एक सच्चा भक्त

भगवान रामले लङ्काबाट फर्कनु भएर राज्यभिशेकको समयमा राबणसँगको युद्धमा मद्धत र सहयोग गर्नेहारुलाई पुरस्क्रित गर्नु भयो । उहाले हनुमानलाई पुरस्कार दिने योग्य बस्तु केही देख्नु भएन । राम हनुमानको सेवाको प्रशम्सा गर्नु हुन्थ्यो । श्रीरामजीको प्रेमपुर्बक प्रेम र प्रशम्सा स्वरुप हनुमानलाई अङ्कमाल गर्नु भयो किनकी उनले पराक्रमीको साथै रामका सच्चा भक्त पनि थिए ।

सिताले लङ्कामा छदा यो सबै देखि रहनुभएको थियो र उहाले हनुमानलाई उनले गरेको सेवाको लागि पुरस्कार दिनु पर्छ भन्ने बिचर गर्नुभएको थियो । त्यसै कारण उहाले आफुले लगाएको राजा जनकले दिनु भएको मोतीको हार गलाबाट उतारेर हनुमानलाई उपहारको रुपमा दिनु भयो । हनुमान सिताबाट माला पाए पछि त्यो मालाबाट मोतीहरु एक एक गरी निकालेर दातले टोक्दै आफ्नो कान नजिक ल्याउदै सुन्दै फाल्न थाले ।

सिताजीले हनुमानले गरेको त्यस्तो अनौठो व्यबहार देखेर आश्चार्य मानी त्यसो गर्नाको कारण सोध्नु भयो । हनुमानले त्यसको उत्तरमा रामको नाम नसुन्ने र नदेख्ने बस्तुको कुनै काम छैन भने । सिताले उनलाई मोती जस्तो जड बस्तुमा पनि कसरी रामको सुन्न सकिन्छ भनी सोध्नु भयो । हनुमानले तुरुन्त त्यसको उत्तरमा आफ्नो पाखुराबाट एउटा रौ तानेर सिताको कान नजीक लगे । सिताले त्यो रौबाट भगवानको नाम राम ,,,,,,राम ,,,,उच्चारण भईरहेको सुन्नुभयो यसबाट के प्रस्ट हुन्छ भने भगवानको नामको दुई अछ्यर ''रामनाम '' मन्त्रमा पनि शक्ती हुदोरहेछ भन्ने बुझ्न सक्दछौ अस्तु / '''ॐ जय श्रीराम '''

साभार ;भक्तका मोतिहरुबाट .........
2010/7/23

Jai shree ram..

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment