तिमी टाढा भए पनि ,नाता हाम्रो टुट्ने छैन
आत्मा एउटै गरी छाडेऊ,काडाँ बनी घोच्ने छैन !
जीबनको कालो बादल ,त्यै प्रेमले फाल्ने रैछ
रोपी गोडे हुर्काएको ,राम्रो फल फल्ने रै छ !
छटपदिदा यो मन सारै, तिम्रै तस्बीर हेरिरन्छु
आशु बग्छ आखाँबाट, निर्मल प्रेम सम्झिरन्छु !
नाओलाऊन तिम्रा नयन ,मुस्कान तिम्रा छरीदिन्छु
कर्के आखाँ नहोस् कतै ,चोखो प्रितले भरीदिन्छु !
दुई बाटोको संगममा ,मिलन हुन्छ मिठो झन
चल्छ हावा सीतलाताको ,हुन्न त्यहाँ केही कण !
रिस राग उठ्ने छैन, यी मन पापी भए पनि
आत्माको छ मिलन मिठो ,शरीर टाढा गए पनि !
भाबुकतामा डुबिरहन्छु ,सम्झिएर सागर सरी
बिस्वास नै सफलता हो ,चोखो प्रित जीबन भरी !!!!!
नमस्कार प्रिय मित्रहरु यो गजल भयो कि ? गीत भयो त्यो हजुरहरुको मूल्यांकन हुनेछ हजुरको प्रतिक्रिया र सुझाब नै मेरो सफलता हुनेछ ,सब्द र भाषामा त्रुटि हुन गएमा क्षमा प्रार्थी छु धन्यबाद .
लेखिका ;श्रीमती सुमित्रा पौडेल चितवन भरतपुर
हाल ;इजरायल २०१०/८/२
१


0 comments:
Post a Comment