फुलको कथा गास्दै छु मैले काडामा टेकेर ।
नडगोस भन्छु यो मन कहिल्यै त्यो बाडी देखेर ।।
अधेरि रातमा जुनाको छाया प्रितले भरेको ।
आनन्द दिने सुखको संसार लाग्दैछ टरेको ।।
देख्दैछु आज रोयको कोहि नेपालको माटोमा ।
सबैको दिलमा पवित्र भरदेउ नरोकी बाटोमा ।।
आशाको मुल फुटेर आउछ नबनी त्यो लास ।
यी नै हुन कुरा आत्माका आज आशुको बहस ।।
कसरी हासुन रोक्दैछ सब आगोको झिल्काले ।
देखिन्न कतै शान्तिको मुहार लादैछ भल्काले ।।
निस्ठुरी बनेउ को सुन्ने अब दिएर चाखले ।
नडढाउ मन प्रितले गास मान्नेछन लाखले ।।
गोरेटो छैन कोरेको रेखा बढुन नी कसरी ।।
नगुमाउ यस्तो मनुस्य चोला फर्कन्न यसरी ।
आनन्द दिने सुगन्ध छर्देउ छन त्यै हातमा ।।
पापको भारी नबोक सधैं जनताको साथमा ।
निर्माणको बाटो छाडेर तिमि बिर्सियौ जगत ।।
आनन्द मनी सुगन्ध ठानेउ पवित्र रगत ।
सितल थियो अग्निको जलन त्यो राप भएनी ।।
शान्तिको ज्योति बलेकै थियो बतासै आएनी ।।
खोलिदेउ अब ती बन्द ढोका चार दिसा उघारि ।
पवित्र बचन हासोमा मिलाउ नखेली जुहारि ।।
प्रतिछ्या यहि हो नेपाली जनको कुर्दैछन उज्यालो ।
त्यो दिप्य मिठास आभाश भर्दै जलाई देउ दियालो ।।
बुझ्दैनौ किन ? जनताको पिडा भई सक्यो बियालो ...............
प्रिय मित्रहरु सुधार गर्न खोज्दा खोज्दै पनि त्रुटी हुन गएकोमा छ्यमा प्रार्थी छु .........
लेखिका ; सुमित्रा पौडेल 2010/7/2


0 comments:
Post a Comment