भ्रस्टाचार

हाम्रो देशको निती नियम
खै के भनु म ???
दिरहेछन साहारा भ्रस्ट्राचारलाई
दिरहेछन तिनैलाई प्रोत्साहनहरु
किन ?थाह छैन देशका अग्रजहरुलाई
साचो लिएर देशको

रोग बढाइ रहेछन समाज र राष्ट्रको
देखी रहेछौ आज जता ततै
चर्चा र परिचर्चाहरु भइरहेछन
दिई रहेछन अझै साथ भ्रस्ट्राचारलाई
बिचरा नेपाली जनताहरु
शहनु नै छ यो देसको बिडम्बना

गुमाइ रहेछ देशले पहिचानको अङ्सहरु
तिमी हौ देशका श्रेस्टा हे नेता हो
बन्छौ किन ? आँफै दलाल
गर्दै किन ?भ्रस्टाचार र तस्करीहरु
भित्र्याइ रहेछौ देशमा बिक्रिती
दिरहेछौ सजाया निर्दोशी जनतालाई
पारीरहेछौ मार आँफ्नै देशलाई
अनी नङ्गाइ रहेछौ देशको अर्थतन्त्रलाई

गरिरहेछौ पुरस्क्रित भ्रस्टाचारी र अपराधीहरुलाई
दिदैछौ अझै उत्साह र उमङहरु
थपिरहेछौ प्रोत्शाहनहरु
के भनु छि ;नेता तिमीलाई
तर वाध्य छन नेपाली जनता
पर्खि रहेछन अझै आशा लिएर
चुप चाप लागि रहेछन

बिचरा ;आफै नाङगी रहेछन
अनी दोशी आँफै बनिरहेछन
किन ?अब सक्तैनौ जनता
उत्रन अभियानमा भ्र्स्टाचारको
के दिए र देशको लागि ?लिएर अधिकारहरु
लिरहेछन आँफै फाईदाहरु
बनिरहेछ तिनका महलहरु
के भनु देशका नेतालाई
रि त्याउदै छन देशको धुकुटी
भरिरहेछन आफ्नै पेटहरु

के भनु खै ?देशको राजनीतिलाई
घिणित बनिरहेछन उल्ङगन गरी रहेछन
देशका निती नियम र कानुनहरु
बन्दैछन आज जुत्ता नभएका खुट्टाहरुका
बिलाशिताका छ्यणिक महलहरु
गुमाउदै देशको अस्तित्व
ढालिरहेछन आफ्नै अभिमानहरु

नपारिदेउ रित्तो देशलाई
विश्वाश हिनताको भुमरिमा
पार्नुछ सिर ठाडो विश्वको सामु
नबनेर दोशी पुर्नुछ दुशित खाडलहरु
निर्मुल बनाइ भ्रस्टाचार र तस्करीहरु
यहिछ तिमीलाई चेतावनी
नबनिदेउ भोली देशकालागि
अपराधीक सजायादारका भागीहरु

बचाउनुछ राष्ट्र अनी राष्ट्रियता
गराउदै देशको बिकास
चिनाउनुछ संसारको सामु
हाम्रो गौरब अनी पहिचान .........



प्रिय मित्रहरु यो आफ्नै अनुभबको आधारमा लेखिएको रचना हो यसमा देशको यथार्थतालाई चित्रण गर्ने प्रयास मात्र हो । शुद्धिकरणको लागि प्रयास गर्दा गर्दै पनि भएका गल्तिहरुको लागि छ्यमा चाहन्६ु ।

लेखिका ;श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल 2010/7/10





khabardar..........

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment