बेलायतमा एक जना गरीब विद्यार्थी थिए । उनी बाल्य अवस्था देखि नै आफ्नो सक्ति र छ्यमताले भ्याएसम्म जन मानसको सेवा गर्दथे । उनको सिद्धान्त नै '''सधैं अरुलाई सहयोग गर कहिलै अरुलाई हानी नगर''' भन्ने थियो । उनी अरुलाई सहयोग र मद्धत गर्नु को साथै कडा परिस्रम गरी बिहान बेलुकाको छ।क टार्दैथे । अनी स्कुलमा पनि विद्यार्थीहरुले चिठ्ठी पठाउदा ठेगाना लेखि सबै काम गरी दिएर सहयोग गर्दैथे । जब उनी आफ्नो काम सक्दथे जहिले पनि उनको सोचाई हुन्थ्यो भगवानले आशिर्बाद दिनुहुन्छ किनकी उहा महान हुनुहुन्छ भन्दाथे ।
कथम कदाचित कुनै दिन काम पाएनन् भने भोक भोकै उनी बस्दथे तर कसैसँग केही भन्दैनथे तर उनी भोक भोकै बस्नु परेता पनि उनका भाबना ,बिचारहरु उत्तम र उदार रहन्थे यसरी उनको कडा मिहेनत र उत्तम र उदार बिचारले गर्दा उनी महान् बने । देश भरी नै उनको चर्चा परिचर्चाहरु गरिन थाल्यो एक दिन उनले ब्रिटेनका प्रधान मन्त्री जस्तो उच्च पद प्राप्त गर्न पुगे उनको नाम पनि ''मेकनाल्ड '''थियो ।
त्यस कारण उत्तम भाबना र बिचारले मानिसलाई जीबनमा अकल्पनिक उच्च तह र ओहदामा पुर्याउदछ । अस्तु ...
साभार ;बाबाको उपदेश बहुमुल्य रत्नबाट
2010/7/24
श्रीमती सुमित्रा पौडेल


0 comments:
Post a Comment