउथे सुर्य किरण छाया पारी
बोली रहेछन तिम्रा आँखा यो भाबना बुझ्ने गरी

मेरो जिन्दगीमा तिमी भए .............

ओठमा छर्दै तिम्रो मुस्कान नबनाइदेउ पागल सरी
छ।हारी झै दियौ माया मन्का पिर ताप हट्ने गरी
लागे पनि ठेस कतै नबिर्सिदेउ त्यो जिबनमा
दुखी बनाई ह्र्दयलाई आउने छैन काडा बनी

मेरो जिन्दगीमा तिमी भए .............

कहिलै पनि नमेटिने छ।प बनाइ राखिदिन्थे
मिठो चोखो माया सगै पिडाहरु बिर्साइदिन्थे
मेरो जिन्दगीमा तिमी भए फुली दिन्थे फुल सरी
नओईलाउने कहिलै पनि रस भर्थे जीबन भरी ............




प्रिय मित्रहरु यो काल्पनीक गीत हो कुनै कुरामा त्रुटी हुण गएमा छ्यमा चाहन्छु ।
लेखिका ;सुमित्रा पौडेल चितवन हाल इजरायल 2010/7/9

ma........
That's my art for peace...................

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS