जिन्दगी

उदाउदो किरण सरी थियो ,शुभाश छर्ने यो जिन्दगी ।
हटाई सब तापहरु ,तिस्णा मेटाउने थियो जिन्दगी ।।
तर आज के भयो ,बेहोसी भईरहेछ यो जिन्दगी ।
उडायो बेगले सरी भयो ,कण भरिएको जिन्दगी /

छन् कति रहरहरु
बिलाई रहेछन तिनी
छन् कति आशाहरु
तिर्खाइमा नै छन् के गरु ।

बगेको भेल झै लाग्यो ,हिडिरहेको जिन्दगी ।
सितको ओस झै लाग्यो ,एक्लिएको यो जिन्दगी ।।

गरेका बाचाहरु
टोडिरहेछौ आज
फुलिरहेको फुल थियो
बनायौ बीच काडा ।

डुबेको घाम सरी भयो ,अध्यारो भयो जिन्दगी ।
ताराको उज्यालो मात्र भयो ,भएन जुनेली जिन्दगी ।।

छोईरहेछ ह्र्दयमा
हुँदैन साथ अब
देखि रहेछु भाबनाहरु
उदासी तिनी भई रहेछन ।

उडायो बेगले सरी भयो ,कण भरिएको जिन्दगी ।
ओलाएको बोट सरी भयो , पानी बिनाको जिन्दगी ।।
उशाको आभाश छरी दिने ,थियो सुनौलो जिन्दगी ।
हटाई मनका बहहरु ,तिस्णा मेटाउने थियो जिन्दगी ।।

प्रिय मित्रहरु जिन्दगीको उतार चडापले ल्याउने मानबिय जीबनको कथा हो यो हजुरहरुको प्रतिकृया र सुझाबले सुगन्ध छरिदिनेछ भन्ने आशा लिएकिछु । हजुरहरुको जो बिचार धन्यवाद ।

लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/26





me
jindagi.....

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment