जोडिरहेका हातहरु

पोखिरहेछन दुखिका पिडाहरु
तर देखिदिने कस्ले ?

देखाईरहेछन आफ्ना रोदनहरु
तर सुनिदिने कसले ?

पर्खिरहेछन ती आशाहरु
तर बुझिदिने कस्ले ?

फाटिरहेका ती बस्त्रहरु
तर फेरिदिने कस्ले ?

देखाई रहेछन नाङगा आङहरु
तर हेरिदिने कस्ले ?

सुन्दर मुहार तर मलीन
तर दयावान बनिदिने कस्ले ?

थापिरहेछन हात तिनी
तर राखिदिने कस्ले ?

सडकमा बसी रोहिरहेछन
तर खान दिने कस्ले ?

हेर्छन सबको रहराउदै
माग्दैछन कलम
किनिदिने कस्ले ?

भिजिरहेछ काडा
देखाईरहेछन पिडालीइ
नाङगा छन पहेरहरु
तर किनिदिने कस्ले ?

बढाईरहेछन अज्ञानहरु
सिकिरहेछन अपमानीत शब्द
तर पाठदिने कस्ले ?

माग्दैछन तिनी दुई हात जोडी
तर भरिदिने कस्ले ?

सुनेनौ तिमी त्यो पिडालाई
किनकी आफ्नै बिलासितामा डुबिरहेउ

पातीका झुप्रा चुहिने छानो
देखेनौ कतै चिल्ला गाडी चढिरहेउ

जे गर्नु थियो गरेउ आफ्नै लागि
बगिरहेको रगत आँफै नागिरहेउ

महलको जीबन के अर्थ रह्यो र तिमीमा
बिर्सियौ दिएका फुल मालाहरु
दिरहेछौ आज तिनै उपहार
आशुका ढिकाहरु
फालिरहेछौ अनायस मै
आफ्ना सबै अभिमानहरु ।।


नमस्कार प्रिय मित्रहरु हाम्रो देशमा धेरै अङ्स ओगटेको गरीबीलाई निबारणको राहत पट्टी देशका सिखरहरु कहिलै लागिपरेन्न । सधैं अघी बढाई रहे आफ्नै स्वार्थहरु त्यसैको यथार्थतालाई नङगाउने प्रयास गरेकिछु कही कतै शब्द ,सुद्धतामा कमजोर देखिएमा छ्यमा प्रार्थीछु । हजुरहरुको सुझाब ,प्रतिकृया नै मेरो सफलताको आधार बनीरहेकोछ धन्यवाद ।

लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/22

JODIRAHEKA HATHARU ...
magirahechan .............

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment