'''''आसाहरु'''''''''

पलाई रहेका आसाहरुमा ,
थपिदै छन यी मायाका ईटाहरु

विश्वाशले बनाउछ घर त्यहा ,
नआओस अनबिश्वासका भुकम्पहरु

पलाउदै जानेछान ,
हासो र खुशी तिनै पलाई रहेका मुनाहरु झै

नआओस तुफान हुरी ,
अनी नपरोस विश्वाश घातका असिनाहरु

रची रहेछु ठुलो सपना ,
डुबिरहेको कल्पनामा नपरुन भयाभय चोटहरु

सक्दिन कि जस्तो लाग्छ भुल्न म ,
अगाडि पछाडि देखिने ति छायाहरु

नबनोस भारी यो जिन्दगीको ,
अन्धकारमा बिलिन हुँदै

नबितोस सधैं त्यस्ता रातहरु ,
चन्द्रमाको छाया जस्तै लाग्छ ,
तिम्रा यी मायाको चिनोहरु

नआओस औसिको रात ,
हाँस्दै बितोस सगै ति साथहरु ..........

जिन्दगी नै रहेछ आसाहरु ,
नमेटिने पनि हुँदा रहेछन मायाका आभाशहरु
त्यसैले आसा छ बित्नेछन मिठास सगै ती साथहरु ...........

sweet

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment