ॐ श्री गीता बोधकाय नम:

नमस्कार प्रिय मित्रहरु गुरु पुर्णिमाको उपलछ्यमा साइ बाबाबाट प्रस्तुत गीताको सही अर्थ हजुरहरु समछ्य पस्किने जमर्को गरेकिछु आशाछ यसले मेरा मित्रहरुलाई केही दिन सक्नेछ लेखाई र भाषामा त्रुटी हुन गएमा छ्यमा प्रार्थिछु हजुरहरुको प्रतिकृया नै सदा झै सफलताको आधार बन्नेछ धन्यवाद ।

गुरु ब्रह्म ,गुरु बिष्णु ,गुरुदेव महेश्वर !
गुर...ु सातंक्षात परम् ब्रह्म तस्मै श्री गुरभ्य नाम :!!
ज्ञान मूलम गुरु मुर्ति , पुजा मूलम गुरु पदम !
मन्त्र मूलम गुरु वाक्यम ,मोक्षमुलम गुरु कृपा !
गुरु कृपा हि केवलम ,गुरु कृपा हि केवलम//

भगवान् श्री कृष्ण अर्जुनलाई भन्नुहुन्छ ''जुन बेला सत्यलाई असत्यले जित्न खोज्छ म अर्धम (दुस्ट )को नाश गरी (सज्जन )को रक्षा गर्न अबतरित हुनेछु ''। बाबाले उपर्युक्त भागबत् गीताको भित्री रहस्यको व्याख्या गर्दै भन्नु भयो ,''मलाई बन्धनमा या आफ्नो बसमा पार्ने या मेरो काममा बाधा दिन सक्ने कुनै सक्ती छैन । मैले आफ्नो स्वार्थको लागि केही गर्नु पर्ने पनि छैन । खालि सत्यको मार्गबाट बाटो बिराएर असत्यको मार्गमा हिंड्नेहरुलाई सही बाटो देखाउन निरन्तर सन्लग्न रहनेछु । म आफु नै निस्कृय भएर बसिदिए भने विश्वको चक्र कसरी घुम्छ ? प्रत्येक चराचरलाई हुने आनन्द नै मेरो साच्चैको भोजन हो ।

बाबा भागवतगीताको बचन उद्घ्रित गर्दै भन्नु हुन्छ ''गीताले धर्म र कर्मबाट पंन्छिन भन्दैन ,यसले सबैलाई कर्मको फलको आशा नगर्न मात्र भन्दछ । ''अर्को सन्दर्भमा उहा भन्नुहुन्छ ''प्रत्येक कर्म गर्दा भगवान् बाटै सच्चालन भाईइरहेको छ भन्ने भाबनाका साथ सम्पन्न गर्नु पर्दछ । कर्ताको भाबना त्यागेर कर्मको फलको आशा नगरी कर्म गरेमा त्यसको राम्रो नतीजा या फल धर्मको रुपमा देखा पर्न सक्छ । गीताले तिमीलाई अल्छी र निस्कृय भएर अधर्ममा सङ्लग्न हुने अनुमति दिदैन बरु यसले आफुमा भएको अह्ङ्कारलाई भगवान् मै अर्पण गरेर कर्म गर्न र आफु भगवानको हातद्धारा गरिने कामको साधना बन्न प्रेरणा दिन्छ । '' यस प्रकार बाबाले यस परिवर्तनशील संसारको सन्दर्भमा गीतालाई भक्तहरुको कल्याणार्थ प्रस्तुत गर्नु भएकोछ अस्तु .....

'''मनिस भएर पनि श्री साइ जो सबैलाई सहज तरिकाबाट कल्याण गर्दै ह्र्दय स्वच्छ बनाइ ज्ञानको प्रकाश छर्न गीताको सही अर्थ बुझाउन सक्नुहुन्छ हजुरलाइ प्रणाम '''

साभार भक्तिका मोतीहरुबाट ....



  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment