''''''''तिम्रो यादले''''''''''

किन होला तिम्लाई देख्दा आँखा मात्रै टोलाई रह्यो ,
एउटै मुटु भए जस्तो भित्री मनले सोची रह्यो ।

छट्पटिण्छु सम्झीरन्छु छैन केही भोक तिर्खा,
जब ज्युधो नजर हाम्रो आफ्नै हो कि लागि रह्यो ।

किन पोल्छ मुटु मेरो अनी किन खेल्छ कुरा ,
यि आँखाका परेलिले त्यतै मात्र हेरी रह्यो ।

रोक्न खोज्छु सक्दिनमा किन मलाई यस्तो भयो ,
ह्रदयको पाना पल्टाइ यो मन त्यसै सोचिरह्यो ।

कस्तो होला यो जिन्दगी घाम छाया दिन रात जस्तो ,
देख्छु कतै भनी हेरे रात त्यसै बिती गयो ।

खोज्दै हिंडे जहाँ तही देखिन नि छाया कतै ,
टोलाउदै दङग परे सपना झै भई रह्यो ।

कस्तो होला माया प्रिती झ्याम लाग्ने निन्द्रा जस्तो ,
खुशी दिने त्यही माया होकी जस्तो लागि रह्यो ।

for you .....
for you...

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment