भन्थे आफु बिदेश हुँदा छैन होला पिडा ,
पैसाले नै दिन्छ खुशी लाग्थो मलाई पुरा ।
यस्तै रहेछ धन भन्ने यो संसारलाई हेर्दा ,
खुशी सुखी राख्ने देखे मायाले नै गर्दा ।
के छ खबर ? हे पियारी छ।डी बिदेश गएउ ,
बुझे मैले बेथा एउटै तिमी कस्तो रहेउ ।
कहिले आउछेउ तिमी घर बाटो हेरी राछु ,
रात पर्छ देख्दिन कोही सधैं एक्लै भाछु ।
छुटायो नी यो भाग्यले भित्री दिलको माया ,
खुशी देख्छु रमाई हिड्छन हेर्छु दाँया बाँया ।
आकाश तिर हेर्दै सधैं गनी राछु तारा ,
बाटो हेर्दै बसेको छु परि तिम्रै भर ।
आउछ दशै आउछ तिहार खुशी ल्याउछ सबमा ,
अभागी नै मै हुँ लाग्छ एक्लो मेरो गाउमा ।
सोच्छन मेरा साथी भाई कहिले आउछीन भनी ,
कसो गरी दिउ जबाफ रुन्छ मुटु पनि ।
जता तै देख्छु सधैं उराठिला छ्यण ,
जती सम्झ्यो भित्री दिल दुख्दै जान्छ झन ।
आसा लीई बचेँको छु तोड्ने छईनौ बाचा,
बाडी पहिरो लागेको छ जिबनमा आज ।
फर्कियन मेरो रानी तिमी चाडै घर ,
झरेको पात सरी जिबन नबनाउ है तर ।
संसार नै थियौ तिमी दु:ख सुख बाड्डा ,
रित्तो लाग्छ जता ततै उजाडताले गर्दा ।
कहाँ गएर मेटु मैले यो मनको रहर ,
विश्वाशमा छु बढाउने छौ मायाको त्यो सागर ।
हेर्छु कहिले गोरेटोमा देख्छु कोही आको ,
सम्झन्छु म तिम्रो मुहार आफु सगै भाको ।
तिरी रिण साउको जती आनन्दले बस्सौ ,
रमाइ सगै स्वदेश मै पौरख हामी धसौ ............



0 comments:
Post a Comment