के दिउ उपहार मेरो देशलाई
मागे म बली चढाई दिनेछु ।
यदी हास्छिन भने मातृभूमी
मेरो रगत म बगाइ दिनेछु ।
देख्नुछ शान्तिको ज्योति
माग आमा,गर्न म के सक्दिन र ?
म मरेर मेरो देश हास्छ भने
नदी रङगिएर गुरास फुल्छ भने ।
मागे म बली चढाई दिनेछु ।
तर ,नबगेका पनि होइनन
के खोज्दै छन त आज
रोहिरहिछन मेरी आमा
देश भक्तिको पाठ म सिकाई दिनेछु ।
लाग्दछ प्राण भन्दा प्यारो मलाई
आफु जन्मेको देश
सुन्दर अपार प्रक्रिती छिन
भाषा र अनेक भेश
जोगाउनुछ अस्तित्व संसारको सामु
के दिउ उपहार मेरो देशलाई
यदी संसारको सामु चम्कन्छ भने
मेरो रगत म बगाइ दिनेछु /
बाच्छन भने मेरा भाईहरु
डाफे र मुनाल गाउदै
नाच्छन भने मयुरहरु
चम्किदै हिमसिखर
खेल्छीन काखमा भने प्रक्रिती हसाएर आमा
मागे म बली चढाई दिनेछु
लिएर आमाको आशिस
बनेर अमर देशको
देखाउदै बहादुरी ,जुटेर युबाहरु
बढाइ प्रेम गाथा
कोर्नलाई रेखा भबिस्यको
माग्छौ देशको लागि भने
देश भक्तिको पाठ म सिकाई दिनेछु
फुलाए हजारौ फुलहरु
दिनेछन बास्ना अनी फलहरु
बिर्साई चोटको पिडा
बड्ने छन अघी हातहरु
तिमी चाहे हुन्छ सबै
हस्नेछीन नेपाल आमा
उदाउदो सुर्यको किरण सँगै
सान्तिको बिउ छर्छ भने
मेरो देशको अन्धकारमा दियो बल्छ भने
आउ देउ गोली मलाई म छाति थापी दिनेछु
मेरो देशलाई म मेरो बली चढाई दिनेछु .........
लेखिका ; सुमित्रा पौडेल 2010/6/26




0 comments:
Post a Comment