गुमाइ सारा पाएको छ्यणमा म रमाई रहेछु ।
बिरानो भयो बसन्त पाच तै हासी रहेछु ।।
सुनौलो ठाउँ घमाइलो गाऊ छाडेर म आए ।
शिररको फुल ओलाउन नदी त्यसैमा रमाए ।।
कोपिला थियौ फक्रदै हिजो भयौ कि फुल आज ।
बासना छर्दै हिड्दैछौ भन्ने सुन्दैछु सब माझ ।।
आँखाको तारा जुनको किरण तिमि हौ नजर्को ।
बन्नेछौ भोली नभिज्ने काडा बिचमा हजार्को ।।
कसरी बिर्सु मुटुको टुक्रा बगेको रगत ।
ल्यायो नी बन्धन पारेर मलाई यस्तै छ जगत ।।
ज्ञानको ज्योति फैलाई सारा पर्नेछौ उज्यालो ।
कुर्दै छु आज हेर्दै छु बाटो हट्नेछन तुयालो ।।
सङघर्श रहिछ जिबन हाम्रो जिबनै सङघर्श ।
पौरखी हात घोटीदै छन यहाँ यहि छ गौरब ।।
टुहुरो पारी छ।ड्नु नै पर्यो भएनी ममता ।
बर्षाद भेल चलेनी कहिले हेर्दै छु जगत ।।
हसाई देउ देश र समाज तिम्रै हुन परिवार ।
पार्ने छौ मेरो सपना साकार लिएर अधिकार ।।
परेको झरी ,उडेको हावा ,भएको बगर ।
थामेर मन सम्झेर मुहार तर्दै छु जङघार ।।
पुगेर भोली छेक्नेछौ बेग चलेको बतास ।
फर्किन्न फेरी बितेका पल बढाए शाहस ।।
भन्ने र सुन्ने हुनेछ धेरै बाचुन्जेल सम्मको ।
सदैब आओस त्यो भित्री ज्ञान नयाँ भई छ्यण त्यो ।।
बुझ्नेछौ जगत दिनेछौ माया संसार भुलाउने ।
कुर्दै छिन तिम्रै ति मातृभूमी ति आँखा खुलाउने ।।
ज्ञान र बिबेक बुद्धिको द्वार खोलेर ज्ञानी भई ।
श्रद्धाको दियो बल्नेछ भोली उज्जल मन गराइ ।।
आमा हुन एउटै रगत एउटै सम्झेर भुमी हो ।
दिएर योगदान गर्नेछौ गर्ब सिखर छुने हो ।।
ति हातहरु बनेर कर्मठ हटाउदै घिनलाई ।।
पहाड तराइ हिमाल हासी रमाउन अटल भई ।
साकार पार्छु जन्मेको सार म सम्झी आमालाई ।।
नबगाइ आसु बढाई कदम यो मुटु नजलाई ।
बिरानो देशमा सान्तिको आभाश यै लीइ बाच्दैछु ।।
लिएर आशा भोलिको दिन्को हर पल म हाँस्दैछु । प्यारा यसरी बाच्दैछु ....
लेखिका ;सुमित्रा पौडेल 2010/6/17



0 comments:
Post a Comment