'''फेसबुकको दोहोरी साझ''' ठुल्दाइ र ठुल्दिदी बीच,

ठुल्दाइ ;आखा लोभि होकी मन र्याल झर्यो किन ,
तिमी तिरै मन मुटु आज सर्यो किन ।

ठुल्दिदी ;नबन है फेरी मेरो यो आँखाको तारा ,
अन्धो बनी माया जालले बिर्सेंउला नि सारा ।

ठुल्दाई ;तस्बिर हेरे उमेर दाजे अनी ढुक्क लाग्यो ,
दु:ख सुख बाडी बस्ने अनी रहर जाग्यो ।

ठुल्दिदी ;तस्बिर मात्रै ठुलो होइन जिन्दगीको लागि ,
कस्तो भाग्य लीइ आछउ तेसकै हुन्छौ भागी ।

ठुल्दाइ ;कर्म खोजी नहिड है ल्याउला फेरी तानी ,
मनको पिडा बुझी दिने तिमी कती ज्ञानी ।

ठुल्दिदी ; भेट भयो फेसबुकमा कहाँ भेट्छौ र मलाई ,
नफाल है जिबन खेरा त्यो मन त्यसै जलाई ।

ठुल्दाइ ;यात्रा लामो जिन्दगीको आज तिमीलाई भेटे ,
मन छोयो कता कता नदेखेनी लेखे ।

ठुल्दिदी ;नगर है तिमी अहिले चिल्ला मिठा कुरा ,
जब पर्छौ नजरमा भन्छौ तिमी हौ र । क्रमस .........
;



  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment