कहाँ जादै छौ तिमी
लाग्छ मात्री भुमिलाई छ।डी रहेछौ ,
एक चोटि फर्किएर त हेर
आफ्नो सङ्कल्प तोडी रहेछौ ,
शायद छौ होला खुशी त्यहा
लाग्छ त्यहा केही जोडी रहेछौ ,
तिम्रो आगमनका हर पलहरु
शायद थाहछैन तिमीलाई के मागी रहेछ,
रमाउदै छौकी भाभुक भएर त्यहा तर
लाग्छ कता कता तिमीलाई स्पन्द छोई रहेछ ,
बिर्सी रहेछौ बाध्यतामा
के थाह तिमीलाई त्यहा के भई रहेछ ,
मौनता र सुन्यतामा
थाह छ मलाई त्यो भित्री दिल कती रोई रहेछ ,
कहाँ ? जादै छौ तिमी
जे खोज्छौ तिमी पाई रहनेछौ ?,
पर्खि रहेका ति आसाहरुलाई
आगमनको सुगन्धले सिगारी रहेछौ ,
खोज्दै एक एक गरी सब
बन्छन अनगिन्तिहरु ,
होलान दुखेका कती घाउहरु
तिनै पसिनाले ओबाई रहेछ ,
एक चोटि फर्किएर त हेर तिमी
आफ्नै हासी रहेका प्रकृतिले लाग्छ तिमीलाई स्वर्ग बनाई दिनेछन .....


0 comments:
Post a Comment