मेरो माया तिमीलाई बिश होईन अमृत थियो ।
हृदयको स्पन्दनले कती मिठो बास्ना दियो ।।
शुभाश छर्दै काटु लाग्थ्यो जिन्दगीका पलहरु ।
फुल फुलाई बास्ना दियो बिर्सें सबै अतितहरु ।।
किन बन्यो आँखा तिम्रो ज्योति होइन कालो बादल ।
सम्झी रहन्थ्ये माया होला अमर र सधै अटल ।।
कहाँ बाट उर्ले तिम्रा छुरा जस्ता भाबहरु ।
नबिझाउने आँखा भित्र राख्छु लाग्थ्यो कसोगरु ।।
कस्तो होला माया प्रेम उर्लीआउने छ।ल जस्तो ।
गुन गुनाई गीत गाउदा मन रसाउने भाब कस्तो ।।
रुदै कहिले तिम्रो सामु जादा दिन्थेउ मुस्कानहरु ।
त्यही मायालाई देखे संसार थप्दै गए बाचाअरु ।।
खुशी हुँदा मात्रै होइन सिसाउदा नी राम्रै देखे ।
दबिएका पिडाहरु तिम्रो सामु पोख्न खोजे ।।
छटपटिदै कुरिरहन्थे टोलाईरहन्थे सधैं म त ।
अनायस मै बोके आशा देखे तिमीलाई अर्कै साथ ।।
होला जस्तो लाग्दैनथ्यो प्रेम सागर भुमरी त्यो ।
अधुरो भो प्रेम कथा बिश बन्यो अमृत जे थ्यो ।।
लेखिका ;सुमित्रा पौडेल 2010/6/17


0 comments:
Post a Comment