निर्दोशी छन यी हाम्रा
बुद्धका उपदेशहरु
हेरी रहेका स्वयम्भुका आँखा
पवित्रछन ती मठ मन्दिरहरु
निस्चल छन यी हाम्रा
हासिरहेका हिमाल अनी
,पहाड ,लेकबेसीहरु
खोला नाला अनी ती सुन्दर झरनाहरु
निर्दोशी छन यी हाम्रा
प्राकृतिक सौदर्यहरु
खेलि रहेका ती पशु पंक्षिहरु
किन दिन्छौ दोश तिमी
कलम समाइ रहेछन यी हातहरु
कोरिरहेछन ती नै बेदना र पिडाहरु
आफ्नो मनका चोटहरु
निर्दोसी छन यी हाम्रा
बोकेर काधमा हलो
लिएर कुटो कोदाली
भिज्दै पसिना सगै
रमाइ बसेका यी निर्दोसिहरु
किन दिन्छौ ?दोश तिमी
स्वाबलम्बी छन यी हातहरु
पवित्र छन सबै हाम्रा पाइलाअहरु
जन्माउने आमाका कोखहरु
मायाका आभाशहरु
निर्दोसी छन यी सबै
मातृभूमीका सन्तानहरु
तिमी नै हौ बनाउने
बिपतका खाडलहरु
किन दिन्छौ दोश तिमी
छन रोईरहेका बलकहरु
खोजिरहेका स्तनहरु
रमाउने काखहरु
भएर दोशी आँफै
दियौ मात्र आसुहरु
बेचेर स्वाभिमान पनि
भन्छौ आँफै नै दोशिछौ तिमीहरु
सम्झी दोशी आफुलाई
फर्की हेर आशुले भरिएका ती आँखाहरु
देख्नेछौ त्यहा निर्दोशी छायाहरु
देशका पौरखी कोमलताहरु
बाची रहेका आशाहरु
निर्दोसी छन यी सबै
पर्खिरहेका सुनौलो बिहानीका किरणहरु
लेखिका ;सुमित्रा पौडेल 2010/6/21




0 comments:
Post a Comment