भन्दै छु म तिमीलाई

के पाएउ आज रङगाई हात बनाई चिहान ।
नदेखी आमा छोरालाई खोज्छीन उठेर बिहान ।।
धर्तिलाई थुकी रुवाउने आमा यही हो तिम्रो काम ।
दीइछन आशिस बगाई आशु अध्यारो पारी मन ।।

को छनra अरु ती तिम्रा सामु नेपाली जनता ।
ह्र्दय रुन्छ फुट्दैन वाक्य बोक्दैछौ हिनता ।।
शाहस बोकी उत्रन जनता आँफै नै भन त ।
नजाओs जीबन दु:खैमा हाम्रो नपरोस् रुन त ।।

कुर्दैछन अझै खुशीको दिन सान्तिको दियोलाई ।
सम्झदै अतित बढाइदेउ कदम ती आउने दिनलाई ।।
छरेर शान्ति नबगाइ रगत हसाउ हिमाल ।
मानबको धर्म लिएर तिमी देशलाई सम्हाल ।।

चर्केको घाऊमा मलम लगाउ दिलको प्यार छर्केर ।
सिर्जना सक्ती बढाई तिमी हेरिदेउ फर्केर ।।
दु:ख र सुख मिलाई रस जिबन बन्दछ ।
नेपाली भन्ने यी हाम्रा आँखा आँफै नै बोल्दछ ।।

झुप्राका चरी बनका परि खुशीले रमाउदै ।
त्यो दुखी जीबन नजाओस् खेरा बारुतले गनाउदै ।।
छ्यणिक्को मिठास बिश हुन्छ भोली स्वार्थको रसमा ।
फुलेर मात्रै त्यो फल फल्छ बुझिदेउ सज्जन ।।

नेपाली सच्चा विश्वको सामु त्यो हिमाल बोल्दछ ।
प्रक्रिती गौरब झरनाको स्वर कोइलिले खोल्दछ ।।
बनको हेर डढेको पाखा केहीछैन छ।हारी ।
के लिन्छौ भोली डढाइ देश जितेनी जुहारी ।।

मेटाउ हाम्रा शान्तिको त्रिस्णा छरेर किरण ।
उदाउन सुर्य पावन बोकी मिर्मिरे बिहान ।।
नाङा र भोका खोज्दैछ गास् बास् मेटाउ तिर्सना ।
त्यो आसु पुच्ने प्रेम हो एउटै शान्ति र सिर्जना ।।
धर्म नै हाम्रो उपकार जनको नसक्ने बिर्सन ...........



लेखिका ; सुमित्रा पौडेल 2010/6/28

mero gaau ..
rudaichin aama ..........
deska sikharharu ...........
udaudai raheko surya ..........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment