समय

हिंड्नु पर्ने वाध्यतामा
समयले ल्याएका पङतिहरु
कती क्रुर ,निर्दयी अनी पावन छ समय
ल्याउछ कती परिबन्धन्हरु
त्यही समय हो पावन सगै बन्छ निस्ठुरी पनि
गराउदै मिलन अनी बिछोड्हरु

समयले नै बसाउछ हृदयमा मायाका भाबहरु
लिएर ठाउँ पुर्याउछ हावाको बेग झै जहाँ त्यहा
पुर्याएर गगनमा झार्दै तल
कहिले गराउछ समयले पुष्प ब्रिस्टी पनि
ल्याउदै हावा हुरी र बतास
कालो बादल झार्दछ अस्रु धारहरु

आउछ कहिले खुशीयालिमा
देखाउदै चमत्कारहरु
कस्तो होला यो समय
जीन्दिगिको गन्तब्य नआएसम्म
हिडिरहन्छ यसरी नै
हुन्छ यसको कतै अर्थ
निस्ठुरी बन्छ कहिले छाडेर बाटाहरु

यही हो समय बोक्दछ पिडा
कहिले खुशीयली पनि
कती हुन्छन विश्वाशहरु
तर थाह हुँदैन ल्याइरहन्छ अनगिन्ती घातहरु

हसाउदै कहिले कही
ल्याउछ स्वर्णिम पलहरु
त्यही समय समय सापेच्छी बन्छ
बढाउछ कथा र बेथाहरु
कस्तो होला समय भुत बर्तमान र भबिस्यलाई अगाली रहने
छ्यणीक गराएर पुर्याइ गगन्मा
फुलाउछ फेरी फुलहरु

बिछोड यसैले गराउछ अनी मिलन पनि
प्रत्येक जुधाइको अङ्सहरुमा
महत्वाकाङ्छी बनिरहन्छ
चस्काइ रहन्छ मुटुहरु
फुलाई रहन्छ फुलहरु
यस्तै हो समय जिन्दगीको गोरेटोमा

आईरह्न्छ गईरहन्छ पर्खिदैन
कती निस्ठुरी छ अनी पावन पनि
कती क्रुर र निर्दयी पनि छ
तर ल्याउछ कहिले बगिरहने खुशीहरु
अबिरल अटल समय सापेछ्य छेणहरु

यसरी समयलाई लियर हिड्छ यो जिन्दगी
अनी तिनै गोरेटाहरुमा पर्खदैन
आईरहन्छ ,गईरहन्छ गराउनु पर्ने गरिरहन्छ यसरी नै यसरी नै सधैं सधैं .....................
जिन्दगीको गोरेटोमा ....

writter; sumitra poudel ( now isreal )

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment