लाग्दैछ आज बिरानो मलाई सुन्दर नेपाल ।
रित्तिने होकी त्यो हाम्रो देश थियो नि बिशाल ।।
गौरब बोकी संसार भरि चम्किदै रहेथ्यो ।
नेपाली जनको सुखको भाग्य लम्किदै गएथ्यो ।।
सुन्दर हिमाल देखिन्थ्यो सधैं मुस्कुराइ हासेको ।
मुनाल डाफे ,मयुर सगै देख्दथ्यौ नाचेको ।।
कल कल गर्ने झरना खोला संगित दिएर ।
सल्ला र सालको सुरिलो भाका आनन्द लिएर ।।
उकालो चाड्दै ओरालो झर्दै दु:ख नै भए नी ।
खुशी नै थियो जिबन जनको कोदालो लिए नी ।।
के भयो आज स्वर्गको देश बारुद गनाउने ।
सुनिन्छ सधै बिस्फोट्को आवाज हृदय थर्काउने ।।
घास दाउरा मेला खुर्पेटो कुटो भिर पाखा बनमा ।
डर र त्रासमा बित्दै छ जिबन जलन छ मनमा ।।
कसरी बाचुन दु:खका साथमा नेपाली जनता ।
नआई खुशी जीबन त्यसै बित्छ कि फगत ।।
हे देशका सिखर देख्दैनौ किन त्यो आसु बगेको ।
दिएर त्याग धर्मार्थ बने पाउछौ जे भएको //
दुसित बन्यो पर्याबरण सबै हबिगत धर्तिको ।
नसके त्याग के हेर्छौ तिमी त्यो रगत बगेको ।।
हुनेछन अब बगर नदी उराठ पहाड ।
लेक र बेसी तराई मधेश हुँदैछन उजाड ।।
कहाँ गई हासुन कहाँ गई नाचुन ती डाफे मुनाल ।
लोप हुँदै गए कस्तुरी म्रिग भएर तुयाल ।।
विश्वको सिखर त्यो सगरमाथ हसाउन बिहानै ।
बुद्ध छन यही नबनाउ रित्तो भोलिको बिरानै ।।
लेखिका ; सुमित्रा पौडेल 2010/6/18...



0 comments:
Post a Comment