नेपाली वीर बोकेको गाथा लाउरेको काहानी ।
रहरले छोप्दै तिर्सना बड्ने कलीलो जवानी ।।
गोर्खाली नामले खुकुरी भिर्दै त्यो मिठो पावनी ।
बिर्साइ आफु देशलाई दिए प्रेमको मुस्कानी ।।
अस्तित्व राख्दै राष्ट्रको तिनी गोर्खाली नाममा ।
देखाइ बिरता खुकुरी लीइ सत्रुको सामुमा ।।
छैन केही डर तताइ रगत भिर्दछन बन्दुक ।
लाहुरेको जीबन मैदान्मा हुन्छ फुल् फुल्छ मन् भित्र ।।
नेपाली आमा गौरबको गाथा लाहुरेले बोक्दछन ।
पिडाको बोझ प्रियासिको प्यास मुटु मै छेक्दछन ।।
देखाइ छ।ड्छन बिरता बोकी मर्दको ईरादा ।।
लडाईंको मैदान बारुद्को साथ टार्दछन ती बाधा ।
जीबनको लछ्य सपनी बन्छ लड्दैमा रितिन्छ ।।
माया र ममता प्यारअको प्यास भित्तैमा टासिन्छ ।
आँखाको आशु लुकाइ भित्रै अमुल्य प/र्दछन ।।
त्यो अन्तिम सास युद्धको मैदान बिरताले भर्दछन ।।
श्रमको अमृत दिएर देशलाई त्यो रगत बेचेर ।
फर्कन्न तर राष्ट्रको नजर लाहुरेलाई देखेर ।।
भन्दैछ छोरो हे मेरी आमा छु म त लडाईंमा ।
जीबनको मिठो आनन्दित छ्यण मान्छु यही मैदान ।।
ती आमा बोल्छिन लाउरेको जीबन खुकुरी धारैमा ।
बस्दछिन प्यारी लुकाई प्यास आसाको भरैमा ।।
संसारमा चम्क्यो गोर्खाली नाम बिरताको मुस्कानी ।।
लाउरेको जीबन दु:खमा बित्छ मात्रै हो काहानी ।
विश्वको सामु गिरायौ देश राजनीतिक खेलले ।
फर्केर हेर हे ;देशका हस्ती नबगाउ भेलले ।।
ती लाखौं वीर कहाँ गए देशका जोगाउने राष्ट्रियता ।
छैन केही कदर बिरताको आज खोज्नु छ तर खै कता ??
तिमी छौ लाऊरे न्यायको भागी उठाउ कदम ।
लिएर नाच खुकुरी भोली बिरुद्ध शोषण ।।
जोगाउ देश उठाउ हात लिएर आवाज ।
दिलाउन सक्छौ अधिकार जनको उठाउ समाज ।।
बचाउ देश तिमी हौ वीर नचाउदै खुकुरी ।
मासेर सबै राष्ट्रको बिश लैजाउ न सपारी ।।
सम्झदै छन है ती नेपाल आमा बीरको गाथालाई ।
एक मात्र तिमी गोर्खाली वीर जोगाउने रास्ट्रलाई ....
देशको अस्तित्व र लाउरेको काहानी मिलाएर बनाएको यो गीती कबिताका पङ्तिहरुमा कमी कमजोरी देखिएमा छ्यमा प्रार्थीछु धन्यवाद मित्र्हरु .
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ;इजरायल


0 comments:
Post a Comment