तिम्रो सम्झनामा

कल्पनाको भुमरीमा डुबेको त्यो तिम्रो आशा ।
भुन भुन गर्ने भुमरा झै घुमि रहन्छु तिम्रो माझ ।।

मात्तिएर नहिड है आत्तिएर हुन्न कतै ।
चढेको त्यो बैस माथि मात बढला जता ततै ।।

कति मिठो बास्ना दिने मधुरस सगै फुलको ।
सुन्दरता भरिएको छाया तिम्रो सितल जुनको ।

जवानीको रङ सगै खेलिरहु जस्तो माया ।।
नपोखे है मिठो रस सुभाश छर्ने तिम्रो छाया ।

जता लान्छ समयले त्यतै बग्दो रहेछ प्रित ।।
दिन्छ कहिले चोटहरु जुध्नु पर्ने त्यसै सित ।

बिहानीको पवनमा खुशीयाली तिमी छर्देउ ।।
जिन्दगीका पानालाई चोखो प्रित सधैं भर्देउ ।

नअल्झिउन कतै केहि नभिझिनु ती काडाहरु ।
बढी रहुन जीबन भरी चोखो प्रितका लहरहरु ।।


प्रिय मित्रहरु यो एउटा काल्पनिक प्रेम सम्बन्धि गीत हो यसमा कुनै त्रुटी भएमा छ्यमा चाहन्छु धन्यबाद....Injoy

लेखिका ;सुमित्रा पौडेल 2010/7/7

mayako chino ........
yes...
love .....

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment