यस्तैछ हाम्रो देश नेपाल
अनेकताको लहरहरु
लड्छन भिड्छन मात्रै पदको लागि
संसारमा एउटै होकी जस्तो लाग्छ हाम्रो देश नेपाल ।
आई चुनाव मैदानमा नेताहरु
जब पाउदैनन स्थान त्यो
हुन्छन तिनै प्रधान मन्त्री भोली
कस्तो होला यो हाम्रो देश ?
संसारमा एउटैछ जस्तो लाग्छ हाम्रो देश नेपाल ।
के भनु खै ?
भन्न लाज लाग्छ देशलाई
उम्रिरहेछन अनेक पार्टिहरु
जुन बोकिरहेछ जनतालाई
भ्रस्टाचारको अभियोग बोक्छ त्यसले
कस्तो होला नियम देशको ?
संसारमा एउटै होकी लाग्छ हाम्रो देश नेपाल ।
हजारौ छन खोला नालाहरु
प्रकृतिमा सुन्दरछ नेपाल
हरिया फाटहरु उर्बरा भुमिछ देश
खै के दिरहेछ देशलाई ?
तिनै बेरोजगारिको उपहारहरु
अनि जता ततै अन्धकार
यस्तै छ हाम्रो देश
संसारमा एउटै होकी लाग्छ हाम्रो देश नेपाल ।
कती खेल्छौ कुस्ती तिमीहरु
त्यही कूर्चीको खेल महा
भिड्छन एउटै पार्टी भित्र
खोज्छन फेरी ठुलो पद तिनै
कस्तो होला यो राजनैतीक छि ;
संसारमा एउटै होला यस्तो हाम्रो देश नेपाल
लुकेर आफ्नो अस्तित्व जमाइ
गोली गट्ठाले गरेउ कब्जाहरु
खोज्दै छौ आज उत्रिएर
भिड्दैछौ महान हुँ भनी
त्यही पदको लागि तिमी
कस्तो होला हाम्रो देश ?
संसारमा एउटै होला यस्तो हाम्रो देश नेपाल ........
क्रमश ........
लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/27
नमस्कार प्रिय मित्रहरु सदा झै आज पनि हजुरहरुको समु देशको जल्दो बल्दो यथार्थलाई समेट्ने प्रयास गरेकोछु यो तितो सत्यलाई साहस र जोसमा पारीणत गर्नलाई हजुरहरुको प्रतिक्रिया र सुझाबले महत्व पूर्ण भूमिका खेल्नेछ लेखाइ र शब्दका त्रुटीहरुका लागि छ्यमा प्रार्थै।छु । आसाछ हजुरहरुको प्रतिकृया र सुझाब मेरो कलमको सफलताको आधार बन्नेछ (लामो रचना हुने भएको हुँदा यसलाई भाग १ मा प्रस्तुत गरेकोछु )धन्यबाद ।


0 comments:
Post a Comment