'''''''प्रतिछ्या '''''''

आशाको दियो बाल्न सिक बिझाउदैन आँखाहरु ,
प्रतिछ्यालाई हेर्न सिक तुट्दैनन तिम्रा बाचाहरु ।

हिडि रहेको गोरेटोमा लाग्छ ठेस कहिले कहिले ,
नगरेर तिरस्कार तिमी खोलेर ढोका पहिले ।

त्यस्तै हुनेछन पातहरु जे दिएछौ जरा महा ,
रात पछीको दिन जस्तै बिना पर्तिछ्या पाउछौ कहाँ ।

राखी देउ सजाएर जती छन ति छायाहरु ,
सुगन्ध दिनेछन फुल सरी बढेर माया अरु ।

यिनै भाबनाका पलहरु सजाउनु छ यसै गरी ,
मन्द मन्द दिदै बास्ना बल्नेछ दियो सरी ।

कुरी रहेछ कोही कहाँ तिम्रो त्यो प्रतिछ्यामा ,
लिएर हातमा थाली हेर्दैछन जहाँ तहा ।

देखेर तिम्रो मुहार उदाउने छन किरणहरु ,
बढ्न्ने छन दिलका स्पन्दन कोमल भएर अरु ।

नभित्रियोस उजाडिने ती महत्वाकाङ्छ्याहरु ,
पुरा हुनेछन अधुरा सपना अनी ती प्रतिछ्याअरु ............

pratichhyaa ................

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment