जाग न जाग हे युवा ,कर्मठ हौ तिमी देशको
नगुमाउ सार्बभौम जोगाउ धन राष्ट्रको
के दियो र प्रजातन्त्रले
भन्दैछन अझै तन्त्रहरु
नयाँ नेपाल बनाउ भन्दै
छल्दैछन आँखाहरु
देखिन्न केही नयाँ सोच
मात्रै छन कुर्चीका खेलहरु
जागन जाग हे युवा ,भरी रहे तिनका पेटहरु
खोज्दैछ देशले नयाँ जोस
भरिएका सिर्जनाहरु
चुम्न सक्ने कोमल ह्रदयका
पवित्र आत्माका भाबनाहरु
नभत्किउन पर्खालहरु
खाचो भई रहेछ देशलाई
अस्तित्व जोगाउने निशानहरु
जागन जागे हे युवा ,कर्मठ हौ तिमी देशको
जगाउ दिएर मुस्कान
सुकीरहेछन ओठहरु
चड्ने छन पाउवा आधार बनी
ओइलाई रहेछन बोटहरु
लगाउ मलम घाउहरुमा
नबढाई देउ है चोटहरु
जाग न जाग हे युवा ,मिलाउदै पवित्र हातहरु
किन पर्खनु र अब ?
गर्न बाँकी के नै छ र ?
सोसी मात्रै रहे मौन बसी
थप्दै ज्वालन देशको
प्रोत्साहित गरी रहेछन
गलत धन्दाका दलालीहरुको
दिरहेछन सम्मान त्यसलाई
गरी रहेका हत्या हिम्साको
अधुरा नहुन आसा र अभिलाषा
जनताka मिठा सपनाहरु
जाग न जाग हे युवा ,बढाउ बिकासका सोचहरु
चालेर नयाँ कदम ,खोसन तिनका अधिकारहरु
जाग न जाग हे युवा , नगुमाउ सार्बभौम जोगाउ धन राष्ट्रको /
लेखिका ;सुमित्रा पौडेल 2010/7/6
Dear frns....शुद्धिकरणका लागि प्रयास गर्दा गर्दै पनि त्रुटी हुन गएकोमा छ्यमा प्रार्थी छु



0 comments:
Post a Comment