त्यही मान्छे हो गर्छ कुरा रमाएर केही छ्यण ।
त्यही मान्छे हो हुन्छ सिथिल लरबराउछ केही छिन ।।
त्यही मान्छे हो हिड्छ कतै बास्नादार देखाउदै ।
जहाँ रङगिन छ त्यहा पनि बस्छ आफुलाई सजाउदै ।।
त्यही मान्छे हो पस्छ भित्र देख्छ सबै अन्धकार ।
देखेर पनि भन्छ देख्दिन यो के जिन्दगी छ र ।।
हेर्छ मात्र आफुलाई तर हेर्दैन गहिराही तिर ।
अनी चिच्याउछ ,चिच्याउछ अझै चिच्याउछ मात्रै ।
सम्झन्छ म हुँ त्यो बितेका उसका दिनहरु ।।
गर्दै कुरा हास्छ फेरी एउटै हो छायाहरु ।
रमाउछ कुनै ठाउमा उठाउदै त्यसका हातहरु ।।
बिर्सियर सबै पिडा गाउछ अझै गीतहरु ।
पस्छ अनी घर भित्र हुन्छन बन्द आँखाहरु ।।
देखाउदै धारिलो छुरा बिताउछ अरु पलहरु ।
त्यो पनि त मान्छे होनी सोच्दैन यो पनि त मान्छे हो ।।
कस्तो यो बिचित्रको संसार घुमी रहेछ चक्र झै यो ।
त्यही मान्छे बालक हुँदै हुन्छ युवा अनी बुढो ।।
सकिए सक्ती जे थियो बिर्सन्न पोज ठुलो ।
त्यही मान्छे हो खुशी हुन्छ फेरी दुखाउदै मन कतै ।।
हराउदै त्यसमा त्यो बन्छ बालक त्यहा त्यसै ।
किन बाच्नु बेर्थ बोरु यस धर्तिलाई भार बोकी । ।
मानब हौ सब हामी दु:ख दिनु पाप होकी ।
लेखिका ;सुमित्रा पौडेल 2010/6/16

0 comments:
Post a Comment