मेरो जिन्दगीले मलाई टाढा बनायो

मेरो जिन्दगीले मलाई टाढा बनायो
मुटु भरी माया छदै काडा उब्जायो

दिए मैले आफ्नो सम्झी झुल्के घम्का किरणहरु
निस्किरहे मेरा सामु झिल्का बनी रापहरु
पन्छाउदै काडाहरु सितल बनी रहे मैले
पाउने छैनउ यस्ता छ्यण जिन्दगीमा तिमी कहिले

मेरो जिन्दगीले मलाई टाढा बनायो
मुटु भरी माया .............

पवित्र थ्यो माया सधैं विश्वाश जगाएर
फुलका सबै कोपीला ती फालेउ त्यसै खेर
बगर झै नहोस् जीबन झरेको झै पात
रहर थियो सगै जिउने मुटु मिलाई साथ

मेरो जिन्दगीले मलाई टाढा बनायो
मुटु भरी माया .............

उराठिला नहुन तिम्रा जिन्दगीका पानाहरु
रहर मात्रै हुने भयो कल्पना र सपना अरु
यस्तै रहिछ जिन्दगानी लेखेको नै यही थियो
अमृत दिदा बिस बन्यो फैलाएर जलाई दियो

मेरो जिन्दगीले मलाई टाढा बनायो
मुटु भरी माया छदै काडा उब्जायो .......


लेखिका ;सुमित्रा पौडेल 2010/7/13
भरतपुर चितवन
हाल ;इजरायल

love..
ghojdai6 kadale .........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment