बित्दैछन दिन अभ्रख बनी त्यो रात कठोर ।
हुँदैछन पार जङघार जस्ता यी दिन अघोर ।।
कोही छैन सुन्ने मुटुको पिडा आँखाले बोल्दछ ।
थपीने फेरी बज्र र बाण आशु मै घोल्दछ ।।।
ईश्वर सम्झी पबीत्र भाब म देखाइ रहेछु ।।।।
ती थाम्नु कती मनका बह त्यै पीइ रहेछु ।।
हातमा लाग्ने मल र मुत्र बासना सम्झेर ।
त्यो छुद्र वचन् घोच्दछ मुटु त्यै आँफै रन्केर।
मानिसको भित्री ढुङ्गाको दिल देख्ने छन ईश्वर ।
परदेशी जीबन कठोर यात्रा त्यो बुझ्ने को छ र ?
नमानी डर साहसको साथ मन बुझाई बस्नुछ ।
अध्यारो हुन्न सधैं यो दिन पाखुरी धस्नुछ ।।।।
सुनका माला प्रसस्तै मिल्थ्यो त्यै आफ्नै देशमा ।
ईछ्याले होईन लगार्यो देशले आशुको बर्षामा ।।।।
साहुको साथ ब्यापारको हात गरेको परिस्रम ।।।।
बिलीन भयो स्वदेशको सपना खेरागो त्यो श्रम ।
लाखौंको पिडा एउटैले कहन्छ सङ्लेको सङ्गालो ।
तस्बीर खिच्छु यही मन भित्र नगरि बियालो ।।।
आशिश देलीन ती मातृभूमी सन्तान बचाउन ।।
सिर्जना बोकी फर्कौला भोली आफ्नै देश बनाउन ।
आगोको ज्वालो उठे झै लाग्छ डडेलो लाग्छ की ?
फर्कन देउु स्वदेश मै भोली त्यो भाग्य जग्छ की ?
के भनु आज कुर्दैछु दिन त्यो मेरो देशलाई ।।।।।
त्यो दैब होइन खेल होइन भाग्य भन्दैछु नेतालाई ।
लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/28
नमस्कार प्रिय मित्रहरु सदा झै हजुरहरु समछ्य सानो कोसेली पस्कने जमर्को गरेकिछु हजुरहरुको सुझाब र प्रतिकृया नै मेरो कलमको बलियो आधार हुनेछ । क्रमस सुधार पट्टी ध्यान दिने नै छु आशाछ एक दिन मेरा कलमले सफलता प्राप्त गर्नेछ धन्यवाद ।


0 comments:
Post a Comment