''''परदेशी आमाको छोरीलाई पत्र''''

कहाँबाट सुरु गरु भन्न मनका कथा ,
दुख्छ मुटु झर्छ आसु बल्झिन्छ नी बेथा ।

जिबनको एक मात्र दिप तिमीलाई सम्झदै प्रत्येक ढुक ढुकमा तिम्रै आवाजको साथ आजीबन स्नेह र शुभ आशिर्बाद ;

नानु ,आरामको कुरा गरु त कसरी गरु ?तर मुटुको धड्कन सन्चालन भए अनुसार स्नेह र स्मरणहरु बगी रहेका छन । आराम छौ भनेर कसरी सोधु ?जिबनको भुमरिले ल्याएको अभाब भनु या मानस पटलमा अनुबमको प्रहार भनु तै पनि म लाचार छु सोध्नको लागि । आशा छ आरामै छौ होला ?एउटा जिबन यो सुन्य भएको गगनमा बगिरहेको तरङ्गका ढुक ढुकीहरुलाई आँफैमा केन्द्रित राख्दै अतितका तिम्रा आवाजहरु र मेरो आँखामा केन्द्रित भएको तिम्रो तस्बिरलाई सम्हाल्न नसकी आसुहरुले पखाल्दै आशा मै बाची रहेकीछु । ,,,

जिबनका घोच्ने काडाहरुलाई पञ्छाउने उद्धेस्यले आर्थिक सामाजिक पक्षलाई दरो बनाएर जिबनमा आएका आधी बेरिहरुसग लड्दै तिम्रै जिबनको शही बाटो दिनका लागि आफ्नै मात्रिभुमिमा तिमीलाई नै काखमा राखेर ममताको ढुक ढुकीमा बेर्दै सङ्घर्स नगरेको पनि होइन । तर देशको बिग्रदो अवस्थाले गर्दा तिमीलाई मेरो काखबाट पर राख्दै सात समुन्द्र पारीको देश इजरायलको मरुभुमिमा बाध्यताले ल्याइ पुर्यायो ।

नानु ,गुलाफको फुल झै फक्री सुगन्ध छरीरहेको तिम्रो जिबनमा घोच्ने काडा र आउने आधी बेरिलाई छेक्दै तिम्रो सफलताको लागि कामनामा आफ्नो मिहेनत र पेरिस्रमलाई अगाडि बढाई रहेकिछु । यो संसार स्वार्थ नै स्वार्थले रुमलिएको छ भन्ने थाह हुँदा हुँदै पनि तिमीलाई आज तिनै घाऊ र चोटहरु दीई रहेको छु भन्ने आभाश मलाई भईरहेकोछ । तर म बिबस छु र वाध्य छु पनि । नानु ,मेरो ढुक ढुकीसगै रगतमा बगी रहेको माया र तिनै पल पलका छ्यणहरुले आफ्नै काखमा लुट्पुटिएको आभाशहरु हुँदा पबित्र मायाको सन्चित म मझेरिलाई अस्त बेस्त बनाइ रहेकोछ । हर पल घुमी रहन्छ तिनै हासो ,ती बोलिहरु , तिम्रा शब्दहरु र काखमा खेलिरहेको भान भई रहन्छ वरी परी ।

नानु ,तिमिले यो दुखी आमाको चिन्न सकेकी छौ आमाको ममतालाई चिन्न सकेकी छौ ,बुझ्न सकेकी छौ र बाध्यतालाई शहन सकेकी पनि छौ यसैमा म धेरै खुशी छु । आज मैले तिमीलाई मेरो ढुक ढुकिमा मिलाएर ममता दिन नसकेको पनि ५ बर्ष भईसकेछ । तर पनि तिम्रो मिहेनत ,ईमन्दारिता ,सिर्जनसिलता र नैतीकताले गर्दा तिमीले पाएको यो सफलता नै मेरो लागि आधार र सफलता मानेकिछु ।

नानु ,आफ्नै देशमा बगाएको पसिना र पौरखलाई देशको बिग्रदो अवस्थाले गर्दा चारै तिरका ढोकाहरु बन्द गर्नु पर्‍यो र यिनै बिदेशिहरुको गुलामी बनेर तिम्रो भबिस्यका रेखाहरु कोर्ने बाटो लिन वाध्य हुनु पर्‍यो मलाई अब आफ्नै स्वदेशमा फर्किएर आफ्नो परिवार र समाजमा रमाउदै पौरख र पसिना आफ्नै मात्रीभुमिमा जागी रहेकोछ तर खोइ तिमीलाई के जबाफ दिन सक्छु र ? आज म मात्रै होईन हजारौ हजार तिम्रा जस्तै अरु आमाहरु आफ्नो कोख र ममतालाई रित्तायर बिदेशिको गुलामी बनी काठोर पेरिस्रम गरी रहेका छन ।

नानु ,आज हाम्रो देशमा अराजनैतीक अस्थिरताले गर्दा भयाङ्कर भयानक अवस्थालाई सिर्जना गरी रहेकोछ । जता ततै बारुत र धुवाहरु उडिरहेका छन । फोगरका थुप्राहरुले मान्छेहरुलाई रोगी बनाई रहेकोछ देश भरी भईरहेको बन्द हड्तालले गर्दा देश र जनताहरुलाई अस्त बेस्त बनाई रहेकोछ । यस्तो अवस्थामा तिमी त्यहा कसैको साहारामा रहनु परेकोले यो आमाको मन छट्पटिदै रात दिन तिम्रै सम्झनामा डुबिरहेको हुन्छ तर म वाध्यछु र बिबस पनि ।

नानु ,आफै देशमा फर्कियर केही गर्ने ईच्छा हुँदा हुँदै पनि हाम्रा देशका नेताहरुको स्वच्छ नियत नभएका कारणले गर्दा पुरानो नेपालको जुन अवस्था थियो आजको यो नयाँ नेपाल झन दयनिय देख्दा मुटुमा आगोको ज्वालो निस्किरहन्छ तर हाम्रो रोदनहरुलाई कस्ले सुनिदिने ,यी पिडाहरुलाई कस्ले देखीदिने । आज यो हाम्रो देशका जनता माथि अन्याय र अत्याचार तिनै देशका नेताहरुको नियत बाट भईरहेकोछ । त्यसको मार आज हामी आमाहरुले भोगी रहेकाछौ । जती कमाए पनि स्वदेश फर्किएर आफ्नो मिहेनत र पौरखलाई अघी बढाउन नपाउदा छ्याणिक जिबनको सुखको आधार मात्र बन्न जान्छ त्यसैले नानु ,जब सम्म हाम्रो देशमा सान्तिको बाहली भई साना तिना भएपनी रोजगारिको बाटाहरु खुल्दैनन तब सम्म कसरी म तिमीलाई स्वदेश फर्कन्छु भनेर बाचा नै गर्न सक्छु र ?

नानु ,आज संसारलाई बिचित्र बनाउने नै शिक्षा हो । हामी जस्तै मान्छेहरु त्यही शिक्षा र ज्ञानले गर्दा संसारमा ठुल् ठुला आबिस्कारहरु गर्दै चन्द्रमा पनि पुगिसकेका छन तर हाम्रो देशका नेताहरुमा नत शिक्षा नै भयो नत ज्ञान त्यस्ले गर्दा तिनिहरुमा देश प्रेमको भाबना जाग्न सकेन । नारा जुलुस र भाषणको भरमा देश हाक्ने नेता भएकाले बिदेसिको सामु देश र जनता लाचार हुँदै दिन प्रतिदिन देश पनि गिर्दो अवस्थामा गैइ रहेकोछ । त्यसैले नानु तिमीहरु हरेक बाल बालिका देशका कर्णधार हौ । आजका बालक भोलिका देशका कर्णधार बन्न सक्छन । आज कोपिला छौ भोली फुल फुलेर फर्की सुगन्ध छर्न सक्छौ त्यो सबै कुरा शिक्षा र ज्ञानबाट प्राप्त हुन्छ ।हजारौ आमाहरुका बाल बालिकाहरु आज ममता बिहिन रहनु परेता पनि ठुलो ज्ञान र शिक्षा आफ्नै आमाहरुबाट सिकी रहेकाछन । आमाहरुका दु:ख र पिडाहरु तिमीहरुको लागि नैतीक र भौतिक शिक्षाको ज्ञान भई रहेकोछ यसले नयाँ नेपालको निर्माण गरी आफ्नै मात्रीभुमिमा रमाउदै पौरख र पसिना बगाउन सहयोग गर्नेछ भन्ने आशा लिएकिछु । आसा छ आमाका दु:ख पिडा रबेदनाहरुलाई चिन्न सक्नेछौ । देशको यो काहाली लाग्दो अवस्थाले आफ्ना सबै बेथा र बेदनाहरुलाई लुकाएर एउटा मरुभुमिमा रोपिएको फुल र म्रित सागरमा राखिएको जिब सरह छट्पटिदै बस्नु परेता पनि तिमीलाई जिबनको दिप मानेर आशा मै बाची रहेकिछु ।

नेपाल आमाको बगी रहेको आसुलाई चाडो भन्दा चाडो पुछियोस भनी भगवानसग प्रार्थना गरिरहेकिछु । अझै पनि देशका नेताहरुमा ज्ञान घुस्दैन भने पीडित आत्माका कथा र बेथाहरु प्रस्फुटित यिनै शब्दहरुमा मात्र सिमित हुनेछ । यस्ता शब्दहरुलाई नेताका हृदय समछ्य पुर्याउने प्रयास आवाजबाट गर्ने हो भने सायद ब्रियत शब्दकोश नबन्ला भन्न पनि सकिदैन ।

अन्त्यमा नानु ,यो आमाको शब्दहरु तिम्रो लागि मात्रा नभै हजारौ हजार आमाका आसुहरुले कोरिएका शब्दहरु हुन यिनै शब्दहरु तिमीहरुका लागि ज्ञान र शिक्षा बनोस ,आफ्नो मिहेनतलाई अगाडि बढाएर सफलताको सिखरमा पुगी दिप जलाउने छौ ,अगाडी बडिरहेका तिम्रा पाइलाहरुले भबिस्यका सुनौलो सपनालाई साकार पार्न सकोस यही सफलताको कामना गर्दै तिमी माथिको स्मरण र स्नेह मेरो जिबनको अन्तिम बिन्दु सम्म पनि ढुक ढुकी सगै रहिरहोस् भन्दै यि शब्दहरुलाई पूर्ण बिराम गर्दछु ।

तिम्रो उज्जल भबिस्यको कामना गरिरहेकी आमा ..........




kasaiki chori ............
sneha............
maya .....

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment